Gen Z Tarakeshwor

Gen Z Tarakeshwor भविष्य तिमीले आज गर्ने कामले बनाउँछ, भोलीले होइन

21/02/2026

तारकेश्वर नगरवासी आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरु यसपालिको चुनाव मा भोट कसलाई दिने सोच्दै हुनुहुन्छ ?🤔

🔥 सत्य बोल्ने आवाजहरुलाई प्रतिशोधले थाम्न सकिँदैन 🔥तारकेश्वर नगरपालिकामा भ्रष्टाचारविरुद्ध बोल्नु अपराध होइन ,यो जनताको ...
04/11/2025

🔥 सत्य बोल्ने आवाजहरुलाई प्रतिशोधले थाम्न सकिँदैन 🔥
तारकेश्वर नगरपालिकामा भ्रष्टाचारविरुद्ध बोल्नु अपराध होइन ,यो जनताको हक हो, जिम्मेवारी हो !
तर अब नगर प्रमुखले व्यक्तिगत प्रतिशोधका नाममा सत्य बोल्ने मान्छेहरूलाई डर देखाउने, दबाउने खेल खेल्दै छन् ?
सुन 👊
नगरपालिका तिम्रो सम्पत्ति होइन,
जनताको पसिनाले बनेको संस्था हो !
सत्य बोल्नेहरूलाई सताउनेहरूसँग
अब हाम्रो पुस्ताले सम्झौता गर्दैन ।
भ्रष्टाचार ढाकछोप गर्नेहरूसँग होइन —
सत्यका पक्षमा उभिनेहरूसँग इतिहास उभिन्छ !

Proud moment: अमेरिकामा रहेका नेपालीको सम्मानमा NewYork City मेयर कार्यालयले नेपालको झण्डा फहराएको छ ।🇳🇵
26/10/2025

Proud moment: अमेरिकामा रहेका नेपालीको सम्मानमा NewYork City मेयर कार्यालयले नेपालको झण्डा फहराएको छ ।🇳🇵

तारकेश्वरलाई सुन्दर र स्वस्थ बनाउने अभियान अन्तर्गत आज PHC मा वृक्षारोपण र पोखरी सरसफाइ गरिएको छ।
25/10/2025

तारकेश्वरलाई सुन्दर र स्वस्थ बनाउने अभियान अन्तर्गत आज PHC मा वृक्षारोपण र पोखरी सरसफाइ गरिएको छ।

जेनजी आन्दोलनको बेलामा बैंकको पैसा लुटेर बुलेट बाइक किनेका २७ बर्षका दिपेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । उनले बैंकबाट २...
20/10/2025

जेनजी आन्दोलनको बेलामा बैंकको पैसा लुटेर बुलेट बाइक किनेका २७ बर्षका दिपेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । उनले बैंकबाट २ लाख ५० हजार रुपैयाँ चोरेर त्यसमा १ लाख ७२ हजार थप गरेर बुलेट किनेको बताएका छन् । उनले बैंकबाट सुनको औंठी, बाला र सिक्री समेत चोरेको स्वीकार गरेका छन् । 😮

साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र (PHC)मा युवा, नगर प्रहरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य कर्मचारीको उपस्थितिमा सफाइ कार्...
19/10/2025

साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र (PHC)मा युवा, नगर प्रहरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य कर्मचारीको उपस्थितिमा सफाइ कार्य गर्दै💪✊🌹🙏🇳🇵

यस्तो सहयोग वास्तवमै जरुरी र उपयोगी हुन सक्छ, तर फोटोमा देखिएका धेरैजना वास्तविक रूपमा दाउरामा खाना पकाउने परिवार होइनन्...
17/10/2025

यस्तो सहयोग वास्तवमै जरुरी र उपयोगी हुन सक्छ, तर फोटोमा देखिएका धेरैजना वास्तविक रूपमा दाउरामा खाना पकाउने परिवार होइनन् भन्ने कुरा स्थानीय बासिन्दाहरूले पनि पुष्टि गर्छन्। यसले सो कार्यक्रमको लाभग्राही छनोटमा पारदर्शिता र निष्पक्षताको अभाव भएको शंका उत्पन्न गर्छ।

हाम्रो समाजमा अहिले सहयोगका नाममा प्रचार, र अनुदानका नाममा आफ्नै मान्छेपालनको प्रवृत्ति बढ्दै गएको देखिन्छ। यसले न त वास्तविक पीडितलाई सहयोग गर्छ, न त प्रणालीमा विश्वास बढाउँछ।

तारकेश्वरका वडानं. १, २ र ३ मा अझै पनि त्यस्ता परिवारहरू छन् जसको घरमा बिजुली नै छैन, जसले अझै दाउरामा खाना पकाउँछन्। यदि उनीहरूलाई प्राथमिकतामा राखिएको भए, कार्यक्रमको सार्थकता अझ बढ्थ्यो।

त्यसैले, हाम्रो विनम्र सुझाव छ —
👉 लाभग्राही छनोटमा पारदर्शिता सुनिश्चित गरियोस्।
👉 वास्तविक पीडित र अल्पसुविधा प्राप्त परिवारलाई प्राथमिकता दिइयोस्।
👉 सहयोगलाई प्रचार होइन, सशक्तिकरणको माध्यम बनाइयोस्।

गरिबीमाथि मजाक होइन, समान अवसरको वातावरण बनाऔं।
नगर प्रमुखज्यूलाई हार्दिक आग्रह — “नगरपिता” बन्नुहोस्, प्रचारक होइन। 🙏

17/10/2025

नेताहरुले हाम्रो देश लाई बदनाम गरेपनि खेलाडीहरुले
नेपालीको शिर उच्च राखेको छ, हार्दिक बधाई!!!! ❤️❤️🙏🙏

Wow : २०२६ टी-२० विश्वकपमा स्थान बनाएको नेपाली टोलीका १५ खेलाडीले जनही १९.५ लाख रुपैयाँ पाउने छन्। प्रशिक्षकले ६.२५ लाख,...
17/10/2025

Wow : २०२६ टी-२० विश्वकपमा स्थान बनाएको नेपाली टोलीका १५ खेलाडीले जनही १९.५ लाख रुपैयाँ पाउने छन्। प्रशिक्षकले ६.२५ लाख, सहायक प्रशिक्षकले ३.२५ लाख र क्रिकेट संघले ६.५ लाख पाउनेछन्। पुरस्कार राष्ट्रिय खेलकुद नियमावली २०७९ अनुसार दिइने हो।

Pic : Can

16/10/2025

तारकेश्वर नगरपालिकाले निर्माण व्यवसायीहरूले पटक–पटक ध्यानाकर्षणपत्र बुझाए पनि भुक्तानी प्रक्रिया अघि बढाएको छैन। नगरपालिकामा काम सम्पन्न गरिसकेका व्यवसायीहरूले आफ्नो मेहनतको रकम पाउन महिनौँदेखि प्रतीक्षा गरिरहेका छन्।

व्यवसायीहरूको भनाइमा, “नगरपालिकाले कागजी प्रक्रिया पुरा भएको भनी आश्वासन दिँदै आएको छ, तर रकम अझै खातामा आएको छैन।
यसैबीच, लेखा शाखा प्रमुखलाई निर्माण व्यवसायीहरू र युवाहरूले ताली बजाएर स्वागत गर्नुभएको छ I

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने भुक्तानी ढिलाइको कारण प्राविधिक प्रक्रिया भएको बताउँदै छिट्टै व्यवसायीहरूलाई रकम उपलब्ध गराइने आश्वासन दिएका छन् l

Address

Tarakeshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z Tarakeshwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category