03/10/2020
लमजुङ जिल्ला दुराडाडा धुसेनी चौडाडा निवासी कृष्णबहादुर केसी आफ्नो जीवनभर बिभिन्न सामाजिक जिम्मेवारीमा रहँदै गाउँका गरीव ,किसान , अशक्त, एबं पिछडिएका बर्गको सेवामा समर्पित रहनु भयो । सर्वसाधारण गाउँबासीहरुलाई शिक्षाको समान अवशर दिन सकेमा उनीहरुमा हुने बहुआयामिक प्रतिभाको बिकास हुने हुदा ब्यक्ति, परिवार र समाजको आर्थिक सामाजिक रूपान्तरण शिक्षाबाट हुन्छ भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो । गाउँमा नै प्राथमिक स्वास्थ्य सेवा, कृषि ,पशु पंक्षीपालन ब्यबसायमा बिकसीत प्रबिधि अप्नाएर गाउँबासीहरुको आर्थिक सामाजिक रूपान्तरण गर्ने सामाजिक कार्यमा समर्पित रहदै आफ्नो देहत्याग गर्नु भएको थियो । उहाँमा रहेको उत्साह सेवाभाव, र मार्गदर्शनलाई दृष्टिगत गरेर उहाँको सम्झनामा यो सस्थाको स्थापना गरिएको हो । यस सस्थाले उहाँका यिनै सन्देशहरुलाई मार्गदर्शनका रूपमा काम गर्ने लक्ष लिएर आएको छ । यस सन्दर्भमा समस्त राजनीतिक आर्थिक सामाजिक क्षेत्रका अग्रज, मान्यजनहरु, सहयोगी शुभचिन्तकहरूलाई सद्भाव सहयोग शुभकामनाको लागि अनुरोध गर्दछौं ।