Nepal fact check

Nepal fact check We break the web of false information, manipulated thoughts, and distorted history in Nepal.

Verify claims with facts.
हाम्रो चाहना भनेकै हजुरलाई कुनै कुरा विश्वास गर्नु भन्दा पहिले प्रस्न गर्न सिकाउनु हो।

14/05/2026

हिजो कांग्रेस, कम्युनिस्ट को झण्डा बोक्ने हरु पञ्चायत आएपछि मण्डले बने,
तिनै मण्डले बहुदल आएपछि फेरि कांग्रेस,माले बने,
२०६२/६३ मा तिनै मान्छे माओवादी, लिम्बुवान, मधेसवादी बने।
माओवादी सकिएपछि तिनै मान्छे फेरि एमाले, कांग्रेस बने,
तिनै फेरि अहिले पुराना दलहरू सकिएपछि अहिले कोहि प्रसाईं समूह, कोहि हर्क, कोहि घण्टी तिर छन्।
त्यसैले जब सम्म व्यवस्था परिवर्तन गरेर जनतालाई घोक्रे ठ्याक लाएर भएपनि अनुशासनमा राखिदैन, देश झन भन्दा झन् अराजक हुने हो।
पुराना पार्टीलाई मात्रै समस्या देख्नेले आफै मनन गर्नु की अहिले चाहिँ रामराज्य जस्तो शासन चलिरहेको छ त?
झोले हरुले गर्ने यहि हो, हरेक कुरामा आफ्नो पार्टी सहि भनी प्रमाणिकरण।
हिजो ओलि ले चुच्चे नक्सा निकाल्दा आज सम्म गरेको पाप पखालिदियो यहि हुल ले, वर्षौं देखिको सुशीला कार्कीको पाप पुराना नेतालाई गालि गर्दिदैमा पखाली मात्रै दिएन, भगवान बनाएर प्रधानमन्त्री सम्म बनाइदियो। हो यही हो र यतिनै हो हाम्रो देशको युवा होस् या वृद्ध सबैको सोच्ने क्षमता।
#समस्या भनेको अनुशासन नहुनु हो । जनता अराजक भइसके।

एउटा कुसल शासकमा हुनुपर्ने एउटा महत्वपूर्ण गुण भनेको  छिमेकी राष्ट्रहरुलाई हेरेर, उनीहरूको आवश्यकता/आनीबानी/कूटनीति/विदे...
02/05/2026

एउटा कुसल शासकमा हुनुपर्ने एउटा महत्वपूर्ण गुण भनेको छिमेकी राष्ट्रहरुलाई हेरेर, उनीहरूको आवश्यकता/आनीबानी/कूटनीति/विदेशनीति लाई समयमै अध्ययन गरेर, उनीहरूले आगामि दिनमा आफ्नो राष्ट्रलाई असर पर्ने खालको कस्तो कदम चाल्न सक्छन् भनेर बुझ्न सक्नु हो। यो बुझ्न सके समयमै आफू अनुकूल उनीहरुलाई घुमाउन सकिन्छ। यो नै हो bigger chessboard को game, फरक यत्ति हो प्रतिद्वन्दी एक मात्रै हैन कयौँ छन् र बाठा छन्
#जस्तै उदाहरणको लागि राजा ज्ञानेन्द्रले २०१४ मै चिनिया प्राध्यापक सँगको अन्तर्वार्तामा चीन र भारतले नेपालको भूमि व्यापारलाई प्रयोग गर्न सक्छन् भन्ने कुरा गर्नुभएको थियो।
#आज आएर त्यो कुरा हामीले देखि रहेको छौँ। बुद्धि थियो भने नेपालका नेताहरुले अगाडि नै यसलाई बुझेर समाधान गर्न सक्थिए। केहि समय अघि बाटो खोल्न चीन र भारतले सम्झौता गरे र अब छिट्टै प्रयोगमा आउने कुरा भारतले तिथि मिति सहित बाहिर निकाल्यो। नेपाललाई दुई छिमेकीले नै कुनै यो विषयमा कुरा गरेका छैनन्।
#मलाई नेपालका नेताहरु भारत चिन सँग कूटनीतिमा भिड्न सक्छन् जस्तो त लाग्दैन तर पनि हामी आगामि दिनहरूमा यो विषयलाई लिएर सरकार कसरी अघि आउँछ भन्ने कुराको पर्खाइमा छौँ।।
#विश्व शक्तिहरूलाई साहि परिवारले कसरी सतहमा ल्याएको थियो र शक्ति सन्तुलन कसरी गर्न सफल भएको थियो भन्ने कुरा को महत्त्व नेपालीहरुले ढिलो चाँडो बुझ्दै जालान यदि अध्ययन गर्ने बानी छ भने तर ढिलो बुझ्नु र नबुझ्नु मा फरक खासै छैन

१३ देखि २० औँ शताब्दी सम्मका ८०० भन्दा धेरै नेपालका  पुराना हस्तलिखित लेखहरू अन्ततः जर्मनीले नेपाललाई फिर्ता दिने भएको छ...
27/04/2026

