Nepal Buddhist Tamang Development Committee

Nepal Buddhist Tamang Development Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Buddhist Tamang Development Committee, Social service, Gokarneswor Municipality, Ward-04, Makalbari, Kathmandu.

नेपाल बुद्धिष्ट तामाङ सुधार समिति वि.सं. २०५७ सालमा स्थापना भएको एक गैर-नाफामूलक सेवामूखी सामाजिक संस्था हो जसले मूलत तामाङ जातिको मौलिक पहिचान, भाषा, धर्म र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्धन गर्दै समुदायको आर्थिक र सामाजिक विकासको लागि काम गर्दछ।

हार्दिक निमन्त्रणा !!!कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को पावन अवसरमा दिवंगत पितृहरूको सुगति तथा चिरशान्तिको कामनासहित ...
09/09/2026

हार्दिक निमन्त्रणा !!!

कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को पावन अवसरमा दिवंगत पितृहरूको सुगति तथा चिरशान्तिको कामनासहित आयोजना हुने छोक पूजा तथा दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण धर्मप्रेमी महानुभावहरूलाई सादर निमन्त्रणा गर्दछौँ।

मिति: २०८३ भाद्र २६ गते, शुक्रबार
समय: बिहान ८ बजे
स्थान: नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको गुम्बा, माकलबारी

छोक, बत्ती तथा खानाको व्यवस्था संस्थाले नै गर्नेछ।

बृहत् रक्तदान कार्यक्रमसम्बन्धी सूचना 🩸मिति २०८३ भाद्र १८ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार, कुशे औँसीको पावन अवस...
07/09/2026

बृहत् रक्तदान कार्यक्रमसम्बन्धी सूचना 🩸

मिति २०८३ भाद्र १८ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार, कुशे औँसीको पावन अवसर पारेर रसुवा बाढी–पहिरोबाट घाइते भएका व्यक्तिहरू तथा गोकर्णेश्वर नगरवासीलाई रगतको अभाव हुन नदिने उद्देश्यले बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

मिति: २०८३ भाद्र २६ गते, शुक्रबार
समय: बिहान ७:०० देखि ११:०० बजेसम्म
स्थान: नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको प्राङ्गण

यस मानवीय कार्यक्रममा उपस्थित भई रक्तदान गरिदिनुहुन संस्थाका संरक्षक, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ।

रक्तदान जीवनदान—तपाईंको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ। 🙏

दुःखमा साथ, मानवताको हात आज मिति २०८३/०५/१८ गते, बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्युको मुखबाट बाँच्न सफल भएका प्र...
03/09/2026

दुःखमा साथ, मानवताको हात

आज मिति २०८३/०५/१८ गते, बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्युको मुखबाट बाँच्न सफल भएका प्रभावित परिवारहरूले कठिन परिस्थितिमा कम्तीमा एक छाक भए पनि खाना खान पाऊन् भन्ने मानवीय उद्देश्यले नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले संस्थागत रूपमा रु. २,५०,०००/- तथा विभिन्न मनकारी दाताहरूबाट संकलित सहयोग रकम गोकर्णेश्वर नगरपालिकाको राहत कोषमा जम्मा गरेको छ।

यो केवल आर्थिक सहयोग होइन, विपत्तिमा परेका परिवारप्रति हाम्रो माया, करुणा र मानवीय एकताको सानो प्रयास हो।

यस पुण्य कार्यमा हातेमालो गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हृदयदेखि नै आभार तथा धन्यवाद।

नेपाल बुद्धिष्ट तामाङ सुधार समिति
गोकर्णेश्वर–४, माकलबारी

03/09/2026
विशेष मोलम प्रार्थना, दीप प्रज्वलन तथा पुण्य समर्पण कार्यक्रम सम्पन्न 🙏आज नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा आयोजित...
02/09/2026

विशेष मोलम प्रार्थना, दीप प्रज्वलन तथा पुण्य समर्पण कार्यक्रम सम्पन्न 🙏

आज नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा आयोजित विशेष मोलम प्रार्थना, दीप प्रज्वलन तथा पुण्य समर्पण कार्यक्रम अत्यन्त श्रद्धा, शान्ति र भावनात्मक वातावरणमा सम्पन्न भएको छ।

