Yuwa Samaj Kalyan-Youth Vision

Yuwa Samaj Kalyan-Youth Vision समाजीक अभियान । सचेतना जागरुक अभियान

Today, on Bhadra 23, Gen Z Martyrs'Day, Nepal remembers the brave souls who stood for change, hope, and a better future....
08/09/2026

Today, on Bhadra 23, Gen Z Martyrs'
Day, Nepal remembers the brave souls who stood for change, hope, and a better future. One year has passed since the Gen Z movement became a powerful chapter in Nepal's journey toward change.

07/09/2026

Nepal will always be at the top Today, Tomorrow, Forever No matter what, No matter when🇳🇵🙏 ❤️ #नेपाल

ये जन्म नहीं था, ये एक युग की शुरुआत थी !  श्री कृष्ण जन्माष्टमी !May Shri Krishna fill your life with love, happiness, ...
04/09/2026

ये जन्म नहीं था,
ये एक युग की शुरुआत थी !
श्री कृष्ण जन्माष्टमी !
May Shri Krishna fill your life with love, happiness, peace, prosperity and divine blessings.

03/09/2026

📢 लालपुर्जा हराएको सूचना
औरही नगरपालिका–८, यादवचोकदेखि इनर्वासम्म जाने बाटोमा मदन यादवको घरको लालपुर्जा हराएको छ।
भेट्टाउने महानुभावले युवा समाज कल्याण (Youth Vision) वा मदन यादवलाई सम्पर्क गर्नुहोला।
📞 सम्पर्क: ९७०८१८५१८६
🎁 लालपुर्जा भेट्टाई बुझाउने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।

01/09/2026

औरही नगरपालिका–८, हरकपुर जाने बाटो नजिक रहेको सुकैश्वरी माई स्थान तथा पूर्वारी चौरीमा विद्युत् लाइन जडानका लागि विगत ७ वर्षदेखि विभिन्न राजनीतिक दल हरु संग न भए काे काम आज युवा समाज कल्याण,Youth Vision काे पहल र संघर्ष ले गर्दा खेरि आज औरही नगरपालिकाले सुकैश्वरी माई स्थान तथा पूर्वारी चौरीमा विद्युत् लाइन जडानका लागि रु. १८,७७,८६६ (अठार लाख सतहत्तर हजार आठ सय छैसट्ठी) बजेट विनियोजन गरेको छ। यो केवल बजेट विनियोजन मात्र होइन, वर्षौँदेखि बेवास्तामा परेको स्थानीय आवश्यकतालाई विकासको प्राथमिकतामा ल्याउने महत्वपूर्ण उपलब्धि हो। यस विषयलाई निरन्तर रूपमा उठाउँदै जनताको आवश्यकता र स्थानीय विकासका सवालमा सक्रिय भूमिका निर्वाह गर्ने Youth Vision लाई विशेष धन्यवाद। 🙏❤️
🇳🇵✊
❤️ Youth Vision , जनताको आवाज, विकासको अभियान। ❤️ #किसानकोमत

औरही-८ मा युवा समाज कल्याण - Youth Vision का साथीहरूद्वारा नागरिकता नभएका नागरिकहरूको पहिचान गर्दै नागरिकता, राष्ट्रिय प...
31/08/2026

औरही-८ मा युवा समाज कल्याण - Youth Vision का साथीहरूद्वारा नागरिकता नभएका नागरिकहरूको पहिचान गर्दै नागरिकता, राष्ट्रिय परिचयपत्र (NID), मतदाता परिचयपत्र लगायतका समस्याहरू बुझ्ने तथा समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने अभियान सञ्चालन भइरहेको छ।
यस अभियानअन्तर्गत आधाभन्दा बढी समस्या समाधान भइसकेका छन् भने बाँकी समस्याहरू समाधान गर्न पनि हाम्रो निरन्तर प्रयास जारी छ।
• यदि तपाईं वा तपाईंको परिवारमा अझैसम्म नागरिकता, राष्ट्रिय परिचयपत्र (NID) वा मतदाता परिचयपत्र नबनेको समस्या छ भने Youth Vision लाई सम्पर्क गर्नुहोस्। तपाईंको समस्या बुझी आवश्यक प्रक्रिया तथा सम्बन्धित निकायसम्म पुग्न सक्दो सहयोग र पहल गर्नेछौँ।
युवा समाज कल्याण, Youth Vision



🇳🇵🙏 विपत्तिको यो घडीमा, हामी सबै नेपाली एक भएर उभऔँ। 🙏🇳🇵बाढीपहिरोले धेरै परिवारको घर, आफन्त र जीवनयापन खोसेको यस दुःखद स...
28/08/2026

🇳🇵🙏 विपत्तिको यो घडीमा, हामी सबै नेपाली एक भएर उभऔँ। 🙏🇳🇵
बाढीपहिरोले धेरै परिवारको घर, आफन्त र जीवनयापन खोसेको यस दुःखद समयमा Yuwa Samaj Kalyan ,Youth Vision का साथीहरूमार्फत सानो भए पनि सहयोग गर्ने प्रयास गरेका छौँ। ❤️
सरकारले आह्वान गरेको राहत कोषमा Yuwa Samaj Kalyan – Youth Vision का साथीहरूको तर्फबाट सहयोग रकम जम्मा गरिएको छ। यो सहयोग ठूलो–सानोभन्दा पनि पीडितको दुःखमा हामी साथमा छौँ भन्ने भावना हो। 🙏😥
बाँकी सम्पूर्ण साथीहरूलाई पनि सक्दो छिटो सहयोग गर्न हार्दिक अनुरोध गर्दछु। सहयोग गरिसकेपछि त्यसको स्क्रिनसट ग्रुपमा पठाइदिनुहोला, ताकि सबैको सहयोग पारदर्शी रूपमा अभिलेख गर्न सकियोस्। ❤️
🕯️ यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली।
Rest in Peace, Beautiful Souls. 🕊️💐
🇳🇵 जय नेपाल 🇳🇵❤️

27/08/2026

Breaking:- चीनका अधिकारीका अनुसार नेपाल–चीन सीमा नजिक छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा ठूलो ताल (Barrier Lake) बनेको छ।
चीनको जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ र पानी तालबाट बाहिरिनसमेत सुरु भएको छ।
आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने भएकाले ताल फुट्ने उच्च जोखिम रहेको चिनियाँ सञ्चारमाध्यम CCTV ले जनाएको छ।
चिनियाँ अधिकारीहरूले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन् भने सम्भावित ताल फुट्ने अवस्था, बाढी तथा आपतकालीन उद्धारका लागि बाढीको सिमुलेसनसमेत गरिरहेका छन्।
सुरक्षित रहनुहोस् | सतर्क रहनुहोस्

26/08/2026

रासुवा, नेपालमा आएको बाढीले पुर्‍याएको विनाशका यी दृश्यहरू अत्यन्तै भयावह छन्। क्षतिको हेर्दा यो कुनै विपत्तिको चलचित्रको दृश्यजस्तै लाग्छ। 😔
यस्ता आकस्मिक बाढीबाट हुने क्षति न्यूनीकरण गर्न सम्पूर्ण हिमाली क्षेत्रमा प्रभावकारी पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणाली अझ बलियो बनाउन आवश्यक छ।
बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना। प्रभावित सबैको सुरक्षा र उद्धारका लागि प्रार्थना। 🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Yuwa Samaj Kalyan-Youth Vision posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category