Metropolitan Crime Division

Metropolitan Crime Division Metropolitan Crime Division

“ठगी गर्ने  व्यक्तिहरु पक्राउ”     घटना बिबरण :  केहि व्यक्तीहरुले बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भनि प्रलोभन एवं विश...
11/02/2018

“ठगी गर्ने व्यक्तिहरु पक्राउ”
घटना बिबरण :
केहि व्यक्तीहरुले बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भनि प्रलोभन एवं विश्वासमा पारी रु. २०,००,००० ( बिस लाख ) लिई सुन नदिई रकम ठगी गरेको भनी पिडितहरुले यस कार्यालयमा हुलिया निवेदन दिए पश्चात उक्त निवेदनका सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मिति २०७४।१०।२५ गते उपत्यकाका बिभिन्न स्थानहरुबाट तपशिलमा उल्लेखित व्यक्तीहरुको साथबाट नगद रु. २० लाख ५० हजार, Iphone 6 थान १, बा. ११ च ७६४२ नम्बरको स्विफ्ट गाडी सहित बरामद गरी पक्राउ गरिएको । थप अनुसन्धान कार्य जारी रहेको ।
साथै उपरोक्त घटनामा पक्राउमा परेका नरेन्द्र महराको साथबाट बरामद भएको Iphone 6 को फोटो ग्यालरीमा रेडपाण्डाको छालाको फोटो देखिएपछी सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान १ झोलामा बोकी हिँडेको अवस्थामा का.जि.का.म.न.पा. वडा नं. ६ बस्ने वर्ष २४ को भरत विलाश पराजुलीलाई मिति २०७४।१०।२५ गते काठमाण्डौ कपन शिव मन्दिरबाट पक्राउ गरिएको । थप अनुसन्धान तथा कारवाहीको लागी मिति २०७४।१०।२६ गते जिल्ला वन कार्यलाय, हात्तिसार पठाईएको ।
कानुनी व्यबस्था :
मुलकी ऐन ठगीको महल बमोजिम ठगी गर्ने लाई ठगी लिएको विगो बमोजिम वगो भराई विगो बमोजिम जरिवाना र ५ वर्ष सम्म कैद ।
पक्राउ व्यक्तिहरु :
१.नाम : नरेन्द्र महरा
उमेर : ३२ वर्ष
ठेगाना : जिल्ला दाङ, घोराही-४
हाल : का.जि., बुढानिलकण्ठ

२.नाम : ईन्द्रसिंह धामी
उमेर : ३३ वर्ष
ठेगाना : जिल्ला दार्चुला, भगवती-४
हाल : ललितपुर , बुङमती

३.नाम : भुपेन्द्रसिंह धामी
उमेर : २८वर्ष
ठेगाना : जिल्ला दार्चुला, भगवती-४
हाल : ललितपुर , बुङमती

४.नाम : भरत बिलाश पराजुली
उमेर : २४ वर्ष
ठेगाना : जिल्ला चितवन, कालिका न.पा. , वडा नं.१
हाल : का.जि. ,टेकु

मिति : २०७४।१०।२८ गते ।

"आफ्नै साथीको हत्यामा संलग्न अभियुक्त पक्राउ"मृतकको विवरणनाम             : सानु मगर  (एकिन नाम नखुलेको)उमेर             ...
07/02/2018

