20/01/2026
मिति: २०८२/१०/०५
श्री प्रमुख निर्वाचन आयुक्तज्यू,
निर्वाचन आयोग, नेपाल
केन्द्रीय कार्यालय, कान्तिपथ, काठमाडौँ।
विषय: आगामी निर्वाचनमा सहभागी नहुने सम्बन्धमा।
महोदय,
उपरोक्त विषयमा, २०८२ साल माघ ५ गते हाम्रो पार्टीको कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, सामाखुशी, काठमाडौँमा सम्पन्न भयो। 'जेन-जी' आन्दोलन पश्चात् कार्की सरकारद्वारा सङ्घीय प्रतिनिधि सभा विघटन गरिएको वर्तमान तरल राजनीतिक अवस्थामा निर्वाचन नै निकासको बाटो भए तापनि, विद्यमान परिस्थितिको सूक्ष्म विश्लेषण गर्दा हाम्रो पार्टी यस प्रक्रियामा तत्काल सहभागी हुन नसक्ने निष्कर्षमा पुगेको छ।
तसर्थ, निर्वाचन आयोगद्वारा प्रकाशित तालिका अनुसार आगामी २०८२ फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि २०८२ माघ ६ गते हुने उम्मेदवार मनोनयनमा हाम्रो पार्टीका तर्फबाट कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी गराउँदछु।
हाम्रो पार्टी निर्वाचनमा सहभागी नहुनुका मुख्य आधारहरू निम्न बमोजिम रहेका छन्:
१. देशमा अझै निर्वाचनको अनुकूल वातावरण र जनलहर सिर्जना नभएको।
२. प्रमुख राष्ट्रिय दलहरूमा आएको फुट र विभाजनले राजनीतिक अस्थिरता बढाएको।
३. राजनीतिक दलको फुट सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्था।
४. निर्वाचनमा ठूला र नयाँ भनिएका दलहरूबाट हुन सक्ने ठूलो अस्वस्थ आर्थिक चलखेलको उच्च जोखिम।
५. वर्तमान निर्वाचन प्रणाली र राजनीतिक खिचातानीका कारण निर्वाचन पश्चात् पनि राजनीतिक निकास ननिस्कने सुनिश्चितता।
६. राज्यको सुरक्षा घेराबाट भागेका फरार कैदीहरूलाई सरकारले नियन्त्रणमा लिन नसक्नु।
७. उम्मेदवार तथा निर्वाचन क्षेत्रहरूमा शान्ति सुरक्षाको भरपर्दो प्रत्याभूति नहुनु।
८. आन्दोलनका क्रममा लुटिएका हतियारहरू अझैसम्म सरकारले बरामद गर्न नसक्नु।
९. मतदाताहरू मतदान केन्द्रसम्म पुग्ने र सुरक्षित रूपमा फर्कने सुनिश्चितताको अभाव।
१०. निर्वाचन पश्चात् बन्ने संसद् पुनः अल्पमत र बहुमतको खेलमा पुर्ण फस्ने तथा ६ महिनाभित्रै मध्यावधि निर्वाचनमा जानुपर्ने प्रबल सम्भावना देखिनु।
अतः माथी उल्लेखित बुदाहरु ध्यानमा केन्दृत गर्दै राष्ट्रियकाे गम्बिर समस्याको निकास नहुने निर्वाचनमा हाम्रो पार्टी सहभागी नहुने जानकारी गराउदछु ।
सुशील मान शेरचन
सभापति