02/06/2026
महोदयको नवौं वर्ष बितिसक्यो कार्यकाल। पालिका स्थापना कालको समेत जोड्ने हो भने झण्डै 11 अर्ब 20 करोड बराबरको बजेट मिर्चैया नगरपालिकामा संचालन भएको देखिन्छ। यो हामीले होइन विगत देखिको महालेखा परीक्षकको प्रतिवेदनले देखाउँदैछ। सायद सही सदुपयोग भएको भए मिर्चैया स्वर्ग हुने थियो होला तर तर तर जनताले के पायो???
धुलोयुक्त सडक, फोहर युक्त नगरपालिका, गुणस्तर खस्केको शिक्षा, कुलतमा लागेका बच्चाहरु , डाक्टर न भेट्ने अस्पताल, कमजोर पूर्वाधार , दुःखी किसान लगायत अन्य। अनादरणीय मेयर ज्यूले के पाउनु भयो?? दुई कठ्ठा खेत बाट 12 बिघा जमिन, गाउँदेखि काठमाडौं सम्म अर्काको नाममा किनेको घर अन्य सम्पति, पालिकालाई दोहन गरी गरी प्राप्त गरेको करोडौंको सुविधा र तलब भत्ता। र यो सब सम्भव कसरी भयो?? सरकारी बजेटलाई आफ्नै बाउको सम्पति सम्झी दुरुपयोग गरेर, आफ्नो मान्छेलाई काम दिई कमिसन खाएर, कामै नगरी लाखौं भुक्तानी गरेर, कर्मचारीलाई डर धम्की देखाएर गलत काम गराउँदै पैसा खाँदै गरेर, वडा अध्यक्षहरु मौन भएर , कर्मचारी भर्ती मा पैसा खाएर यस्ता कति छन् कति। जेन जी आन्दोलन बेला प्रमाण मेटाउन आफ्नै कार्यकर्ता बाट आगो लगाउन लगायो फसायो कसलाई ?? आफ्नो प्रतिपक्षलाई। वाह रे भक्षक। फेरी पनि प्रदेशमा यस्तालाई मिर्चैया बासीले एक भोट पनि हाल्नु भनेको हाम्रो लागि दुर्भाग्य हो। जनताले तिम्रो हिसाब माग्दै छ। यो भैंसी वितरण गरेर केइ हुनेवाला छैन।