"आफ्नै साथीको हत्यामा संलग्न अभियुक्त पक्राउ"
मृतकको विवरण
नाम : सानु मगर (एकिन नाम नखुलेको)
उमेर : अं. ४५/५० वर्ष
ठेगाना : जि.सिन्धुली सिन्धुलीगढी बताउने
पेशा : घर बनाउने मिस्त्री
घटनास्थल : का.जि.कागेश्वरी मनोहरा.न.पा.वडा नं- ९ मुलपानी क्रिकेट
ग्राउण्ड नजिकैको सडक छेउमा
घटना मिति : २०७४/१०/२३ गते राती ।
घटनाको छोटकरी विवरण:
मिति २०७४/१०/२४ गते जि.सिन्धुली सिन्धुलीगढी घर बताउने अं. ४५/५० वर्षको एकिन नाम थर वतन नखुलेको सानु मगर तथा मोटे नाम गरेको व्यक्ति का.जि.कागेश्वरी मनोहरा.न.पा.वडा नं-९ मुलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेको ।
घटना सम्बन्धमा खुल्न आएका कुराहरु:
१.मृतकको नाम,थर,वतन एकिन नखुलेको तर निजले खाजा खाने स्थानमा सानु मगर भन्ने गरेको निजलाई कसैले मोटे भनेर पनि चिन्ने गरेको ।
२.निज मृतक र प्रेम खड्का भन्ने राजन कटुवालविच करिब १ महिना अगाडि चिनजान भई साँखुमा ज्यामी काम गरेको ।
३.काम गर्ने सिलसिलामा निजहरु विच बिवाद भएको कारण हाल निजहरुले छुट्टाछुट्टै काम गर्ने गरेको ।
४.मिति २०७४/१०/२३ गते बेलुका अं.२३:०० बजेतिर मृतक सानु मगर राजन कटुवाल सुत्ने गरेको स्थानमा आएको र निजहरु बिचमा विवाद भएको विवादकै क्रममा निजहरुविचमा हात हालाहाल भएको ।
५.सोही क्रममा राजन कटुवालले मृतक सानु मगरलाई लखेटी सडक छेउमा लगी चिरपट तथा ढुंगाले प्रहार गरी हत्या गरि फरार भएको ।
६.घटना पश्चात फरार रहेका अभियुक्त प्रेम खड्का भन्ने राजन कटुवाललाई मिति २०७४/१०/२४ गते महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी आवस्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्द पठाईएको ।
घटनामा संलग्न ब्यक्ति:
नाम : प्रेम खड्का भन्ने राजन कटुवाल
उमेर : ४२ वर्ष
ठेगाना : जि.खोटाङ चिसापानी गा.वि.स-९
मिति २०७४/१०/२४ गते ।

07/02/2018

“ गोष्ठी तथा सेमिनार स्थलमा प्रवेश गरी चोरी गर्ने ब्यक्ति पक्राउ ”
घटना विवरण :-
मिति २०७४।१०।२० गते दिउँसो अं १२:४५ बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं १ कान्तीपथ Yellow Pagoda Hotel स्थितमा बैंकरहरुको तालिम संचालन भएकोमा lunch Time को समयमा Fire Side Daily प्रेस कार्ड देखाई अपरिचित ब्यक्ति Yellow Pagoda Hotel को गणेश हलमा प्रबेश गरी प्रशिक्षार्थि सम्झना ढकाल समेत ३ जनाको लेडिज ब्याग तथा उक्त ब्याग भित्र रहेको नगद तथा मोवाईल समेतका धनमाल समेत गरि अन्दाजी रु ३२,५००।- बराबरको धनमाल चोरी गरी लाने कार्यमा सम्लग्न रहेका जिल्ला ललितपुर लेले गा.वि.स. वडा नं ५ घर भई हाल ललितपुर गोदावरी न.पा. वडा न ५ बस्ने बर्ष ५२ को असोक के.सी भन्ने हरिशरण के.सी. लाई Yellow Pagoda Hotel बाट चोरी गरेको धनमाल मध्ये मोवाईल तथा चोरी गर्दा प्रयोग भएको ब्याग तथा बिभिन्न कागत पत्र सहित मिति २०७४।१०।२३ गते ललितपुर लगनखेल बाट पक्राउ गरि आवश्यक कारवाहीको लागी महानरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछ गर्दा निज असोक भन्ने हरिशरण के.सी. ले बिभिन्न संचार माध्यम FM समेत बाट सम्बन्धित कार्यक्रमको बारेमा जानकारी लिने तथा जानकारी पश्चात कार्यक्रम स्थलमा पुगी कार्यक्रममा उपश्थित मानिसहरुको ब्याग तथा ब्याग भित्र भएको Lap top समेत चोरी गर्ने गरेको खुल्न आएको ।
पक्राउ ब्यक्तिहर:–
१. नाम :-असोक के.सी भन्ने हरिशरण के.सी.
उमेर :- ५२ वर्ष
ठेगाना :- जिल्ला ललितपुर लेले गा.वि.स. वडा न ५ साविक हाल गोदावरी न.पा. वडा न ५ ।
बरामद भएका सामानहरु :-
१. Oppo Compeny को मोवाईल थान १
२. घडी २ थान
३. निलो ब्याग १ थान
४. Fire side Daily को press card १ थान ।
५. कार्यक्रम सम्बन्धि लेखिएको डायरी १ थान ।
६. सिम कार्ड २ थान
मिति २०७४।१०।२४ गते ।

