Sankhamul Jagaran Yuwa Club

Sankhamul Jagaran Yuwa Club Uniting youth for social change, cultural preservation & community development.

24/01/2026
13/12/2025

स्थानीय युवाहरूको सक्रिय सहभागितामा पार्क क्षेत्र स्वच्छ र सार्वजनिक सम्पत्तिको संरक्षणप्रति नागरिक सचेतना बढाउने छ।सरसफाइले स्वास्थ्य सुरक्षा, वातावरण संरक्षण र सामाजिक एकता मजबुत बनाउँने छ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हो भन्ने उद्देश्यका साथ शंखमूल जागरण युवा क्लबका सदस्यहरू आ...
06/12/2025

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हो भन्ने उद्देश्यका साथ शंखमूल जागरण युवा क्लबका सदस्यहरू आज हनुमान पार्क सरसफाइ अभियानमा सक्रिय रूपमा सहभागी भएका छन्। उक्त कार्यक्रमलाई क्लबले आगामी दिनहरूमा पनि निरन्तरता दिनेछ।

पानी वितरण तालिका।
18/11/2025

पानी वितरण तालिका।

10/11/2025

नयाँ मेलम्ची खानेपानी जडानसम्बन्धी समस्याका कारण बाटो पिच गर्ने कार्यमा ढिलाइ भएको थियो। जडानका कार्यहरू हाल अन्तिम चरणमा पुगेका छन्। यसअघि सम्पन्न नयाँ हिम पाइप राख्ने कार्य र निजी घरको ढल निकाससम्बन्धी कार्यका कारण पनि काममा ढिलाइ भएको हो। आगामी मंसिरको अन्त्यसम्म पिचसहित सम्पूर्ण कार्य सम्पन्न गरिनेछ। जनगुनासो बढ्दै गइरहेको यस बेला, वडा सदस्य अशोक के.सी.ज्यू तथा काठमाडौं महानगरपालिकाका प्रतिनिधि विनोद अछामी ज्यूप्रति समन्वय र सहकार्यका लागि कृतज्ञता व्यक्त गर्दछौँ।

बानेश्वर–३१ वडा कार्यालय र प्रहरी वृत बानेश्वरको संयुक्त आयोजनामा “शान्ति सुरक्षासम्बन्धी जनचेतनामूलक र्याली” सम्पन्न भए...
08/11/2025

बानेश्वर–३१ वडा कार्यालय र प्रहरी वृत बानेश्वरको संयुक्त आयोजनामा “शान्ति सुरक्षासम्बन्धी जनचेतनामूलक र्याली” सम्पन्न भएको छ।
“हरेक प्रहरी, गाउँ र नगर, टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ आयोजना गरिएको सो कार्यक्रमले समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउन तथा शान्तिपूर्ण र सुरक्षित समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ।
कार्यक्रम २०८२ कात्तिक २२ गते बिहान ७ बजे सुरु गरिएको थियो। र्यालीमा स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी, सामाजिक संस्था तथा प्रहरी अधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमले नागरिक र सुरक्षाकर्मीबीचको सहकार्य, आपसी विश्वास र सहयोगमार्फत अपराध नियन्त्रण र शान्ति सुरक्षाको सन्देश फैलाउने प्रयत्न गरेको आयोजकले जनाएको छ।

स्टार अस्पतालले दिपावली, नेपाल सम्बत् र छठको उपलक्ष्यमा आयोजना गरेको शुभकामना कार्यक्रममा शंखमूल जागरण युवा क्लबका साथीह...
17/10/2025

स्टार अस्पतालले दिपावली, नेपाल सम्बत् र छठको उपलक्ष्यमा आयोजना गरेको शुभकामना कार्यक्रममा शंखमूल जागरण युवा क्लबका साथीहरूको सहभागिता।

17/10/2025

स्टार अस्पतालले दिपावली, नेपाल सम्बत् र छठको उपलक्ष्यमा आयोजना गरेको शुभकामना कार्यक्रमको केही झलक।
स्थानः स्टार अस्पताल

Address

Sankhamul-31
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sankhamul Jagaran Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category