01/09/2026
Hydropower मा कार्यरत इन्जिनियर यसो भन्छन् :
एउटा हाइड्रोपावरमा काम गरिरहेको, रसुवा/नुवाकोटको बाढीले गर्दा मन मष्तिस्क सबै हल्लिएको, मानसिक रूपमा स्फूर्त हुन नसकेको इन्जिनियर को नेपाल इन्जिनियर्स एसोसिएसनका पदाधिकारीलाइ प्रश्न र सुझाव;
प्रश्न:
- मलाइ भोट हाल्नु है भन्दै आएका चुनाबको बेलाको मेसेज गन्ने हो भने २०० भन्दा बढी होलान्। तर यत्रो विपदको बेला, सबै प्राविधिक मानसिक रूपमा Disturbed भएको बेला, देशभरका प्राविधिकको मनोबल उच्च बनाउन के के गर्नुभयो? कमसेकम विशेष गरि हाइड्रोपावर मा काम गरिरहनुभएको संस्थामा आवद्ध सबै इन्जिनियरलाइ, हामी तपाइँहरूको साथमा छौँ भन्ने मेसेज मात्र गर्न के कुराले रोक्यो? एउटा सामान्य मेसेजले पनि हाम्रो मनोबल उच्च राख्न मद्दत गर्थ्यो कि?
- हामीले अब इन्जिनियर पढ्न मन गर्ने (विशेष गरि सिभिल, इलेक्ट्रिकल र मेकानिकल) भाइबहिनी लाइ के आधारले पढ भनेर सुझाव दिने? त्यसको लागि के कसरी पहल गरिरहनुभएको छ?
सुझाव:
- कति जना इन्जिनियर/प्राविधिक कुन कुन हाइड्रोपावर मा छन्, अथवा के मा आवद्ध छन् भन्ने कुराको डाटा पक्कै तपाईंहरूसँग होला, छैन भने संस्थामा आवद्ध सबैको नाम नम्बर काम गर्ने ठाउँ/क्षेत्र संस्थासँग सुरक्षित राख्ने प्रावधान मिलाउनुहोस् । अनि सो क्षेत्रमा केही विनाश हुँदा, आपद पर्दा कमसेकम मनोबल उच्च राख्न हामी साथ छौँ है भन्ने आभास दिलाउनुहोस् । 🙏
धन्यवाद 🙏