18/07/2026
महिला अधिकार, महिला सशक्तीकरण र समानताको कुरा गर्ने हामी सबैले आज एउटा प्रश्न आफैँलाई सोध्नुपर्ने बेला आएको छ।
यति धेरै महिला सांसद, महिला नेतृ र महिला अधिकारका पक्षधरहरू भएको देशमा यी दुई महिलाको आवाज सुन्ने समय र संवेदनशीलता किन देखिएन? सिंहदरबारमा घण्टी बोकेर पुग्नु कसैको रहर होइन, त्यो पीडा र न्यायको खोजीको संकेत हो।
उनीहरूको मागसँग सहमत वा असहमत हुन सकिन्छ, तर आफ्ना कुरा राख्न पाउने अधिकार र सम्मानजनक व्यवहार सबैको मौलिक अधिकार हो। लछारपछार, बल प्रयोग र अपमानले कुनै समस्याको समाधान गर्दैन; यसले राज्यप्रतिको विश्वास मात्र कमजोर बनाउँछ।
लोकतन्त्रमा आवाज दबाउने होइन, सुन्ने संस्कृतिको विकास हुनुपर्छ। मानवता, संवेदनशीलता र न्याय सबैका लागि समान हुनुपर्छ।