CPN UML

CPN UML The Nepalease Communist Party is the core of
leadership of the whole Nepalease people. Without
this core, the cause of socialism cannot be
victorious.

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको एउटा कम्युनिष्ट पार्टी हो।
२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र
एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज
नेकपा (एमाले) लगाएत अन्य विभिन्न
ससानादलहरूका रूपमा अस्तित्वमा रहेका छन्।
यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ। सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद
तथा साम्राज्यवादका शोषण उत्प

ीडनबाट
नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय
जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध
नेपाल स्थापना गर्ने यसको उद्देश्य छ। निरङ्कुश
राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट
पार्टीको स्थापना भएको थियो। राणाशाही विरोधी आन्दोलनलाई
सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद
विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय
स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक
महासचिव कमरेड पुष्पलाल हुनुहुन्थ्यो भने अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन
गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो। स्थापनाकालदेखि नै
राणाशाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट
पार्टीले ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस् चाहे निरङ्कुश
राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक र
बलिदानी सङ्घर्ष गर्दै आएको छ। नेपाल कम्युनिष्ट पार्टीको सहभागिता र नेतृत्वबिना नेपालको लोकतान्त्रिक आन्दोलन यस
उचाइसम्म आउनु सम्भव थिएन। २०४६ साल र
२०६२÷६३को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीले
महत्वपूर्ण भूमिका खेलेको थियो। नेकपा एमालेले जनताको जीविकासँग
जोडिएका मुद्दाहरूमा र राष्ट्रिय
स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेशा आन्दोलनलाई अगाडि बढाउँदै आएको छ। लैङ्गिक
विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्याहरूलाई
समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गर्ने र
श्रमजीवीहरूका हक हितको संरक्षण गर्ने सबालमा पनि पार्टीले जिम्मेवार
भूमिका खेल्दै आएको छ। एघार वर्ष लामो हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण
समाधानमा पार्टीले खेलेको ऐतिहासिक भूमिका नेपाली जनताको मानसपटमा ताजै छ। आज
पनि शान्ति प्रक्रियालाई पूर्णता दिने, दिगो शान्ति कायम गर्ने र
सङ्क्रमणकालको सफल व्यवस्थापन गर्ने कुरामा नेकपा एमाले
अथकरूपमा प्रयत्नशील छ। संसदीय क्षेत्रमा पार्टीले उल्लेख्य
भूमिका खेलेको छ।
विश्वव्यापी रूपमै समाजवादी आन्दोलनले गंभीर धक्का खाएको प्रतिकूल परिस्थितिमा समेत नेकपा (एमाले)ले २०४८
सालमा तत्कालीन प्रतिनिधिसभाका एक तिहाइ सिटमा विजय हासिल
गरेर आफ्नो लोकप्रियता पुष्टि गरेको थियो। तत्कालीन
प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लाई समेत पराजित गर्दै
राजधानीका दुई स्थानबाट विजय हासिल गर्ने कमरेड मदन
भण्डारीप्रति लक्षित गर्दै न्युजविकले लेखेको थियो– नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन्।
२०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै
पार्टीले पहिलो कम्युनिष्ट सरकार सञ्चालन ग¥यो। मनमोहन
अधिकारी प्रधानमन्त्री रहनुभएको उक्त सरकारलाई आजसम्मकै
सर्वाधिक लोकप्रिय सरकार र कमरेड मनमोहनलाई सर्वाधिक
सम्मानित प्रधानमन्त्रीको रूपमा नेपाली समाजले आज पनि स्मरण गर्छ। त्यसबाहेक, २०६६ जेठदेखि २०६७ माघसम्म पार्टीका वरिष्ठ
नेता कमरेड माधवकुमार नेपाल र २०६७ माघदेखि २०६८ भदौसम्म
पार्टी अध्यक्ष कमरेड झलनाथ खनालले प्रधानमन्त्रीको रूपमा संयुक्त
सरकारको नेतृत्व गर्नुभएको छ। नेकपा एमालेको मार्गदर्शक सिद्धान्त
जनताको बहुदलीय जनवाद हो।
जननेता कमरेड मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट
परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित
नेपाली क्रान्तिको सिद्धान्त हो, यो नेपाली क्रान्तिको मौलिक
कार्यक्रम पनि हो। कम्युनिष्ट
आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम
मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै
सही साबित हुँदै आएको छ र आज पनि हाम्रा समग्र कामहरूमा यसले
मार्गदर्शन गरिरहेको छ।

18/10/2013

आकाशमा हेर घाम छ !

