Suresh Regmi - सुरेश रेग्मी

Suresh Regmi - सुरेश रेग्मी म कहिल्यै हार्दिन की जित्छु कि सिक्छु

31/05/2026

बालेनको पछिल्लो अभिव्यक्तिलाई धेरैले सामान्य राजनीतिक टिप्पणीका रूपमा हेरे पनि यसभित्र गहिरो कूटनीतिक सन्देश लुकेको हुन सक्ने विश्लेषणहरू पनि भइरहेका छन्। यसले भारतमा चर्चा र चासो बढाउने निश्चित देखिन्छ। भारतले यसलाई कसरी लिन्छ भन्ने आफ्नो ठाउँमा छ, तर यसले नेपाल भारत सीमा सम्बन्धी विषयलाई फेरि गम्भीर रूपमा उठाउने वातावरण भने सिर्जना गरेको छ। यदि यसबाट दुई देशबीच औपचारिक वार्ताको ढोका खुल्यो भने नेपाललाई सुगौली सन्धिदेखिका ऐतिहासिक प्रमाण, नक्सा र दस्तावेजहरू प्रस्तुत गर्ने अवसर मिल्न सक्छ। साथै, इतिहाससँग जोडिएका पक्षहरूका कारण बेलायती अभिलेखहरू पनि पुनः सान्दर्भिक बन्न सक्छन। सबैभन्दा महत्वपूर्ण कुरा, सीमा विवाद भावनाले होइन, तथ्य, प्रमाण र कूटनीतिक संवादबाट समाधान हुनुपर्छ। यदि यसले नेपाल र भारतलाई वार्ताको टेबलमा ल्याएर कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका विषयमा स्थायी र सम्मानजनक समाधान खोज्न प्रेरित गर्छ भने यो दुवै देशका लागि सकारात्मक कदम साबित हुन सक्छ। छिमेकीबीचको विश्वास, आपसी सम्मान र स्पष्ट सीमांकन नै दीर्घकालीन समाधानको आधार हो ।

29/05/2026

१०+१० गरेर २१% कसरी ? भन्ने सन्दर्भमा सुरु स्केलमा १०% बढाएर आउने रकममा पुनः १०% बढाउदा समग्रमा तलब २१% वृद्धि हुन्छ ।
एउटा उदाहरण :

मानौं अहिले कुनै कर्मचारीको आधार तलब = रु ५०,००० छ ।

१) सुरुमा १०% तलब वृद्धि

रु.५० हजारको १०% = ५,०००।

नयाँ आधार तलब:

५०,०००+५,००० = ५५,०००।-

२) त्यसपछि नयाँ तलबमान (५५,०००) को १०% प्रोत्साहन भत्ता

रु. ५५ हजारको १०% = ५,५००।

अब कुल प्राप्ति:

५५,०००+५,५०० = ६०,५००।

अब समग्रमा वृद्धि कति भयो ?

पहिले = ५०,०००
अहिले = ६०,५००

बढेको रकम:
६०,५०० - ५०,००० = १०,५००

प्रतिशतमा:

५० हजार सुरु स्केलको २१% भनेको १०,५०० हो ।

त्यसैले “समग्रमा २१% वृद्धि” भनिएको हो।
#बजेट_२०८३_०८४

लौ बजेट
29/05/2026

लौ बजेट

29/05/2026

सरकारी कर्मचारीलाई खुशीको खबर-21 २१ प्रतिशत तलब ब ढ्यो वृ द्धि: बजेट भाषण अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

28/05/2026

कुशल एवम बिज्ञ प्रशिक्षक उत्तानो प्रसाद 😍

25/05/2026

✅ #नायब_सुब्बाको_पहिलो_पत्रको_नतिजा आएका स्थान / कार्यालयहरु

🔴 ना.सु प्रथम पत्र/सुर्खेत कार्यालय
◼️ प्रथम पत्र दिने: 3960
◼️ पास हुने: 306 जना
◼️ पास प्रतिशत:7.7%
◼️Key नलेखेको: 3 जना 😮