“ युरोप लगायतका मुलुकहरुमा पठाईदिन्छु भनी ठगी गर्ने समुह पक्राउ”    घटना विवरण  :-       विशेष सुचनाको आधारमा यस महाशाखा...
01/02/2018

“ युरोप लगायतका मुलुकहरुमा पठाईदिन्छु भनी ठगी गर्ने समुह पक्राउ”
घटना विवरण :-

विशेष सुचनाको आधारमा यस महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मिति २०७४।१०।१७ गते भारतको नयाँ दिल्ली हुँदै क्यानडा,जापान तथा युरोपका विभिन्न मुलुकहरुमा पठाईदिन्छु भनि प्रलोभनमा पारी ठगी गर्ने जिल्ला गुल्मी मुसीकोट नगरपालिका १ घर भई भारतको नयाँ दिल्ली बस्ने वर्ष ३३ को नारायण घिमिरे सहितको समुहमा रहेका देहायका व्यक्तिहरु र ठेगाना भएका व्यक्तिहरुलाई ,नेपाली राहदानी थान- १९, बंगलादेशी राहदानी थान -२५ भारतीय राहदानी थान -१ सहित विभिन्न व्यक्तिहरुको Police Report थान - ११ र अन्य विभिन्न कागजातहरु सहित का.जि.-२६ ठमेल स्थित होटल इन्काउन्टरबाट पक्राउ गरिएको
निजहरु मध्ये भारतको दार्जिलिङ घर भई नयाँ दिल्ली बस्ने राज भन्ने रोनाल्ड गहतराजले दिल्लीमा Global Trading Consultancy नामक कन्सल्टेन्सी संचालन गरी ठगी गरेको र नारायण घिमिरेले पुतलीसडकमा निकिता ग्लोबल कन्सल्टेन्सी संचालन गरी ठगी गरेको खुल्न आएकोले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगर काठमाण्डौमा पठाईएको । साथै निजले अन्य व्यक्तिहरुलाई ठगी गरेको विषयमा समेत अनुसन्धान कार्य जारी रहेको ।
पक्राउ परेका व्यक्ति :
१.नामथर:- नारायण घिमिरे -३४ बर्ष
ठेगाना :- जि.गुल्मी मुसीकोट न.पा.१
हाल:- का.जि.का.म.न.पा. २६ गल्कोपाखा
२. नामथर:- झपेन्द्र थापा मगर - ३६ बर्ष
ठेगाना :- जि.रुपन्देही कालिकानगर न.पा.१३
हाल:- का.जि.का.म.न.पा. २६ गल्कोपाखा
३.नामथर:- अर्जुन अर्याल -२८ बर्ष
ठेगाना :- जि.अर्घखाँची छत्रदेव गाउँपालिका
हाल:- का.जि.का.म.न.पा.गौरीघाट
४.नामथर:- संदिप सिंह -३० बर्ष
ठेगाना :-सहजपुर जिल्ला उत्तर प्रदेश, भारत
हाल:- का.जि.का.म.न.पा.-२६ गल्कोपाखा
५.नामथर:- रोनाल्ड गहतराज -३७ वर्ष
ठेगाना :- दार्जिलिङ सिलगुढी , भारत
हाल:- का.जि.का.म.न.पा.-२६ गल्कोपाखा

कानूनी प्रावधान:- वैदैशिक रोजगार ऐन २०६४ अनुसार कसुरदारलाई कसुरको मात्रा हेरी तीन लाख देखी पाँच लाख सम्म जरिवाना र तीन वर्षदेखि सात वर्ष सम्म कैद सजाय हुने व्यवस्था रहेको ।