चुनाव चिन्हको सुरुमै नाम छ !

आँखा बन्द गरेर चिपिक्क भोट हाल !

अरुलाइ बाईबाई सूर्यलाइ मात्रै ठाम छ !!

08/10/2013

☀☀हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट आगामी संविधानसभा निर्वाचनमा मनोनित हरेक (प्रत्यक्छ्य एवं समानुपातिक) उमेदवारमा हार्दिक वधाई एवं शुभकामना ।

#अपिल
साथसाथै सम्पूर्ण मतदाता, समर्थक, शुभचिन्तक एवम् आम जनसमुदायबाट
सहयोग र सल्लाहको लागि नेकपा एमाले हार्दिक निवेदन गर्दछ ।
साथै सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आउँदै गरेको दशैं,
तिहार,छठलगायतका चाडपर्वको अवसरमा उन्नति, प्रगति र
समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
#नेकपा_एमाले_परिवार

हाम्रो संगठन अनेरास्ववियु को राष्ट्रिय महाधिबेशन को एकफोटो पनि नछापेर समाचार पनि दिन कन्जुस्याइ गर्ने यो कान्तिपुर लाईने...
21/09/2013

हाम्रो संगठन अनेरास्ववियु को राष्ट्रिय महाधिबेशन को एक
फोटो पनि नछापेर समाचार पनि दिन कन्जुस्याइ गर्ने यो कान्तिपुर लाई
नेपाली काङ्रेशको मुखपत्र भन्दा हुने भो अब त ।

Copied; UML Achham

"दिगो शान्ति र संघिय लोकतान्त्रिक गणतन्त्रको सँस्थागत विकाशका लागि नयाँ संबिधान ॥गुणस्तरिय र प्राबिधिक शिक्षामा सहज पहँु...
19/09/2013

"दिगो शान्ति र संघिय लोकतान्त्रिक गणतन्त्रको सँस्थागत विकाशका लागि नयाँ संबिधान ॥
गुणस्तरिय र प्राबिधिक शिक्षामा सहज पहँुचका लागि २१औँ राष्ट्रिय महाधिवेशन ॥"

शुभकामना सम्पूर्ण विध्यार्थी कमरेडहरूलाई ।

जुट्दैछ एमाले ☀उठ्दैछ एमाले ☀देशभर अब उर्लिँदैछ एमाले ☀
17/09/2013

जुट्दैछ एमाले ☀
उठ्दैछ एमाले ☀
देशभर अब उर्लिँदैछ एमाले ☀

"मंसीर ४ मा ‘नेकपा(एमाले)लाई खोजौ, सूर्य चिन्हलाई रोजौ’ ।
12/09/2013

"मंसीर ४ मा ‘नेकपा(एमाले)लाई खोजौ, सूर्य चिन्हलाई रोजौ’ ।

10/09/2013

Copied....
एमाओबादीले चुनाबी नाराहरु तय गरेछ नि, थाहा पाउनु भो ??
--------------------------------------------------------------
१. गरीबी र अशिक्षाको खेती गरौ, क्रान्तिकारि कार्यकर्ता उत्पादन
गरौ !
२. सत्रौ सताब्दी तीर फर्कौ, अग्रगमनको यात्रा गरौ । ३. माओबादीको मूल मन्त्र, धम्की, बन्द र छाडा तन्त्र ।
४. सिध्दान्तको खोल ओढौ, भए भरका संरचना सबै तोडौं ।
५. आफ्ना छोरा छोरी बिदेशमा पढाऔ,
जनताका छोराछोरी आपसमा लडाऔ ।
६. करोडको काम अरबको कमिसन, पैसा कमाउ मोज गर एउटै मात्र
मिसन । ७. गाउको झुपडी पार्टीलाई दान, शहरमा महल आलिशान ।
८. हिसीला मातालाई गड्यौला चढाउ, पार्टी भित्र हैसियत बढाउ ।
९. शहरलाई गाउ बनाऊ, गाउलाई शहर, निरन्तरतामा क्रमभंगता,
बुढो गोरूलाई बनाऊ बहर ।
१०.बाहिर बाहिर सुरूङ युद्ध, भित्र भित्र तेल मालिस ।
११.माओबादीलाई मतदान, आफ्नै खुट्टामा बन्चराले हान् । १२.जात जातलाई राज्य बाडौ, वन जोगाउन जंगल फाडौ ।
१३.दूईचार बर्षमा स्वीकारौला गल्ती, मौका पाएको बेला भरिहालौ खल्ती ।
१४.अध्यक्ष लाई हेलिकप्टर, कार्यकर्तालाई पल्सर, बाबुरामको कुबुद्दीले
देशलाई लागो अल्सर ।
१५.महलमा काम , रिसोर्टमा आराम, चपाउने बैध्य, देखाउने बाबु…

