10/05/2025
आज नगरपालिक प्रमुख कृष्णमान डंगोल, वडा अध्यक्ष पृथ्वीमान सिंह बस्नेत, ट्राफिक प्रहरी टिम, नेपाल प्रहरी टीम, आदरणीय सुरेन्द्र मानान्धर, पञ्चलाल महर्जन, इन्द्रबहादुर महर्जन तथा बिभिन्न ब्यक्तिहरुको सामुहिक सडक अवलोकनमा निम्न कुराहरु भएको जानकारी गराउन चाहन्छु ।
१. रोड मार्किङ्ग गर्ने,
२. जेब्रा क्रसिङ्ग राख्ने,
३. कन्केभ मिरर राख्ने,
४. ट्राफिक संकेतहरु राख्ने
५. cctv राख्ने
६. सडक छेउछाउमा भएका असम्बन्धित, अनाधिकृत सामग्री र पार्किङ्ग हटाउने ।(आज सम्म सबैलाई हटाउन अनुरोध गर्ने र भोलि देखि कारवाहीमा जाने तथा नियमित अनुगमन हुने)
७. यसका लागी निम्नानुसार जिम्मेवारी बहन गर्ने ।
# प्राबिधिक कार्य, अनुगमन निगरानी- ट्राफिक प्रहरी
# आवश्यक समन्वय तथा सिफारिस - वडा कार्यालय
# बजेत जुटाउने - नगरपालिका
# सचेतना तथा सुचना - स्थानीयहरु
------------------------------------------------
आज उप्रान्त ड्राइपोर्टको संगै रहेको लेनमा कसैले गाडी पार्किङ्ग नगर्न र नगराउन अनुरोध तथा निर्देशन गरिएको छ । यदि अटेर गरेको खण्डमा ट्राफिक प्रहरीलाई खबर गर्नुहुन तथा कारबाही गर्ने क्रममा कसैले छुटको लागी सिफारिस नगरिदिनुहुन हर्दिक अनुरोध गरिन्छ ।
[Name] Dinesh Tamang Traffic Police
[Mobile] 986-0102391
ट्राफिक प्रहरी