मिति २०७४।१०।१८ गते ।

31/01/2018

“ घटनामा सङ्लग्न पेशेवर डांका ब्यक्तिहरु पक्राउ ”
घटना विवरण :-
मिति २०७४।१०।१० गते बिहान अं २:०० बजेको समयमा जि. भक्तपुर सुर्यबिनायक न.पा. वडा न ८ गणेश चोक स्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने राम बहादुर तामाङको डेरा कोठामा प्रवेश गरी पेस्तोल खुकुरी देखाई बोले कराएमा ज्यान मार्ने धाक धम्की दिई डर त्रास देखाई परिवार लाई हात खुट्टा डोरीले बाँधी नियनत्रणमा लिई कोठामा भएका नगद तथा सुनका बिभिन्न गर गहना मोवाईल समेत अन्दाजी रु १६,०७,९००/- बराबरको धनमाल डाका गरी लाने कार्यमा सम्लग्न रहेका निम्न मानिसहरुलाई यस महाशाखाबाट खटिएको टोलीले डांका गरि लगेको बिभिन्न धनमाल सहित उपत्यकाका बिभिन्न स्थान बाट पक्राउ गरी डाका चोरी मुद्धामा आवश्यक कानूनी कारवाहीको लागि मिति २०७४।१०।१७ गते म.न.प्र. परिसर भक्तपुर पठाईएको ।
अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछ गर्दा निज हरु मध्ये भोज बहादुर थापा मगर , मिलन भन्ने रत्न बहादुर तामाङ यस भन्दा अगाडी पनि बिभिन्न डांका तथा चोरी केशमा सम्लग्न रहदै आएकोमा अन्तिम पटक निजहरु मिति २०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा जेल छुट भएका । अन्य घटनामा सम्लग्न रहेका फरार मानिसहरुको खोजी कार्य भई रहेको ।
अनुसनधानबाट खुलेका कुराहरू :-
१.घटना गर्ने दिन साँझ ८ बजे भक्तपुर जगाते मा घटनामा सम्लग्न रहेका ८ जना भेट गरी पिडितको घर नजिक भेटभई खाजा खाई डांका गर्ने घरको निग्रानी गरेको ।
२.राती ९:०० बजे पिडितको घर नजिक गणेश चोक स्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेल सम्म निग्रानी गरेको ।
३.राती २:०० बजेको समयमा घरमा प्रवेश गरी सबै परिबार लाई नियन्त्रणमा लिई पेस्तोल , खुकुरी देखाई परिवारलाई नियन्त्रणमा लिई नगद , सुनका गर गहना , मोवाईल समेत डाका गरि लगेका ।
४. साथै निजहरुले घर कम्पाण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मो.सा.चोरी समेत लिई गएका ।
५.घटना घटना पश्चात निज हरु मो.सा . तथा पैदल बौद्द जोरपाटी आई नगद भाग लगाएका ।
६.डाका गरेका सुनका गर गहना डाका घटनामा सम्लग्न बिण्णु भन्ने अमृत तामाङले मुर्तीको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद रु २,९०,०००।- लिएका ।
पक्राउ ब्यक्तिहरु:
१. नाम :-भोज बहादुर थापा मगर
उमेर :- ४० वर्ष
ठेगाना :- जिल्ला रामेछाप दोरम्बा गा.पा. वडान ४
२. नाम :- मिलन भन्ने रत्ना बहादुर तामाङ
उमेर :- ४० बर्ष
ठेगाना :- जिल्ला सिन्धुली मरिन गा.पा. वडा न ८
३. नाम :- बिण्णु भन्ने अमृत तामाङ
उमेर :- २६ बर्ष
ठेगाना :- जि. काभ्रे धुलिखेल न.पा. वडा न १
४. नाम :- सानुकान्छा ब्लोन
उमेर :- २७ बर्ष
ठेगाना :- जिल्ला काभ्रे धुलिखेल न.पा. वडा न १०
फरार रहेका ब्यक्तीहरु :-
१. नाम :- टोकल भन्ने रोहित बहादुर थापा मगर
उमेर :- २६ वर्ष
ठेगाना :- जिल्ला रामेछाप दोरम्बा गा.पा. वडान ४
२. नाम :-वाईबा भन्ने दिर्घ बहादुर तामाङ
उमेर :- अ.२२/२३ वर्ष
ठेगाना :- जिल्ला सि.पा. मेलाम्ची
३. नाम :-बिनोद तामाङ
उमेर :- ४२/४३ वर्ष
ठेगाना :- जिल्ला सिन्धुपाल्चोक
हाल :- ललितपुर भैसेपाटी
बरामद भएका सामानहरु :-
१. पगालेको सुनको डिक्का ६ तोला आधा ।
२. नोकिया मोवाईल १ थान
३. बा. ८३ प ३७७३ रातो FZ मो.सा. १ थान ।
४. पिडितको घरबाट उठाएको Supreme लेखिएको ज्याकेट १ थान ।
मिति २०७४।१०।१७ गते ।

