11/05/2012
आउनुहोश ६० बर्ष नाघेका बुढाखाडा लाई राजनीतिबाट बहिस्कार गरौ ।
ईतिहास साक्षी छ नेपालमा जुनसुकै क्रान्ति सफल पार्न युवा को योगदान नै सर्बोपरी छ । उनिहरुले आफ्नो भबिस्य थाती राखेर देश र जनताको लागि रगत बगाएका छन , ज्यान आहुती दिएका छन तर अफसोच त्यस्ता युवा हरुको टाउकोमा टेकेर शासन गर्ने सबै जो सारिरिक तथा मानसिक रुपमा असक्त ब्रिद्ध हरुको जमात छ । जो आँफैमा कसैको साहारा खोज्दछ भने उसले जनता र राष्ट्र को बारेमा के सोच्न सक्छ ? एकातिर राष्ट्र को ठुलो लगानी भएको र लामो अनुभब भएका राष्ट्रसेवक हरुलाई ५८। ६० उमेरको कारणले हटाइन्छ अर्कोतिर मृत्यु सैया मा हुदापनि सत्ता लिप्सामा लिप्त भएर राजनैतीक नेत्रित्वमा टासिरहने यो कस्तो ब्यवस्था हो ? राजनीति गरेको जोगी बन्न हैन भन्ने सोच भएका ब्यक्ती हरुको नेत्रित्वले देश र जनताले के आशा गर्ने ? हो कुनै जमानामा उनिहरुको गरेको योग्दान लाई पनि बिर्सन हुन्न . देश लाई यो स्थिति सम्म ल्याउन धेरथोर त्याग गरेकै हुन तर त्यो त्याग लाई अहिले आएर पैसा र पदको लागि हतियार बनाए । यिनिहरुले अहिले आएर जुन त्याग गर्नु पर्थ्यो तो गर्न सकेनन र अब सक्दैनन पनि । न यिनिहरुले संबिधान बनाउछन , न गणतन्त्र लाई संस्थागत गरेर देशलाई शान्त र सम्ब्रिध् बनाउछन । बुढो गोरुले गाई ओगटे जस्तो गरेर देश लाई अनिर्णयको बन्दी बनाउन पाईन्छ ? नेपाल र नेपाली जनता तिनिहरुको बिर्ता हो ? यि २।४ जाना बुढा ले निर्णय गरेर संबिधान बनाउने अथवा सबै निर्णय गर्ने हो भने अर्बौको बजेट रित्याएर ६०१ सभासद पाल्नुको औचित्य के ?
अबको नेपाल युवाको , तसर्थ सम्पुर्ण पार्टी या दलमा युवाहरुले आफ्नो हक र अधिकारको लागि ससक्त संघर्स गरौ । जुन पार्टी या दलले युवालाई सम्पूर्ण रुपमा अगाडि सार्छ त्यस्तो पार्टी या दललाई सहयोग गरौ । ६० बर्ष नाघेका सम्पूर्ण बुढा झ्याउरे नेता हरुलाई राजनैतीक अवकास दिनको लागि राजनैतीक पद र कार्यक्रममा बहिस्कार गरौ । देश र जनता लाई शही निकास दिन अब युवाको अर्को योग्दान जरुरी छ , जसको लागि युवा जाग्नु पर्यो र देशको बाग्डोर युवा हातमा हातमा लिउ । जाग युवा युवा जाग । जय युवा जय देश ।