10/09/2013

एमालेमा उम्मेद्वार तोक्ने समय आज सकिँदै

२५ भदौ, काठमाण्डौं । नेकपा एमालेले
संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट
उम्मेदवारहरूको सिफारिस गर्न तोकेको समय आज सकिदै छ । एमालेले
आज सम्म संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट
उम्मेदवारहरूको सिफारिस र राय आगामी भदौ २० गतेभित्र पठाइसक्न मातहतको पार्टी पङ्क्तिलाई आग्रह गरेको थियो । आज
भित्रमा उम्मेदवारहरूको नाम आइसक्ने र बुधबार बस्ने
स्थायी समितिको बैठकमा त्यस बिषयमा छलफल हुने एमालेले जनाएको छ ।
भदौ मसान्तभित्र उम्मेदवारहरूको प्रस्ताव तयार गरी केन्द्रीय
कमिटीसमक्ष प्रस्तुत गर्ने एमालेको तयारी छ । अहिले सम्म ६०
भन्दा बढि जिल्लाहरुबाट उम्मेदवारहरूको नाम आइसकेको एमालेले जनाएको छ । आज बाँकी स्थानहरुबाट पनि नाम आउने सचिब युबराज
ज्ञवालीले जानकारी दिनुभयो । विशेषज्ञ, दलित, महिला, जनजाति र
तराई-मधेस क्षेत्रको प्रतिनिधित्वका निम्ति अत्यावश्यक महसुस
भएको अवस्थामा बाहेक विगतको निर्वाचनमा समानुपातिक सूचीबाट
संविधानसभाको सदस्य भएका व्यक्तिहरूलाई समानुपातिकतर्फको उम्मेदवार नबनाउने एमालेले निर्णय गरीसकेको छ ।

09/09/2013

यदि राजनितिमा भाग लिनु हुन्न भने त्यसको परिणाम आफू भन्दा घटियाले तपाईं माथि राज गर्नेछन् ।
( If you choose not to participate in politics you end up being governed by individuals who lie )
☀ ☀ ☀

Just Trying      मेरो प्रयास                 - सृष्टि अर्यालहो, म हराएको थिएँ ।म केही खोज्दै थिएँ, भेटाउन मुस्किल थियो ।...
09/09/2013

Just Trying
मेरो प्रयास
- सृष्टि अर्याल
हो, म हराएको थिएँ ।
म केही खोज्दै थिएँ, भेटाउन मुस्किल थियो ।
तर,
अचानक म एक ठाँउमा आईपुगेको छु
जुन खुल्ला र उज्यालो लाग्छ मलाई ।

एक अदभूत सूर्य खुशी खर्दैछ यहाँ
खुल्ला आकाश बादल वारपार
देखाउँछ मलाई आँशुरहित बिदाईको निष्कर्ष
जुन म खोजीरहेथेँ ।

यि हात एक्ला छन् मेरा
त्यसैले भात्ृ भाव खोज्दैछु सम्हाल्ने ।
हो खोज लामो हुनसक्छ
तर पाउने स्वतन्त्रता सत्य र सहासि हुनेछ ।

िवश्वास छ म अवश्य त्यो स्वच्छ धारा पिउनेछु
अनि लाखौँ परेवा प्वाँख् छर्नेछन्
जहाँ जगतले उज्यालो किरण छर्नेछ
हो यहि उदेश्यले स्वतन्त्रता ल्याउनेछ ।
अवश्यनै लाखौँ बिरूवा पालुवा फेर्नेछन् ।

मैले देखेको छु, हो मैले देखेकोछु
र म अन्धो हुने पनि छैन ।
स्वर्ग खोजिरहनेछु, कहाँ छ ??
जहाँ दुष्टकृत्य लछारेर फ्यालिन्छ,
हो, जहाँ सूर्य उदाउँछ....
अनि अँध्यारोको विलय ।

एमालेको निति एमालेकै नेत्रित्व...!
09/09/2013

एमालेको निति एमालेकै नेत्रित्व...!

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when CPN UML posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CPN UML:

Share