🔴 ना.सु प्रथम पत्र/बुटवल कार्यालय
◼️ प्रथम पत्र दिने: 3715
◼️ पास हुने: 392 जना
◼️ पास प्रतिशत: 10.55%
◼️Key नलेखेको: 10 जना 😮

🔴 ना.सु प्रथम पत्र/जलेश्वर कार्यालय
◼️ प्रथम पत्र दिने: 5383
◼️ पास हुने: 876 जना
◼️ पास प्रतिशत: 16.27%
◼️Key नलेखेको: 10 जना 😮

🔴 ना.सु प्रथम पत्र/दिपायल कार्यालय
◼️ प्रथम पत्र दिने: 2574
◼️ पास हुने: 219 जना
◼️ पास प्रतिशत: 8.5%
◼️ Key नलेखेको: 6 जना 😮

🔴 ना.सु प्रथम पत्र/पोखरा कार्यालय
◼️ प्रथम पत्र दिने: 2055
◼️ पास हुने: 357 जना
◼️पास प्रतिशत: 17.37%
◼️ Key नलेखेको: 3 जना 😮

🔴 ना.सु प्रथम पत्र/धनकुटा कार्यालय
◼️ प्रथम पत्र दिने: 3261
◼️ पास हुने: 457 जना
◼️पास प्रतिशत: 14%
◼️ Key नलेखेको: 8 जना 😮

🔴 ना.सु प्रथम पत्र/काठमाण्डौ कार्यालय
◼️ प्रथम पत्र दिने: 14800
◼️पास हुने: 2630 जना
◼️पास प्रतिशत: 17.77%
◼️Key नलेखेको: 48 जना

✅अहिलेसम्म सबैभन्दा कम पास सुर्खेत कार्यालयबाट भएका छन ।

सर्वाेच अदालतले लोक सेवा आयोगलाई आदेश दियो अन्तर्वार्तामा सम्मिलित गराउनू !
21/05/2026

सर्वाेच अदालतले लोक सेवा आयोगलाई आदेश दियो अन्तर्वार्तामा सम्मिलित गराउनू !

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ८१ (१) अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुन े बढुवाका लागि सम्बन...
19/05/2026

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ८१ (१) अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुन े बढुवाका लागि सम्बन्धित पदभन्दा एक तह मुनिको पदमा कार्यरत हुनुपर्ने शर्त राखिएको छ !

नोट : खुल्ला बाट नभई आ.प्र. बाट समान तहमा रोक लगाइएको छ
भ्रम नछरौ🙏

15/05/2026

कतिपय कुरा आफ्नो बहसमा हुदैन!! स्वीकार गर्नुपर्छ! बाग्मतिको प्रश्न समग्रमा गार्हो नै थियो त्यो त रिजल्ट ले पनि देखाएको छ! साथी पास भयो भनेर दुख नमान्नुस सबैले एकैठाउमा नाम निकाल्नपर्छ भन्ने छैन! आखिर सबैको सपना सरकारी जागिर गर्ने न हो! जहाँ योग्यता छ त्यहाँ परीक्षा दिनुहोस! बाकी कैयौ अबसर बाकी छन! आज पास हुने सम्पूर्ण साथिहरुलाई बधाई 20 मात्र बचेको भए नि व्यापक तयारि बनाउनुहोस!! शुभकामना !! आजको परिक्षा बिग्रेका साथिहरु 0% पनि तनाब नलिनुहोला❤️पढाइ व्यापक बनाउनुहोस।
शुभरात्री❤️❤️❤️❤️

विश्वास नि कसको गर्नु यहाँ मलाई बोल्न दे सरकार भन्दै आफैं नबोली टाप कसेसि 🥹
13/05/2026

विश्वास नि कसको गर्नु यहाँ मलाई बोल्न दे सरकार भन्दै आफैं नबोली टाप कसेसि 🥹

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Suresh Regmi - सुरेश रेग्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category