15/02/2024
त्रि.वि. केन्द्रीय पुस्तकालयमा सरस्वती पूजा
आज (मिति २०८०।११।०२ गते) वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा त्रि.वि. केन्द्रीय पुस्तकालयमा विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिएको छ । पुस्तकालयको नयाँ भवनमा प्रतिष्ठा गरिएको सरस्वतीको मूर्तिमा त्रि.वि. का नि. शिक्षाध्यक्ष प्रा. भार्गव धिताल, नि. रजिस्ट्रार डा. कृष्णप्रसाद बस्याल तथा त्रि.वि. विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका प्रिन्सिपल प्रा.डा. ध्यानेन्द्रबहादुर राईको विशेष उपस्थितिमा पूजा अर्चना गरिएको हो। केन्द्रीय पुस्तकालयका नि. प्रमुख सागरराज सुवेदी, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका स्ववियू सभापति श्यामराज ओझा, त्रि.वि कर्मचारी संघ विश्वविद्यालय क्याम्पस इकाई सभापति अनन्तकुमार पौडेल, त्रि. वि कर्मचारी संघ केन्द्रीय पुस्तकालय इकाई सभापति चुम्बन गौतम लगायत विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा पुस्तकालयका कर्मचारी र पाठक गरी करिव चार सय जनाले सरस्वती पूजा गर्नु भएको छ ।
वैदिककाल देखि नै सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन रहदै आइरहेको छ ।माघ शुक्ल पक्षको वसन्त पञ्चमीका दिन माता सरस्वतीको जन्म भएको जनविश्वास रहेकाले यस दिन सरस्वतीका मन्दिर तथा शैक्षिक संस्थाहरुमा सरस्वतीको मूर्ति वा तस्विर स्थापना गरी पूजा गर्ने गरिन्छ ।
केन्द्रीय पुस्तकालयको आयोजनामा सम्पन्न भएको सरस्वती पूजामा सहभागी भई हामीलाई थप उर्जा प्रदान गर्नु भएकोमा विश्वविद्यालयका पदाधिकारी लगायत शिक्षक, कर्मचारी, विद्यार्थी प्रति केन्द्रीय पुस्तकालय हार्दिक आभार व्यक्त गर्दछ । साथै सरस्वतीको विधिवत पूजा कार्य सुसम्पन्न गर्नु महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा त्रि. वि कर्मचारी संघ केन्द्रीय पुस्तकालय इकाई समिति सचिव गेवनाथ न्यौपाने लगायत पुजामा सक्रिय रुपमा खट्नु हुने सम्पुर्ण कर्मचारी तथा विद्यार्थीहरुमा हार्दिक धन्यवाद ।
विजय शर्मा
सूचना अधिकारी
त्रि.वि. केन्द्रीय पुस्तकालय ।