बज्रवाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital

  • Home
  • बज्रवाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital

बज्रवाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital Nepal Government Province Hospital Government Province Hospital

18/04/2026

मिति २०८२ चैत्र २६ गते , बज्रवाराही चापागाउँ अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरूका लागि आपतकालीन अवस्थाको व्यवस्थापनसम्बन्धी अस्पतालको तयारी मूल्याङ्कन गर्न अभ्यास कार्यक्रम (Mock Drill) सञ्चालन गरिएको भिडियो।

स्थायी परिवार नियोजन (भ्यासेक्टोमी) सम्बन्धी अत्यन्त जरुरी सूचना!!!​आफ्नो परिवारको आकार पूरा गरिसक्नुभएका पुरुषहरूका लाग...
17/04/2026

स्थायी परिवार नियोजन (भ्यासेक्टोमी) सम्बन्धी अत्यन्त जरुरी सूचना!!!
​आफ्नो परिवारको आकार पूरा गरिसक्नुभएका पुरुषहरूका लागि सुरक्षित र भरपर्दो स्थायी व्यवस्थापनको रूपमा यस अस्पतालमा नि:शुल्क भ्यासेक्टोमी (Vasectomy) सेवा उपलब्ध छ।
​ यस सेवाका विशेषताहरू:
​१.अनुभवी चिकित्सकहरूद्वारा आधुनिक प्रविधिबाट सेवा प्रदान गरिने।
​२.कुनै चिरफार वा टाँका लगाउनु नपर्ने (NSV प्रविधि)।
​3.सेवा लिएको केही समयमै घर फर्कन सकिने।
​४.यौन क्षमता वा शारीरिक बलमा कुनै असर नपर्ने।
​ समय: सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान १०:०० बजेदेखि।
शुल्क: पूर्णतया नि:शुल्क।
​थप जानकारी वा परामर्शका लागि अस्पतालको परिवार नियोजन शाखामा सम्पर्क राख्नुहोला।

आज मिति २०८२ चैत्र २६ गते यस बज्रवाराही चापागाउँ अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई नेपाली सेना (बटुकदल गण), सश...
09/04/2026

आज मिति २०८२ चैत्र २६ गते यस बज्रवाराही चापागाउँ अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई नेपाली सेना (बटुकदल गण), सशस्त्र प्रहरी बल( नेपाल नं. २१ गण ह.क्वा), प्रहरी वृत्त चापागाउँ र नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाको सहकार्यमा अस्पतालमा आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि अस्पतालको तयारी सम्बन्धी अस्पताल परिसरमा ड्रिल अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।

मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सम्बन्धि सूचना!!!
23/03/2026

मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सम्बन्धि सूचना!!!

Invitation for Electronic Bids
08/02/2026

Invitation for Electronic Bids

न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard) कार्यन्वयन  र क्लिनिकल अडिट मापन कार्यक्रम सम्पन्न  !!!मिति २०८२ पुष २० ...
07/01/2026

न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard) कार्यन्वयन र क्लिनिकल अडिट मापन कार्यक्रम सम्पन्न !!!

मिति २०८२ पुष २० गते देखि २२ गते सम्म यस बज्रवाराही चापागाउँ अस्पतालमा ,अस्पतालका अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्री राम हरि घिमिरे ज्यूको अध्यक्षतामा स्वास्थ्य निर्देशनालय बागमती प्रदेश बाट यस अस्पतालको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard) कार्यन्वयन र क्लिनिकल अडिट मापन को फ्लोअप मुल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ | न्यूनतम सेवा मापदण्ड(Minimum Service Standard) मा Primary Level Hospital अन्तर्गत यस बज्रवाराही चापागाउँ अस्पतालले ८१% तथा क्लिनिकल अडिट मापन मा ६३% सफलता हासिल गरेकोमा हामी गर्वित छौं।भविष्यमा पनि यसरी समाजको स्वास्थ्य र समृद्धिमा योगदान पुर्याउने हाम्रो प्रतिबद्धता जारी रहने छ।
धन्यवाद |