१३ देखि २० औँ शताब्दी सम्मका ८०० भन्दा धेरै नेपालका पुराना हस्तलिखित लेखहरू अन्ततः जर्मनीले नेपाललाई फिर्ता दिने भएको छ। हाइडेलबर्ग विश्वविद्यालयका प्राध्यापक आक्सेल मिसाएलको भनाइ अनुसार यी लेखहरू वाल्टर रिन्डरफ्लाइस (Walter Rinderfleich) द्वारा संकलित हुन् । धेरैजसो लेखहरू संस्कृत र नेवारी भाषामा लेखिएका छन्।

श्रोत:

Precious manuscripts from Nepal from the 13th to the 20th century, including official documents and personal notes, are returning to their country of origin. A private collector from Germany had left the over 800 items for this purpose to the Indologist and religious studies scholar Prof. Dr Axel Mi...

24/04/2026

#नेपालको अहिलेको किचलो को सुरुवात बारे थाहा पाउन यो लेख पढ्नुहोला:

राजा राजेन्द्रको अपरिपक्कता, त्यसपछि राजा हुने लाइनमा रहेका युवराज सुरेन्द्रको मानसिक समस्याको फाइदा उठाउँदै स्वयम आफुपनि अपरिपक्क हुँदाहुँदै आफ्नो छोरालाई राजा बनाउने कान्छी रानी राज्लक्ष्मीको महत्वकांक्षाले गर्दा दरबार कमजोर भयो जसको भरपुर फाइदा बाहिरी/भित्री शक्तिकेन्द्रले लिएको पाइन्छ ।
यो अवस्थाको फाइदा उठाउँदै त्यस समयका मुख्तियार(प्रधानमन्त्री) आफ्नै मामा माथवरसिंह थापाको हत्या जंगबहादुर राणाले गरे। त्यसपछि एक पछि अर्को षड्यन्त्र गर्दै (कोतपर्व, भण्डारखाल पर्व) मार्फत एकीकरणदेखि नेपालसँग जोडिएका देशभक्त भारदार हरुको देशबाट सफाया गरियो।(जसमा स्वयम शाहबंशीय परिवार, थापा, बस्नेत,पाण्डे इत्यादि थिए) । यानकी प्रत्यक्ष रुपमा नेपाल छिर्न नसके पनि उसको नेपाल छिर्नुको उद्देश्य अंग्रेजले राणाहरु मार्फत पूरा गरे।
नेपालको एकीकरण देखि जोडिएका सबै संरचना ध्वस्त पारियो।
त्यसपश्चात नेपाल कहिल्यै नेपाल हुन सकेन(बीचमा महेन्द्रले एकीकरणको जग फेरि बलियो बनाउने प्रयास गर्नुभयो तर वहाँको पनि हत्या भयो)। त्यसपछिको इतिहास हेर्ने हो भने हरेक वर्ष झन भन्दा झन् विकराल हुँदै आएको छ। आन्तरिक कलह, आफू भित्र नै फुट, हराउँदै गएको देशप्रतिको जिम्मेवारी र राष्ट्रिय प्रेम आदि इत्यादि।
#त्यसैले भनिन्छ सबैकुरा जोडिएको हुन्छ। इतिहासमै हुन्छ अधिकांश समस्याको समाधान। जब एक पल्ट नजिर स्थापना हुन्छ नि, त्यो तोड्न बहुत गार्हो हुन्छ। जसरी जंगबहादुरले स्थापना गरेको नजिरले गर्दा स्वयंम दाजुभाइ काटाकाट राणाहरुमै देखियो र राणाहरु पछि पनि अहिले सम्म नेपालमा त्यहि नै छ

यसको पूरा अंश कमेन्ट मा #यस्तै बाहिर नआएका तथ्य र इतिहासका घटनाको बारेमा जानकारी पाउन follow गर्नुहोला।
22/04/2026

यसको पूरा अंश कमेन्ट मा
#यस्तै बाहिर नआएका तथ्य र इतिहासका घटनाको बारेमा जानकारी पाउन follow गर्नुहोला।




एउटा उद्योग खोल्नु मात्रै ठूलो कुरा हैन, राज्यले खोल्न सक्छ। मुख्य कुरा यो हो कि उद्योग चल्छ कसरी भन्ने हो जुन एकदमै गार...
15/04/2026

एउटा उद्योग खोल्नु मात्रै ठूलो कुरा हैन, राज्यले खोल्न सक्छ। मुख्य कुरा यो हो कि उद्योग चल्छ कसरी भन्ने हो जुन एकदमै गार्हो विषय हो। एउटा उद्योग सँग धेरै कुराहरु जोडिएका हुन्छन् यानकी एउटा complete ecosystem नै त्यहाँ हुन्छ। जस्तै:
१. त्यहाँ काम गर्न सक्ने जनशक्ति त्यहीँ उत्पादन र व्यवस्थापन (शिक्षा)
२. कच्चा वस्तुको उपलब्धि(availability of raw materials)
३. बजार को प्रतिस्पर्धा (त्यहाँ उत्पादन भएको सामाग्रीको माग कस्तो छ त पनि अत्यन्तै महत्वपूर्ण कुरा हो। जस्तै मैले घरमा उत्पादन गरेको टमाटर रू २० मा नबेचि मलाई फाइदा नै हुँदैन तर बजार मा सोही गुणस्तरको भारतको टमाटर ५ मा पाइन्छ भने उपभोत्ताले गाउँको हो भन्दैमा २० तिरेर प्रयोग गर्ने भन्ने कुरा हुँदैन।)
४. थप अन्य कुराहरू.....