हालैको बाढी–पहिरो तथा प्राकृतिक विपत्तिमा परी दिवंगत हुनुभएका सम्पूर्ण प्राणीहरूले सुगति प्राप्त गरून्, अन्धकारमा भौँतारिएका चित्तहरूलाई दीपको उज्यालोले सही मार्ग देखाओस् र उत्तम पुनर्जन्म प्राप्त होस् भन्ने कामनासहित विशेष मोलम प्रार्थना तथा दीप प्रज्वलन गरिएको थियो।

साथै, विपत्तिबाट प्रभावित भई बाँचिरहेका परिवारहरूले कठिन अवस्थामा कम्तीमा एक छाक भए पनि भोजन पाउन सकून् र उनीहरूको दुःखमा थोरै भए पनि राहत पुग्न सकोस् भन्ने मानवीय उद्देश्यले राहत सहयोग रकमसमेत संकलन गरिएको छ।

यस पुण्य कार्यलाई विधिपूर्वक सम्पन्न गराउन विशेष मार्गदर्शन तथा मोलम प्रार्थना गरिदिनुहुने आदरणीय खेन्पो पासाङ ग्याल्छेनज्यूमा विशेष हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। साथै, श्रद्धापूर्वक सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण माने आमाहरूमा विशेष धन्यवाद।

यस पुण्य कार्यमा उपस्थित भई प्रार्थना गर्नुहुने, दीप प्रज्वलन गर्नुहुने, आर्थिक सहयोग प्रदान गर्नुहुने तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्य, धर्मप्रेमी महानुभाव तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। 🙏

नेपाल बुद्धिष्ट तामाङ सुधार समिति परिवार 🙏☸️

02/09/2026

🔴 LIVE | विशेष मोलम प्रार्थना, दीप प्रज्वलन तथा पुण्य समर्पण कार्यक्रम 🙏🪔☸️

बाढी–पहिरो तथा प्राकृतिक विपत्तिमा दिवंगत हुनुभएका सम्पूर्ण प्राणीहरूको सुगति तथा प्रभावितहरूको सुख–शान्ति र कल्याणको कामना गर्दै। 🙏

📍 नेपाल बुद्धिष्ट तामाङ सुधार समिति

विशेष मोलम प्रार्थना, दीप प्रज्वलन तथा पुण्य समर्पण कार्यक्रम हालै नेपालमा आएको बाढी–पहिरो तथा प्राकृतिक विपत्तिमा परी द...
31/08/2026

विशेष मोलम प्रार्थना, दीप प्रज्वलन तथा पुण्य समर्पण कार्यक्रम

हालै नेपालमा आएको बाढी–पहिरो तथा प्राकृतिक विपत्तिमा परी दिवंगत हुनुभएका सम्पूर्ण प्राणीहरूको सुगति प्राप्ति तथा उत्तम पुनर्जन्मको कामना गर्दै, साथै विपत्तिबाट प्रभावित सम्पूर्ण प्राणीहरूको दुःख–कष्ट निवारण, सुख–शान्ति, कल्याण तथा सर्वसत्त्वको हितका लागि विशेष मोलम प्रार्थना तथा पुण्य समर्पण कार्यक्रम आयोजना गरिएको छ।

मिति: २०८३/०५/१७ गते, बुधबार
समय: बिहान १०:०० बजे
स्थान: नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको प्राङ्गण
आयोजक: नेपाल बुद्धिष्ट तामाङ सुधार समिति

यस पुण्य कर्मबाट प्राप्त सम्पूर्ण पुण्य समस्त सत्त्व प्राणीहरूको हित, सुख र कल्याणमा समर्पित होस्।

सम्पूर्ण धर्मप्रेमी महानुभावहरूमा सादर उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

बैठकक‍ो निर्णय तथा राहत सहयोग अपिलमिति: २०८३/०५/१३नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको बैठकबाट हालै नेपालमा परेको अविरल व...
29/08/2026

बैठकक‍ो निर्णय तथा राहत सहयोग अपिल

मिति: २०८३/०५/१३

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको बैठकबाट हालै नेपालमा परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोलगायतका प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूप्रति गहिरो दुःख तथा सहानुभूति व्यक्त गर्दै, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको कोषबाट रु. ५०,०००/- (अक्षरेपी पचास हजार रुपैयाँ मात्र) सहयोग गर्ने निर्णय गरिएको छ।