30/01/2018
"जापान, अमेरीका लगायतका देशहरुमा पठाउने भनी करोडौ रकम ठगी गर्ने व्यक्ति पक्राउ"घटना विवरण : जिल्ला म्याग्दी बेनी न.पा.-४...
19/01/2018

"जापान, अमेरीका लगायतका देशहरुमा पठाउने भनी
करोडौ रकम ठगी गर्ने व्यक्ति पक्राउ"

घटना विवरण :
जिल्ला म्याग्दी बेनी न.पा.-४ का पिडित महेन्द्र शेरचन समेतका व्यक्तिहरुले नुवाकोट थानपती -९ घर भई हाल ललितपुर तिखेदेवल बस्ने पारस लोहनीले विभिन्न प्रलोभन देखाई युरोप लगायतका देशहरुमा पठाउने भनी रकम ठगि गरेको भनी यस महाशाखामा निवेदन दिएकोले यस महाशाखाबाट खटिएको प्रहरी टोलीले निज पारस लोहनीलाई मिति २०७४।१०।०३ गते काठमाण्डौ महानगरपालिका -१६ सोह्रखुट्टेबाट पक्राउ गरेको ।
निज पारस लोहनीले फ्रान्स, जापान, पोर्चुगल, सिंगापुर, अमेरीका लगायतका देशहरुमा पानीजहाजमा आकर्षक सेवा सुविधा सहितको रोजगारी पाउने भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाखसम्म गरी २ करोड ७५ लाख ठगी गरेको भनी यस महाशाखामा जम्मा ३३ जना पिडितहरु उजुरी गर्न आएका थिए ।
निजले पिडितसँग रकम लेनदेन गर्दा भेटेर नगदै रकम लिने गरेको, कसैलाई IME मार्फत पैसा पठाउन लगाउने गरेको । यसरी पैसा संकलन गरे पश्चात काम नगरी सम्पर्क विहिन हुने हुँदा पिडितहरुबाट काम छिटो गर्न दवाव आए पश्चात निजले पिडितहरुसँग वैदेशिक रोजगार सम्बन्धी कागज गर्ने, रकम नभएको बैंक खाताको चेक दिई अलमलाउने र कसैलाई भिजिट भिषामा दुवई, इण्डोनेसिया लगायतका देश पुर्‍याई अलपत्र पार्ने गरेको बुझिन आएको ।
निजले अन्य व्यक्तिहरुलाई समेत स्पेन, पोर्चुगल लगायतका देशहरुमा पठाउन भनी करोडौ रकम ठगी गरेको भनी पिडितहरु यस महाशाखाको सम्पर्कमा आउने क्रममा रहेको । साथै निज पारस लोहनीका विरुद्ध वैदेशिक रोजगार विभाग, बुद्धनगर समेतमा वैदेशिक रोजगार ठगि सम्बन्धी मुद्दा अनुसन्धानको क्रममा रहेको बुझिएको ।
निज पारस लोहनीलाई ठगी गरेको सम्बन्धमा थप अनुसन्धान एवं कारवाहीको लागि मिति २०७४।१०।०५ गते महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको । साथै निजले अन्य व्यक्तिहरुलाई ठगी गरेको सम्बन्धमा यस महाशाखाबाट समेत आवश्यक अनुसन्धान जारी रहेको ।
कानूनी सजायको व्यवस्था :
मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।
पक्राउ परेको व्यक्ति :-
१. नाम :- पारस लोहनी
उमेर :- ३९ बर्ष
स्थायी ठेगाना :- जिल्ला नुवाकोट थानपती -९ पुर्खौली घर भई
हाल जिल्ला ललितपुर तिखेदेवल बस्ने

मिति :- २०७४।१०।०५ गते ।

“ संरक्षित वन्यजन्तु चितुवाको छाला सहित मानिस पक्राउ”                           घटना विवरण :              वन्यजन्तु चितु...
19/01/2018

