29/05/2026
गणतन्त्र दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रम सम्पन्न !
२०८३ जेठ १५ गते । (पर्वत)
======================================
“विविधतामा एकता, हाम्रो नेपालीको विशेषता” भन्ने मूल नाराका साथ जिल्ला समारोह समिति पर्वतको आयोजनामा गणतन्त्र दिवस-२०८३ को अवसरमा आज मिति २०८३ जेठ १५ गते विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरू, जनप्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरूबुद्धिजीवी, विद्यार्थी, विभिन्न क्लब तथा संघ-संस्थाका प्रतिनिधिहरू साथै स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।