31/08/2026
🚨 बाढी तथा विपद् राहत सहयोग आह्वान 🚨
चीनको तिब्बत क्षेत्रबाट उत्पन्न भई रसुवा, नुवाकोट हुँदै त्रिशूली तथा आसपासका क्षेत्रहरूमा आएको विनाशकारी बाढीले हजारौँ परिवारलाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको छ। धेरै परिवारले आफ्नो घर, सम्पत्ति, जीविकोपार्जनका साधन तथा आफन्तजनसमेत गुमाएका छन्।
विपद्को बेला राहतको मूल्य त्यतिबेला हुन्छ, जब त्यो समयमा आवश्यक परेका व्यक्तिको हातमा पुग्छ। कसैलाई न्यानो कपडा आवश्यक हुन सक्छ, कसैलाई खाद्यान्न सामग्री, कसैलाई औषधि, सरसफाइ सामग्री, स्यानिटरी प्याड वा अन्य अत्यावश्यक सामग्रीको खाँचो हुन सक्छ। त्यसैले राहत सामग्री संकलन मात्र नभई प्रभावित परिवारसम्म छिटो र प्रभावकारी रूपमा पुर्याउनु नै हाम्रो मुख्य उद्देश्य हो।
यदि तपाईं मनदेखि सहयोग गर्न चाहनुहुन्छ भने लत्ताकपडा, खाद्यान्न, औषधि, सरसफाइ सामग्री तथा अन्य राहत सामग्री प्रदान गर्न सक्नुहुन्छ।
हामी सबै समूह, संस्था, व्यवसायी तथा सहयोगी महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौँ— सकेसम्म राहत सामग्री थुपारेर राख्नुभन्दा पीडितको हातसम्म छिटोभन्दा छिटो पुर्याउन सहयोग गरौँ।
विपद्को समयमा हाम्रो साझा प्राथमिकता श्रेय होइन, मानवता र समयमै सहयोग हुनुपर्छ।
❤️ तपाईंको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत र आशा ल्याउन सक्छ।
📞 राहत सहयोगका लागि सम्पर्क:
राज महतो – ९७६८३८२३१८
बिशाल जेबी – ९८५१२७९२७२
📍 राहत संकलन केन्द्र
धुंगेसाँघु चोक, इमाडोल, ललितपुर
(Near YouTube Chiya Hub )
आउनुहोस्, हातेमालो गरौँ।
जय नेपाल! 🇳🇵
जय नेपाली भूमि! 🇳🇵
सबै नेपाली एकजुट बनौँ, मानवताको लागि अघि बढौँ।