11/09/2025
देशभक्त युवाहरूलाई विनम्र अनुरोध!
अहिलेको संविधान, संघीयता, गणतन्त्र—यी सबै विदेशीहरूको इसारामा नेपाललाई असफल बनाउने उद्देश्यले स्थापित गरिएको व्यवस्था हुन्। त्यसैले यस व्यवस्थाको रक्षक बन्नु भनेको विदेशीको दास बन्नु हो।
अमेरिकाका वर्तमान राष्ट्रपति स्वयंले पनि नेपालमा धर्मनिरपेक्षता र संघीयताको लागि अरबौं रुपैयाँ खर्च भएको कुरा स्वीकार गर्दै, त्यो गल्ती भएको बताएका छन्। त्यस्तै, भारतका पूर्व ‘रअ’ प्रमुखले समेत मुखै फोडेर “माओवादी हामीले जन्माएको हो, राजपरिवारको विनाश हामीले गरेको हो” भनेर खुलेआम घोषणा गरिसकेका छन्। यी त केवल दुईवटा उदाहरण मात्र हुन्, यस्ता हजारौं उदाहरणहरू छन्, कृपया अध्ययन गर्नुहोस्।
सबै कुरा बुझिसकेर पनि जसरी विदेशीहरूको इसारामा बनेको संविधानलाई रक्षाको नाममा समर्थन गर्ने हो भने, त्यसको परिणाम नेपाली र नेपालको भविष्यका लागि कस्तो होला?
अब प्रश्न यही हो—तपाईँहरू विदेशीको इसारामा राष्ट्रघाती सम्झौता गर्ने (जस्तै एमसिसी, नागरिकता विधेयक) राष्ट्रघाती राष्ट्रपतिलाई सर्वोपरि मान्ने कि, “विदेशीको इसारामा राजा बन्नुभन्दा राजगद्दी त्यागेर नागरिक भएर बस्न तयार छु” भन्ने राजा जस्तै राष्ट्रप्रमुखलाई स्वीकार गर्ने?
संसारको इतिहास हेर्ने हो भने, राजाहरू गद्दी त्याग्न तयार भएका भेटिन्छन्, तर कुर्सीका लागि देश बेच्ने राजा भेटिदैनन्। त्यसैले नेपालमा राष्ट्राध्यक्षको रूपमा राजा रहून् र प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था होस्। यस्तो भयो भने मात्र देश सुरक्षित रहन्छ।
आजको व्यवस्थामा कुनै दिन विदेशीको गोटी अप्रत्यक्ष रूपमा राष्ट्रपति भए र उनले नेपाललाई कुनै देशलाई सुम्पने निर्णय गरे भने देश बचाउने उपाय के होला? त्यो दिन आउँदैन भन्ने कुनै ग्यारेन्टी छैन।
मित्रहरू, पहिले देश कसरी बचाउन सकिन्छ भन्ने सोचौं। देश बच्यो भने विकास अवश्य हुनेछ। विकास गर्ने जिम्मा राष्ट्राध्यक्षको होइन, प्रधानमन्त्री र स्थानीय सरकारको हो। त्यसमा हामी आफैंले चाहेको व्यक्तिलाई चुन्न सक्छौं।
तर, नेपाल नै नरहे भने “नेपाली” भन्ने पहिचान पनि रहनेछैन।