21/08/2026
राष्ट्रिय परिचयपत्रमा नाम वा जन्ममिति गलत छ? यसरी सच्याउन सकिन्छ
राष्ट्रिय परिचयपत्र बनाउँदा नाम, जन्ममिति, बुबाआमाको नाम वा ठेगानामा गल्ती भएको छ भने चिन्ता लिनुपर्दैन। गल्ती सच्याउने व्यवस्था छ।
तर तपाईंको कार्ड छापिएको छ कि छैन भन्ने कुराले प्रक्रिया फरक पर्छ।
कार्ड अझै छापिएको छैन भने
यदि तपाईंले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइसक्नुभएको छ तर कार्ड अझै बनेको छैन भने:
नजिकको राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा जानुहोस्।
आफैं उपस्थित भएर गलत विवरण सच्याउन सकिन्छ।
अनलाइन प्रणालीबाट विवरण अद्यावधिक गरिन्छ।
यसका लागि अतिरिक्त शुल्क लाग्दैन।
कार्ड छापिसकेपछि गल्ती भेटियो वा कार्ड हातमा परिसकेपछि विवरणमा त्रुटि भेटियो भने प्रतिलिपि निकाल्ने प्रक्रियाबाट विवरण सच्याउनुपर्छ।
यसको सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्छ।
विवरण सच्याएर नयाँ कार्ड निकाल्न रु. ५०० राजस्व दस्तुर लाग्छ।
कहाँ जाने?
विवरण सच्याउन ७७ वटै जिल्ला प्रशासन कार्यालय, तोकिएका इलाका प्रशासन कार्यालय वा अभियानअन्तर्गत सञ्चालन भएका स्थानीय तहका दर्ता केन्द्रमा सम्पर्क गर्न सकिन्छ।
विशेषगरी नागरिकता नम्बर, बुबाआमाको नाम, जन्ममिति र ठेगाना जस्ता विवरणमा गल्ती छ भने बेवास्ता नगर्नुहोस्। यस्ता विवरण नमिलेमा भविष्यमा राहदानी, वैदेशिक रोजगारी, अध्ययन वा अन्य सरकारी सेवामा समस्या आउन सक्छ।
यो जानकारी आवश्यक पर्न सक्छ, Save गरेर राख्नुहोस् र Share पनि गर्नुहोस्।
#राष्ट्रियपरिचयपत्र