#हिजो हेर्ने कथा को हेटौंडा उद्योगको कथा हेर्दै गर्दा मनमा आएका कुराहरू।
हेटौंडामा कपडा उद्योग, आसपासका जिल्लाहरूमा कपास खेति, उद्योग नजिकै विद्यालय, त्यहाँका कामदारको कारणले चलेको local बजार(घरायसी सामाग्रीको उपभोग) इत्यादि
देख्दा एउटा उद्योगले १२०० परिवार पालेको देखिएला तर वास्तवमा यसले लाखौंको घरमा चुलो बलेको हुन्छ। यानकी एउटा उद्योग बन्द हुनु भनेको एउटा ecosystem नै collapse हुनु हो
#आत्मनिर्भर नेपालबाट परनिर्भर नेपालको यात्रा यस्तै यस्तै छ

३३ सालमा चिनियाँ सहयोगमा खुलेको हेटौंडा कपडा उद्योगले कुनै समय १२ सय जनालाई रोजगारी दिएको थियो । उद्योगको जग खन्.....

19/03/2026

दबिएको ईतिहास भाग ३:
नेपालमा कम्युनिस्टको एजेण्डाले जब गति लिने सम्भावना बढेर गयो तब सोही एजेण्डामा भारतले आफ्ना मान्छेहरूलाई उतारेको देखिन्छ।
बिपि कोईरालाको यो भनाइ बाट पनि प्रष्ट हुन्छ:
"मोहनविक्रम र पुष्पलालको हेड अफिसपनि बनारसमा थियो। यी दुईवटा पार्टीका मानिसलाई कहिल्यै पनि भारतको पुलिस प्रशासनले दुःख दिएको थिएन जबकि उनीहरू बारम्बार भारतीय विस्तारवाद विरुद्ध बोल्ने गर्थिए। नारामा उनीहरू प्रो चाइनिज थिए।
उनीहरुलाई पूर्ण रूपले भारतमा काम गर्न छुट थियो, हामीलाई थिएन।उनीहरू भारतबाट सञ्चालित छन्।"

स्रोत: बिपिको राजा, राष्ट्रियता र राजनीति पुस्तकबाट साभार गरिएको

17/03/2026

दबिएको इतिहास भाग २:
धर्मभक्त माथेमा गिरफ्तार परेपछि उहाँको डायरीबाट राणा विरूद्धको गोप्य योजनाबारे राणाहरूले थाहा पाएपछि राजा त्रिभुवन, युवराज महेन्द्र लगायत त्यस समयका अधिराजकुमार हरुलाई राणाहरुले अदालतमा उपस्थित गराई बयान लिएका थिए।

17/03/2026

दबिएको इतिहास भाग १:
नेपालमा राणाविरुद्धको संघर्ष गर्नलाई गठन भएको पहिलो पार्टी थियो प्रजा परिषद्।
प्रजा परिषद्का अध्यक्ष टंकप्रसाद आचार्य थिए भने राजा त्रिभुवनका व्यायाम गुरु धर्मभक्त माथेमा
को पहलमा सोही दलमा राजा त्रिभुवन पनि संस्थापक सदस्य कै रुपमा सक्रिय तरीकाले सहभागी थिए र उनले आर्थिक देखि लिएर अन्य सहयोग पनि गरी रहेकै थिए।
राणा विरुद्धको संघर्ष र विद्रोहको गोपनीय योजना राणाहरूले थाहा पाएपछि धर्मभक्त, दशरथ चन्द लगायतलाई मृत्युदण्ड दिएको थियो भने सोही एजेण्डामा भारतीय छदम(proxy) कांग्रेसलाई नेपालमा स्थापित गराईएको थियो।

तथ्यहरूको श्रोत: नेपालको इतिहास र समाज अध्ययन पुस्तक पृष्ठ १४९,१५०( बिपी बाइबल र कांग्रेस पुस्तकमा आधारित तथ्य)

01/03/2026

इरानलाई त्यो बिधि प्रयोग नगरेको भए खामिनी को जन्म हुने नै थिएन।
खामिनिको शासन काल मै पनि सारा संसारबाट नाकाबन्दी, आर्थिक प्रतिबन्ध लागाएर, समाजका अल्पसंख्यक जनसंख्यालाई प्रयोग नगरिदिएको भए क्रमश त्यहाँका जनताको स्वतन्त्रता घुम्ने थिएन।

त्यसैले हरेक ठाँउलाई हेर्दा ,के थियो भन्दा पनि त्यो किन थियो, बाट हेर्दा अलिक प्रष्ट दृष्टि मिल्न सक्छ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal fact check posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category