साथै, संस्थाका संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्य तथा शुभेच्छुक महानुभावहरूबाट समेत स्वेच्छिक रूपमा थप सहयोग रकम संकलन गर्ने निर्णय गरिएको छ।

यस मानवीय सहयोग अभियानमा यहाँहरूले आफ्नो स्वेच्छा र क्षमताअनुसार सक्दो रकम सहयोग गर्न सक्नुहुनेछ। सहयोग रकम तल उल्लेखित QR Code मार्फत वा हाम्रो संस्थाको बैंक खातामा सिधै जम्मा (Deposit) गरी सहयोग गर्न सकिनेछ।

यहाँहरूको सानो–ठूलो हरेक सहयोगले विपत्तिबाट प्रभावित परिवारहरूलाई राहत पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।

२०८३/०५/२२ गते सम्म संकलित सहयोग रकमको अद्यावधिक विवरण

१. नेपाल बुद्धिष्ट तामाङ सुधार समिति — रु. ५०,०००/-
२. गिता/शिवदास तारी (India) — रु. ४०,०००/-
३. मुइजा तामाङ — रु. २१,०५५/-
४. कान्छीमाया तामाङ (लेम्बा) — रु. २०,१००/-
५. गिरि ब. तामाङ (स्विडेन) — रु. १५,०१५/-
६. सुनिल (दुवार) — रु. ११,१११/-
७. कुमार तामाङ (अस्ट्रेलिया) — रु. १०,५००/-
८. राम तामाङ (बहराइन) — रु. १०,११०/-
९. हरि/लक्ष्मी तामाङ — रु. १०,०००/-
१०. माया तामाङ ब्लोन, चुच्चेपाटी — रु. ८,०००/-
११. दुर्गा मण्डल (India) — रु. ८,०००/-
१२. बिरु स्याङ्बो (अत्तरखेल) — रु. ७,००५/-
१३. ग्याल्बोन तामाङ — रु. ७,०००/-
१४. चन्द्रमान तामाङ — रु. ६,१००/-
१५. दीपक तामाङ — रु. ५,५५५/-
१६. आङमाया तामाङ — रु. ५,५५५/-
१७. उमेश राय — रु. ५,५५५/-
१८. खेन्पो पासाङ ग्याल्छेन — रु. ५,५००/-
१९. राजेन्द्र वाइबा तामाङ — रु. ५,५००/-
२०. जित बहादुर तामाङ सिरलाल — रु. ५,५००/-
२१. नरेश तामाङ — रु. ५,१५५/-
२२. विक्रम तामाङ (स्व. माइली तामाङ) (India) — रु. ५,१२०/-
२३. उइमान तामाङ (मुइलामा) — रु. ५,१०५/-
२४. सन्जय तामाङ — रु. ५,१०५/-
२५. तेर बहादुर तामाङ — रु. ५,१००/-
२६. लक्ष्मी तामाङ (साइप्रस) — रु. ५,१००/-
२७. दावा सङ्बु मोक्तान — रु. ५,१००/-
२८. सोम बहादुर तामाङ — रु. ५,१००/-
२९. सेनदोर्जे तामाङ — रु. ५,०१०/-
३०. सुन बहादुर तामाङ थिङ — रु. ५,०१०/-
३१. लालजित ब्लोन — रु. ५,००५/-
३२. सिरसानी तामाङ (स्व. कैलाश) — रु. ५,००५/-
३३. दावा तामाङ — रु. ५,००५/-
३४. नाम नखुलाउने सर्तमा, भैरहवाबाट — रु. ५,००१/-
३५. दोर्जे कपी उद्योग — रु. ५,०००/-
३६. सुन ब. तामाङ — रु. ५,०००/-
३७. पूर्ण ब. तामाङ — रु. ५,०००/-
३८. रुप तामाङ — रु. ५,०००/-
३९. आइती तामाङ — रु. ५,०००/-
४०. बिष्णु तामाङ — रु. ५,०००/-
४१. लाबोन तामाङ — रु. ५,०००/-
४२. सिमला तामाङ — रु. ५,०००/-
४३. शान्ति माया तामाङ (पोल्यन्ड) — रु. ५,०००/-
४४. रसिक थापा — रु. ५,०००/-
४५. ल्हमु तामाङ — रु. ५,०००/-
४६. तेम्बा तामाङ — रु. ५,०००/-
४७. जित बहादुर ब्लोन जुहारे — रु. ५,०००/-
४८. स्याम तामाङ गोक्थे साइला — रु. ५,०००/-
४९. ज्ञान कुमार लामा आरुबारी — रु. ५,०००/-
५०. सुनिता तामाङ/निखिल (India) — रु. ५,०००/-
५१. बिना तामाङ (माकलबारी) — रु. ५,०००/-
५२. बिर बहादुर तामाङ (सुन्दरीजल) — रु. ५,०००/-
५३. कान्छी तामाङ (खाइबा मम) — रु. ४,०५०/-
५४. खोङ् रेङ कान्छी — रु. ४,०००/-
५५. चन्दा तामाङ — रु. ३,५००/-
५६. बोज ब. ब्लोन — रु. ३,१००/-
५७. जोगमाया पाख्रिन — रु. ३,०५५/-
५८. ललितमान तामाङ — रु. ३,००१/-
५९. धर्मराज खड्का — रु. ३,०००/-
६०. मानबहादुर तामाङ — रु. ३,०००/-
६१. प्रबिन ब्लोन — रु. ३,०००/-
६२. निमा शेर्पा — रु. ३,०००/-
६३. निमा कुमार तामाङ — रु. ३,०००/-
६४. बुद्धसिङ तामाङ (सिलिगुडी) — रु. ३,०००/-
६५. इन्दु स्याङ्बो — रु. २,५०५/-
६६. कान्छी तामाङ — रु. २,५००/-
६७. मुइजित ब्लोन — रु. २,५००/-
६८. धनबहादुर (जुल्फी) — रु. २,५००/-
६९. सेरे माइला तामाङ — रु. २,५००/-
७०. सुकुराम ब्लोन — रु. २,५००/-
७१. शोभा गुप्ता (India) — रु. २,४००/-
७२. निकिता/संजय मुलागाड (India) — रु. २,४००/-
७३. कर्म तामाङ — रु. २,०२०/-
७४. प्रताप घ्लान — रु. २,०१०/-
७५. राजु तामाङ वाइबा (पुर्ण) — रु. २,०१०/-
७६. फुलमाया तामाङ — रु. २,०१०/-
७७. पञ्चकुमार तामाङ — रु. २,०००/-
७८. प्रदिप गैरे — रु. २,०००/-
७९. जय बहादुर तामाङ — रु. २,०००/-
८०. टीका बहादुर वाइबा — रु. २,०००/-
८१. बुद्दिमान तामाङ — रु. २,०००/-
८२. धनबहादुर घ्लान — रु. २,०००/-
८३. भुलु तामाङ — रु. २,०००/-
८४. सानू कान्छा गोले — रु. २,०००/-
८५. कुमार थिङ — रु. २,०००/-
८६. लक्ष्मण/ज्ञानु तामाङ — रु. २,०००/-
८७. बिन्दा/जिवन सुनार (India) — रु. १,७६०/-
८८. अनिल कुमार त्रिपाठी — रु. १,६००/-
८९. निमा लामा (India) — रु. १,६००/-
९०. सङिता मोक्तान — रु. १,५००/-
९१. फुर्बा थिङ — रु. १,५००/-
९२. हिरामाया पाखृन — रु. १,५००/-
९३. सुनराम पाखृन — रु. १,५००/-
९४. राम बहादुर तामाङ — रु. १,५००/-
९५. रिसिङ तामाङ — रु. १,५००/-
९६. कान्छा राम स्याङ्तान — रु. १,५००/-
९७. माझि तामाङ — रु. १,५००/-
९८. सेतो घ्लान — रु. १,५००/-
९९. बिपिन लामा — रु. १,१११/-
१००. सोम बहादुर थिङ सानू — रु. १,१००/-
१०१. सोम बहादुर घ्लान — रु. १,१००/-
१०२. सुर्य तामाङ — रु. १,१००/-
१०३. कुबेर लामा लो — रु. १,०५५/-
१०४. जित बहदुर तामाङ — रु. १,०५०/-
१०५. पुर्न भ्लुन — रु. १,०२०/-
१०६. छे दोर्जे वाइबा — रु. १,०२०/-
१०७. सिरमेह्न्दो तामाङ — रु. १,०२०/-
१०८. पुर्न वाइबा — रु. १,०१०/-
१०९. सेरबहादुर ब्लोन — रु. १,०१०/-
११०. सोमार घ्लन — रु. १,००५/-
१११. कान्छा तामाङ स्याङ्तान — रु. १,००५/-
११२. प्रविण तामाङ — रु. १,०००/-
११३. कान्छी तामाङ — रु. १,०००/-
११४. राम बहादुर घ्लान — रु. १,०००/-
११५. मुक्पा लो — रु. १,०००/-
११६. लक्षुमान तामाङ — रु. १,०००/-
११७. नेमा तामाङ — रु. १,०००/-
११८. जय बहादुर तामाङ — रु. १,०००/-
११९. इमान् सिङ तामाङ — रु. १,०००/-
१२०. स्वर्गीय हरि तामाङ — रु. १,०००/-
१२१. मर्प्योन ब्लोन दारिवाल साझी — रु. १,०००/-
१२२. इरमान तामाङ — रु. १,०००/-
१२३. बुद्दिमान तामाङ — रु. १,०००/-
१२४. प्रेम तामाङ — रु. १,०००/-
१२५. दोर्जे घ्लान तोङ्जे — रु. १,०००/-
१२६. फुर्ब साइला तामाङ — रु. १,०००/-
१२७. सुनिता ब्लोन — रु. १,०००/-
१२८. गङ्गा तामाङ — रु. १,०००/-
१२९. देवान ब्लोन — रु. १,०००/-
१३०. रिमा तामाङ — रु. १,०००/-
१३१. मनोज तामाङ (लाल्सिङ) — रु. १,०००/-
१३२. राम बहादुर थिङ तामाङ — रु. १,०००/-
१३३. कान्छी मुइया फुलु (पुर्ण) — रु. १,०००/-
१३४. बिर् ब. स्यङ्तान — रु. १,०००/-
१३५. निर्मला बिष्ट (India) — रु. ८००/-
१३६. दिपु/एलिसा तामाङ — रु. ५०५/-
१३७. कुमार तामाङ — रु. ५००/-
१३८. गोरि तामाङ — रु. ५००/-
१३९. वीर बहादुर तामाङ लाहुरे — रु. ५००/-
१४०. साइला घ्लान — रु. ५००/-
१४१. ठूलो कान्छा — रु. ५००/-
१४२. इरमान लो — रु. ५००/-
१४३. प्रताप तामाङ — रु. ५००/-

कुल संकलित सहयोग रकम

रु. ५,६४,५१४/-

अक्षरेपी: पाँच लाख चौसट्ठी हजार पाँच सय चौध रुपैयाँ मात्र।

गोकर्णेश्वर नगरपालिकाको राहत कोषमा हस्तान्तरण गरिएको रकम

रु. २,५०,०००/-

अक्षरेपी: दुई लाख पचास हजार रुपैयाँ मात्र।

बाँकी राहत सहयोग रकम

रु. ३,१४,५१४/-

अक्षरेपी: तीन लाख चौध हजार पाँच सय चौध रुपैयाँ मात्र।

यस मानवीय कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति नेपाल बुद्धिष्ट तामाङ सुधार समिति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

सम्पर्कका लागि

अध्यक्ष: दीपक तामाङ — ९८४१२०३२९१
महासचिव: चन्द्रमान तामाङ — ९८२८११८५८५
कोषाध्यक्ष: आङमाया तामाङ — ९८४१६५३१५८

नेपाल बुद्धिष्ट तामाङ सुधार समिति
गोकर्णेश्वर–४, माकलबारी

🙏 हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना 🙏हालै विभिन्न स्थानहरूमा घटित प्राकृतिक तथा मानवीय विपत्तिमा परी अमूल्य जीवन गु...
28/08/2026

🙏 हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना 🙏

हालै विभिन्न स्थानहरूमा घटित प्राकृतिक तथा मानवीय विपत्तिमा परी अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण महानुभावहरूप्रति नेपाल बुद्धिष्ट तामाङ सुधार समिति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दै विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति प्रकट गर्दछौँ।

दुःखको घडीमा एकता, सहयोग र मानवता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। 🙏

Address

Gokarneswor Municipality, Ward-04, Makalbari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Buddhist Tamang Development Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category