04/06/2023
राजेन्द्र लिङ्देन ज्यूको साहसी आवाजले सदन नै खलबलिएको र देशका लागि केही दलाल, गुण्डा नाइके, विदेशी शक्तिद्वारा परिचालित नेता वाहेक देशलाई माया गर्ने र असल नेताहरु एक जुठ भएको देख्दा एक सच्चा देश भक्तको शक्ति के रैछ आज महसुश भयाे ।
१.देशको सबै भन्दा एतिहासिक र विश्व भरी देशलाई चिनाउने , एसिया महादेशको प्रकाश लाई जन्म दिने भूमि कपिलवस्तु लुम्बिनी छिमेकी राष्ट्रले आफ्नो भनी नकसमै प्रकाशित गर्दा समेत किन मौन छ नेपाल सरकार??
२.देशको नागरिकता जस्तो संवेदनशील प्रमाणपत्र चलचित्रको टीकट जसरी बढ्ने निर्णय जुन सदनबाट पारित गरिउने पर्ने निर्णय किन सुटिक राष्ट्रपति द्वारा प्रमाणीकरण ??
३. देशको तीन तहको न्यायलय बाट दोषी ठहर आजीवन कारावास सजाय फैसला भएको रेशम चौधारी लाई पूर्णपाठ नाउँदाई किन हतार गरी राष्ट्रपति द्वारा आममाफी प्रदान गरी सजाय मिनाहा??
(यो रेशम चौधरी र पहिचानका मुद्दाको विरोध हैन यो प्रणाली, व्यवस्था , शक्ति दुरूपयोग,विदेशी हस्तक्षेप र परिचालन को विरोध हो)
यी सब प्रधानमन्त्री भारत भ्रमण जानु अघि भएको देख्दा प्रचण्ड लगायत गठबंधन नेताहरु भारतीय शक्ति द्वारा परिचालित रहेको कुरा प्रस्ट प्रमाणित भएको छ र यो सब कुरा हरू लाई दबाउन र ध्यान अन्तै मोड्न भैंसी र राँगो ल्याएर जनता लाई ठुलो विकाश गर्यो भनेर हल्ला गर्ने देशद्रोही, भारतीय दलाल पार्टी माओवादी र भारतद्वारा परिचालित गठबंधनका नेता र चम्चे झोलेहरू ले नेपाली जनता लाई के सोच्दा रहेछन पनि प्रष्ट देखियो।
अझै लाटो बनाउने भनेर न सोचे हुन्छ जनता सचेत र शिक्षित भइसके यस्ता बकम्फुसे, लज्जास्पद,अर्थहीन राजनीतिक षड्यन्त्र,तरिका र प्रविधिले अब काम गर्ने छैन, यस्तै हो भने कडा भन्दा कडा र जनयुद्ध भन्दा पनि क्रूर र ठूलो विद्रोह हुने छ। भारतीय दलाल, देशद्रोही, आतङ्ककारी , नेपाली आमाका भूमि बेचुवा, जनता सोसकी गठबन्धनका नेता र चमचे हरू होसियार।