संगठनको नामः
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)
वा
अखिल (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) (छोटकरीमा )
हाल संगठनको
अध्यक्ष ---------- सुरेश गौतम
http://www.facebook.com/mrsureshgautam
महासचिव -------रत्न ढकाल
सचिबहरुमा
बिरेन्द्र बस्नेत
उ
त्तम अधिकारी
खुशिराम चौधरी
सेवन्तराज भण्डारी
सुशिला चौधरी
कोषाध्यक्ष
हाम्रो गौरब पूर्ण बिगत
सन् १९४७ मा भारतीय स्वतन्त्रता संग्रँमपछि ब्रिटिश औपनिबेशबाट भारत स्वतन्त्र ।
सन् १९४९ मा चीनमा क. माओत्सेतुङ्गको नेतृत्मा नयाँ जनवादी क्रान्ति सम्पन्न ।
विश्वव्यापी रुपमा जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनको लहर ।
वि.सं. १९९७ मा युवा विद्यार्थी गंगालाल श्रेष्ठलगायत चारजना होनाहार योद्धाहरुको बलिदान ।
बि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना ।
बि.सं. २००६ सालमा अखिल नेपाल विद्यार्थी फेडरेशनको स्थापना ।
बि.सं. २००७ सालमा १०४ बर्षे जहानीय राणा शासनको अन्त्य ।
बि.सं. धोकापूर्ण त्रिपक्षीय 'दिल्ली सम्झौता' बिरुद्धको आन्दोलनमा बि.सं. २००८ साल कार्तिक २० गते विद्यार्थी चीनियाँ काजी श्रेष्ठको हत्या ।
बि.सं.२००८ सालपछि नेपाली कम्युनिष्ट आन्दोलनमा राजावादी र पुच्छरवादी धार हावी ।
बि.सं. २०१७ साल पौष १ गतेको तत्कालीन राजा महेन्द्र शाहबाट गरिएको सैनिक 'कु' ।
बि.सं. २०२०/२१ को विद्यार्थी आन्दोलन र त्यसको पृष्ठ भूमिमा २०२२ सालमा अनेरास्ववियूको स्थापना ।
बि.सं. २०२८ सालको झापा आन्दोलन, स्पीड क्रान्तिकारी चिन्तन जडसूत्रवादी ।
बि.सं. २०३५/३६ सालमा ऐतिहासिक विद्यार्थी आन्दोलन, तत्कालीन पञ्चायती निरंकुश सरकार जनमत संग्रहमा जान बाध्य ।
बि.सं. २०४६ सालको ऐतिहासि जनआन्दोलन, धोकापूर्ण सम्झौता, जनभावनामा कुठाराघात, राजतन्त्रात्मक संसदीय व्यवस्थाको शुरुवात ।
क्रान्ति र प्रतिक्रान्ति, जनवाद र संसद्वाद, अग्रगमन र पश्चगमनका बीचमा तीब्र रुपमा धु्रबिकरण ।
देशव्यापी राजनीतिक धु्रबिकरणस“गै युवा विद्यार्थी आन्दोलनमा पनि धु्रबिकरणको प्रक्रिया तीब्र,
बि.सं. २०५० को हेटौंडा भेलादेखि संगठनको नाम अनेरास्ववियू (क्रान्तिकारी) ।
बि.सं. २०५२ फागुन १ गतेदेखि ने.क.पा. (माओवादी)को नेतृत्वमा महान् जनयुद्धको थालनी ।
हाम्रो पथपर्दर्शक विचारः
मार्क्सवाद-लेनिनवाद-माओवाद
हाम्रो उद्देश्यः
जनताको जनवादी राज्यसत्ता स्थापना गर्नु, जनवादी शिक्षा प्रणाली स्थापना गर्नु ।
हाम्रो संगठनात्मक संरचनाः
पिरामिड आकारको (तल फुकेको र माथितिर साँघुरिदै गएको), मुख्य गरीइकाई, जिल्ला, राज्य र केन्द्र गरी चार तह ।
संगठनात्मक सिद्धान्तः
जनवादी केन्द्रीयता (जनवादको जगमा उभिएको केन्द्रीयता र केन्द्रीयताको
मातहतमा रहेको जनवाद) ।
हाम्रो जननीतिः
१) जनता माटो हुन् र हामी बिऊ हौं, हामी जहाँ जान्छौँ त्यही उम्रिन्छौं र झांगिन्छौं ।
२) इतिहासका निर्माता जनता हुन् केवल जनता मात्रै हुन् ।
३) जनताबाट सिकौं र जनतालाई सिकाऔं ।
हाम्रो संघर्षः
१) वर्ग संघर्षः सामन्तवाद, विस्तारवाद, साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादका विरुद्ध संघर्षका सबै रुपहरुलाई स्वीकार गर्नु ।
२) दुइ लाइन संघर्षः समाजको प्रतिविम्बको रुपमा संगठन र आन्दोलनमा देखा पर्ने वाम, मध्य र दक्षिण प्रवृतिका बिरुद्ध निरन्तर र अविचल संघर्ष गर्नु ।
दुइ लाइन संघर्षमा हाम्रो नीतिः
१) मार्क्सवाद लागु गर, संशोधनवाद होइन ।
२) खुल्ला र स्पष्ट हौ, छलछाम र षड्यन्त्र नगर ।
३) एक जुट होऊ, नफुट ।
हाम्रो राजनैतिक नेतृत्वः ने.क.पा.(माओवादी)
अन्य ज.ब.स.सँग हाम्रो सम्बन्धः
पेशागत र वर्गीय मुद्दा र आन्दोलनहरुमा पारस्परिक सहयोग र सहकार्य ।
अन्य विद्यार्थी संगठनहरुसँग हाम्रो सम्बन्धः
एकता र संघर्षको नीतिमा आधारित, राष्ट्रियता, जनतन्त्र र जनजीविका (तीन जननीति)को पक्षमा एकता र यसको विपरीत हुन- राजनीति र विचारको बिरुद्ध संघर्ष ।
विदेशका भाइचारा विद्यार्थीहरुसँग हाम्रो सम्बन्धः
श्रमजीवी वर्गको अन्तराष्ट्रिय एकता र साम्राज्यवाद बिरोधी अभियानमा सहकार्य र सहयोग, विचारधारात्मक र आन्दोलनको अनुभवको आदानप्रदान ।
हाम्रो दर्शनः द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद ।