20/09/2025
🚨 आधिकारिक प्रेस विज्ञप्ति
हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा महेश बस्नेतले सुधन गुरुङ आफ्नो पार्टीमा प्रवेश गर्ने वा उनीसँग सम्बन्धित भएको दाबी गरेका छन्। यो दाबी पूर्णरूपमा असत्य हो।
❌ सुधन गुरुङले महेश बस्नेतसँग कुनैपनि संवाद गरेका छैनन्।
❌ यस्ता कुराकानीहरू कहिल्यै भएका छैनन् र भविष्यमा हुने पनि छैनन्।
हामी यस दाबीलाई खण्डन गर्दछौं।
–
🚫 महेश बस्नेतलाई
झूट तथा भ्रम फैलाउने कार्य तत्काल रोक्न आवश्यक छ। देश परिवर्तनको आन्दोलनमा जनताको बलिदानको अपमान हुने काम नगर्नुहोस्।
संविधानले दिएको अधिकारलाई नैतिक वैधताको रूपमा नलिनुहोस्। इतिहास र जनता दुबैले तपाईंलाई मूल्याङ्कन गर्नेछन्।
🇳🇵 नेपालका जनतालाई
यस्ता असत्य दाबीहरूले भ्रमित नहुनुहोस्। सचेत रहनुहोस् र एकताबद्ध रहनुहोस्।
सुधन गुरुङ र हामी नेपाल सुरुदेखि नै जनताको पक्षमा रहेकाछौँ र आगामी दिनहरूमा पनि रहनेछौँ।
यो आन्दोलन जनताको हो, कुनै दल वा भ्रष्ट राजनीतिज्ञको होइन।
✊ हामी सदैव जनताको पक्षमा छौँ।