“ संरक्षित वन्यजन्तु चितुवाको छाला सहित मानिस पक्राउ”
घटना विवरण :
वन्यजन्तु चितुवाको छालाको अबैध कारोवार गर्ने गरेको गोप्य सूचनाको आधारमा संलग्न व्यक्तिहरुको खोजी तथा निग्रानी गर्ने क्रममा मिति २०७४/१०/०४ गते यस महाशाखाबाट खटिएको प्रहरी टोलीले का.जि का.म.न.पा. २२ न्यूरोड स्थित भुगोल पार्कमा जि.बैतडी रूडिदेउला – ५ बस्ने बर्ष २५ को महेशराम औजी समेत तपसिलमा उल्लेखित ब्यक्तिहरुलाई शंका लागी चेकजाच गर्दा निज महेशराम औजी समेतले बिक्री वितरण गर्ने उद्देश्यले बोकी हिडेको ठुलो कलेजी रंगको झोला भित्र पहेलो बोरामा प्याक गरी राखेको अवस्थामा बन्यजन्तु चितुवाको छाला थान-१ सहित पक्राउ गरि निजहरुलाई आवश्यक कानुनी कारवाहीको लागि मिति २०७४/१०/०५ गते जिल्ला वन कार्यालय हात्तिसार काठमाण्डौं पठाईएको ।

पक्राउ अभियुक्तहरु:
१. नाम थर : महेशराम औजी
उमेर : २५ बर्ष
वतन : जि. बैतडी रूडिदेउला – ५ हाल एआरपोर्ट बस्ने ।

२.नाम थर : जनक महरा
उमेर : ३४ बर्ष
वतन : जि. बैतडी दशरथ न.पा. -१२

३. नाम थर : सुरेन्द्र दयाल
उमेर : २५ बर्ष
वतन : जि. बैतडी मेलौली - ५

बरामद दशिका सामानहरु :
१) नेपाली नाम : चितुवा
अंग्रेजी नाम : Leopard
उक्त छाला निजहरुले बैतडीबाट ल्याएको भन्ने खुल्न आएको ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत संरक्षित
चितुवाको छाला थान -१ (एक)

धन्यवाद !!!

14/01/2018

“नेपाल स्थित बिभिन्न राजदुतावासमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने
व्यक्तिहरु पक्राउ”
घटना बिबरण :
• जिल्ला सप्तरी राजविराज न.पा. वडा नं. २, स्थायी घर भई हाल रविभवन, काठमाण्डौ बस्ने बर्ष ४१ को रमाकान्त चौहान भन्ने रमाकान्त नौनिया लगायतका केहि व्यक्तिहरुले नेपाल स्थित बिभिन्न राजदुतावासमा बिभिन्न पदमा जागिर लगाईदिन्छु भनिठगी गरेको भन्ने जानकारी यस माहाशाखामा प्राप्त भएको ।
• निज रमाकान्त नौनियाले पदम श्रेष्ठ, बिनोद कार्की , सन्तोष कार्की तथा गिता महर्जन समेतको सहयोगमा करिब ६०जना व्यक्तिसँग रु ३ लाख देखी ५ लाख सम्मकोरकम असुलेकोखुल्न आएको ।
• प्राप्‍त निवेदन सम्बन्धमा अनुसन्धानको क्रममा निज रमाकान्त नौनिया लगाएत अन्यलाई मिति २०७४।०९।२९ गते उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि मिति २०७४।०९।३० गते म.न.प्र. परिसर, टेकु काठमाण्डौ पठाईएको छ
• निजहरु उपर थप अनुसन्धानको लागि सम्मानित काठमाडौं जिल्ला अदालत बाट ७ दिन म्याद थप भएको ।

पक्राउ व्यक्तिहरु :
नाम : रमानन्द नौनिया
उमेर : ४१ वर्ष
ठेगाना : जिल्ला राजविराज, राजविराजन.पा. .वडा नं. २
हाल : का.जि. महाराजगञ्ज

नाम : सन्तोष कार्की
उमेर : २८ वर्ष
ठेगाना : जिल्ला दोलखा , सुरी गा.पा. ,वडा नं. २
हाल : का.जि. , मण्डिखटार

नाम : बिनोद कार्की
उमेर : ३० वर्ष
ठेगाना : जिल्ला दोलखा , सुरी गा.पा. ,वडा नं. २
हाल : का.जि. , ज्ञानेश्वर

नाम : पदम बहादुर श्रेष्ठ
उमेर : ४१वर्ष
ठेगाना : जिल्ला काभ्रे, नाग्रे गागर्चे गा.पा. ,वडा नं. ५
हाल : का.जि. , बौद्ध माकलबारी

नाम : चित्र बहादुर श्रेष्ठ
उमेर : २९ वर्ष
ठेगाना : जिल्ला रामेछाप , दोरम्बा गा.पा. ,वडा नं. ७
हाल : का.जि. , कपन