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!(प्रथम  पटक प्रकाशित मिति २०८२/०९/१५)
30/12/2025

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!
(प्रथम पटक प्रकाशित मिति २०८२/०९/१५)

आज मिति २०८२/०७/२६ गते  यस बज्रवाराही चापागाउँ अस्पतालमा पशुपति चौलागाई स्मृति अस्पताल , दोलखा बाट सरुवा भई आउनुभएका मेड...
12/11/2025

आज मिति २०८२/०७/२६ गते यस बज्रवाराही चापागाउँ अस्पतालमा पशुपति चौलागाई स्मृति अस्पताल , दोलखा बाट सरुवा भई आउनुभएका मेडिकल सुपरिटेन्डेन्ट श्री डा.लक्ष्मण खड्का ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ | उहाँको नेतृत्वमा आगामी दिनहरू अझ प्रभावकारी र उन्नति समृद्ध हुने आशा व्यक्त गर्दै, उहाँलाई हार्दिक स्वागत गर्दछौं।

"स्वागत तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न…२०८२ कात्तिक १४  गते शुक्रबार । यस बज्रवाराही चापागाउँ अस्पताल, ललितपुर बाट ब...
01/11/2025

"स्वागत तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न…
२०८२ कात्तिक १४ गते शुक्रबार ।

यस बज्रवाराही चापागाउँ अस्पताल, ललितपुर बाट बकुलहर रत्ननगर अस्पताल, चितवन मा सरुवा भइ जानु भएका मेडिकल सुपरिटेन्डेन्ट श्री डा. अंकुर पौडेल ज्यू तथा यस अस्पतालमा सरुवा भई आउनुभएका मेडिकल ल्याव टेक्नोलोजिष्ट श्री भोलानाथ पौडेल ज्यू र ल्याब टेक्निसियन निरीक्षक श्री शंकर शाही ज्यू को स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ।
यहाँहरूको आगामी कार्यकाल र व्यक्तिगत जीवन सफलता र उपलब्धिले भरिपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दैछौं।

आज मिति २०८२/०७/१३ गते    Godawari Municipality-गोदावरी नगरपालिका का  नगर प्रमुख श्री गजेन्द्र महर्जन   ज्यू   द्वारा   ...
30/10/2025

आज मिति २०८२/०७/१३ गते Godawari Municipality-गोदावरी नगरपालिका का नगर प्रमुख श्री गजेन्द्र महर्जन ज्यू द्वारा यस बज्रबाराही चापागाउँ अस्पताललाई आधुनिक दन्त कुर्सी (Dental Chair) औपचारिक रूपमा हस्तान्तरण गरिएको छ | यससँगै, यस अस्पतालमा हाल प्रयोगमा रहेका २ वटा दन्त कुर्सीमध्ये यो नयाँ कुर्सी थप भई अब कुल ३ वटा दन्त कुर्सी सञ्चालनमा रहेका छन् र यससँगै हामी सहज र गुणस्तरीय दन्त उपचार सेवा प्रदान गर्नेछौं।धन्यवाद !!!
Dr Ankur Poudel
Ram Hari Ghimire

जानकारी !यस बज्रबाराही चापागाउँ अस्पतालमा हर्निया (Hernia ), हाइड्रोसिल (Hydrocele ) र आङ्ग खस्ने समस्या (UV Prolapse ) ...
06/10/2025

जानकारी !
यस बज्रबाराही चापागाउँ अस्पतालमा हर्निया (Hernia ), हाइड्रोसिल (Hydrocele ) र आङ्ग खस्ने समस्या (UV Prolapse ) को निशुल्क अपरेसन भैरहेको जानकारी गराउनका साथ यी समस्या भएको बिरामी ले अस्पतालमा सम्पर्क गर्न अनुरोध सम्म गरिन्छ। धन्यबाद

Address

Chapagaun

Alerts

Be the first to know and let us send you an email when बज्रवाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बज्रवाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital:

  • Want your organization to be the top-listed Government Service?

Share