नाम : गिता महर्जन
उमेर : ३२ वर्ष
ठेगाना : का.जि.का.म.न.पा. ३ , महाराजगञ्ज
हाल : का.जि. , मण्डिखटार

मिति : २०७४।०९।३० गते ।

"रिकण्डिसनको नाममा सवारी साधन भाडामा लिई करोडौ ठगी गर्ने व्यक्तिहरु पक्राउ"घटना विवरण : काठमाण्डौ पेप्सीकोलामा संचालन गर...
10/01/2018

"रिकण्डिसनको नाममा सवारी साधन भाडामा लिई करोडौ
ठगी गर्ने व्यक्तिहरु पक्राउ"

घटना विवरण :
काठमाण्डौ पेप्सीकोलामा संचालन गर्दै आएको रामभोले भेईकल सप्लायर्सबाट काठमाण्डौ नयाँबजार बस्ने शिवहरी कार्की र दिनेश सार्कीले ह्येन्डाई i20, स्कर्पियो र सेन्ट्रो समेत ३ वटा कार सवारी साधन प्रत्येकको मासिक १,०५,०००।– भाडा दिने करार गरी लिएकोमा मासिक भाडा नदिई २वडा गाडी वेवारिसे छाडेको १ वटा गाडी बेपत्ता बनाई भागी रु.३७,३५,०००।– ठगी गरी दुवै जना सम्पर्क विहिन भएको भनी पिडितहरुले जाहेरी दिएको ।
निजहरुले अन्य व्यक्तिहरुको सवारी साधन भाडा लिई गाडि तथा भाडा समेत नदिइ करोडौ ठगी गरेको भन्ने बुझिएको हुँदा यस महाशाखाबाट विशेष अनुसन्धानमा खटिएको टोलीले उक्त ठगीजन्य कार्यमा संलग्न रहेका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई खोजतलासको क्रममा मिति २०७४।०९।२४ गते काठमाण्डौ नयाँबजारबाट पक्राउ गरिएको र शिवहरी कार्कीलाई भक्तपुर कटुञ्जेबाट पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारवाहीको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन ५ हिरासतमा राख्न म्याद थप भएको ।
उजुरी पर्न आएका अन्य ठगी घटनाहरु :
• चितवन विरेन्द्रनगरकी एक महिलासँग १२,००,०००।– लिई रकम नभएको बैंक खाताको चेक दिएको ।
• काठमाण्डौ टोखा बस्ने अर्की एक महिलासँग रु.३५,००,०००।– लिई रकम नभएको बैंक खाताको चेक दिएको ।
• सिन्धुपाल्चोक चौताराका एक व्यक्तिबाट २०७४ साल वैशाखमा बा १३ च. ५९२३ नं. को स्कर्पियो गाडि मासिक भाडा १ लाख दिने सहमतिमा लिई काठमाण्डौ हाँडीगाउँका दिपक बस्नेतलाई ऐ. जेष्ठ महिनामा रु.२९,००,०००।– मा विक्री गरेको ।
• धादिङका अर्का एक व्यक्तिवाट २०७४ साल असारमा बा.१५ च. ८२७२ नं. को कार मासिक ७५ हजारमा भाडा दिने गरी लगी सवारी साधन सहित सम्पर्क विहिन भएको ।
• त्यसैगरी धनकुटाका अर्का एक व्यक्तिबाट समेत २०७४ साल कार्तिकमा बा. १४ प.२९२७ नं.को स्कर्पियो मासिक १ लाख भाडा दिने गरी लीइ सम्पर्क विहिन भएको ।
साथै निज शिवहरी कार्की र दिनेश कार्की भन्ने दिनेश सार्कीले अन्य व्यक्तिहरुलाई पनि ठगी गरेको भन्ने बुझिएको हुँदा थप अनुसन्धान भईरहेको ।
कानूनी सजायको व्यवस्था :
निजहरु उपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

पक्राउ परेको व्यक्ति :-
१. नाम :- शिवहरी कार्की
उमेर :- ४१ बर्ष
स्थायी ठेगाना :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा.-२ साङ्ला

२. नाम : दिनेश कार्की भन्ने दिनेश सार्की
उमेर : ३५ वर्ष
स्थायी वतन : का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु माछापोखरी
मिति :- २०७४।०९।२५ गते ।

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Metropolitan Crime Division posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Metropolitan Crime Division:

Share