Ministry of Agriculture, Forests and Environment Nepal -Moafe

Ministry of Agriculture, Forests and Environment Nepal -Moafe Official page of Ministry of Agriculture, Forests and Environment - Nepal
कृषि, वन तथा पर्यावरण मन्त्रालय - नेपाल

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले चालु आर्थिक वर्षमा गर...
20/08/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीज्यूले प्रधानमन्त्री शाहज्यूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो।

सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।

आज माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूको समुपस्थितिमा मन्त्रालयका अधिकारी र एसियाली विकास बैंक (ADB) का ...
20/08/2026

आज माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूको समुपस्थितिमा मन्त्रालयका अधिकारी र एसियाली विकास बैंक (ADB) का प्रतिनिधीहरु बीच दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रण सम्बन्धी विषयमा महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ।
१. दिगो वन व्यवस्थापन:
• नेपालको वनलाई संरक्षणमुखी मात्र नभई दिगो र आर्थिक रूपमा उत्पादनशील व्यवस्थापनतर्फ रूपान्तरण गर्ने।
• स्वदेशी काठ उत्पादन वृद्धि गरी आयात घटाउने र रोजगारीका अवसरहरू सिर्जना गर्ने।
• दिगो वन व्यवस्थापनका लागि 'रिभोल्भिङ फन्ड' (Revolving Fund) स्थापना गर्ने तथा निजी क्षेत्र र सार्वजनिक-निजी-समुदाय साझेदारी (PPCP) लाई प्रवर्द्धन गर्ने।
• वन व्यवस्थापन, काठ संकलन र अनुगमनमा ड्रोन, कृत्रिम बौद्धिकता (AI), र डिजिटल ट्र्याकिङ जस्ता आधुनिक प्रविधिको प्रयोग बढाउने।
२. वन डढेलो व्यवस्थापन:
• कृत्रिम बौद्धिकता (AI) र स्याटेलाइट प्रविधिमा आधारित एकीकृत राष्ट्रिय डढेलो पूर्वसूचना प्रणाली (Early Warning System) तथा जोखिम नक्सांकनको विकास गर्ने।
• डढेलो लागिसकेपछि प्रतिक्रिया जनाउने भन्दा पनि पूर्वतयारी र रोकथामका कार्यहरूमा विशेष जोड दिने।
• समुदाय र वन कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै आवश्यक सुरक्षा उपकरण, सञ्चार प्रविधि र सवारी साधनको व्यवस्था गर्ने।
ADB Nepal

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूबाट थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा...
17/08/2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूबाट थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित थारु राष्ट्रिय सांस्कृतिक टिहुवार गुरही/गुरिया–२०८३ समुद्घाटन गर्नुभएको छ ।
थारु समुदायको समृद्ध सांस्कृतिक विरासत, मौलिक परम्परा र सामाजिक एकताको सम्मान गर्दै यस्ता सांस्कृतिक पर्वहरूको संरक्षण र पुस्तान्तरणमा सबैको साझा भूमिका आवश्यक छ।
यस ऐतिहासिक अवसरमा सम्पूर्ण थारु समुदायमा कृषि, वन तथा पर्यावरण मन्त्रालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

आज माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूको समुपस्थितिमा मन्त्रालय परिवारले संयुक्त राष्ट्र संघीय खाद्य तथा...
12/08/2026

आज माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूको समुपस्थितिमा मन्त्रालय परिवारले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) का कन्ट्री डाइरेक्टर श्री Ken Shimizu ज्यूलाई विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ।
आफ्नो कार्यकालमा नेपालको कृषि विकास, कृषकको सशक्तीकरण र खाद्य सुरक्षा प्रणालीलाई सुदृढ बनाउन उहाँ र उहाँको नेतृत्वमा FAO ले खेलेको उदाहरणीय भूमिकाप्रति मन्त्रालय गहिरो आभार प्रकट गर्दछ। मन्त्रालय र FAO बीचको साझेदारीलाई उचाइमा पुर्‍याउन उहाँले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहनेछ।
उहाँको आगामी व्यावसायिक तथा व्यक्तिगत जीवनको पूर्ण सफलताको कामना गर्दछौं।
The Honorable Minister and the entire Ministry of Agriculture, Forests and Environment family bid a warm and heartfelt farewell to the FAO Country Director for Nepal, Mr. Ken Shimizu, upon the successful completion of the tenure.
The Ministry deeply appreciates his outstanding leadership, unwavering support, and significant contributions toward enhancing agricultural development and food security in Nepal. We wish him the very best in all their future endeavors.
Ministry of Agriculture, Forests and Environment Nepal -Moafe FAO Nepal

आज माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यू र कुखुरापालक किसानहरूबीच व्यवसायका वर्तमान समस्या तथा चुनौतीहरूका...
12/08/2026

आज माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यू र कुखुरापालक किसानहरूबीच व्यवसायका वर्तमान समस्या तथा चुनौतीहरूका विषयमा छलफल सम्पन्न भएको छ।भेटघाटका क्रममा किसानहरूले राख्नुभएका गुनासा तथा सरोकारका विषयहरूलाई माननीय मन्त्रीज्यूले गम्भीरतापूर्वक ग्रहण गर्नुभएको छ।
कृषकहरूको मनोबल उच्च राख्न र कुखुरापालन व्यवसायको संरक्षण गर्दै विद्यमान समस्याहरूको शीघ्र समाधानका लागि मन्त्रालयले आवश्यक र प्रभावकारी कदम चाल्ने कुरामा माननीय मन्त्रीज्यूले स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आज माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यू तथा मन्त्रालयका अधिकारीहरुसंग एसियाली विकास बैङ्क (ADB) को GREFF ...
12/08/2026

आज माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यू तथा मन्त्रालयका अधिकारीहरुसंग एसियाली विकास बैङ्क (ADB) को GREFF मिसन टोलीसँग महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ।
नेपालको आर्थिक तथा सामाजिक विकास, विशेषगरी कृषि क्षेत्रको आधुनिकीकरण र ग्रामीण अर्थतन्त्रको सबलीकरणमा एसियाली विकास बैङ्कले पुर्‍याउँदै आएको निरन्तर सहयोगबारे छलफल भयो।
माननीय मन्त्रीज्यूले हाल सञ्चालनमा रहेको 'पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (NAFHA)' लगायत विभिन्न प्राविधिक सहायता तथा सिँचाइमा आधारित आयोजनाहरूको विशेषतः बीउबिजन र नर्सरी नियमन जस्ता विषयमा देखिएका अवरोधहरूलाई तत्काल सम्बोधन गरी, आगामी दिनमा आयोजना कार्यान्वयनलाई थप प्रभावकारी र द्रुत गतिमा अघि बढाउन नेपाल सरकार र मन्त्रालयको तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभयो।

12/08/2026

राष्ट्र निर्माणका संवाहक, परिवर्तनका अभियन्ता र समृद्ध भविष्यका आधारस्तम्भ सम्पूर्ण युवाहरूमा अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना !

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूको प्रमुख आतिथ्यतामा "सामुदायिक वन दिवस २०८३" को अवसर पारेर आयोजित 'र...
10/08/2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूको प्रमुख आतिथ्यतामा "सामुदायिक वन दिवस २०८३" को अवसर पारेर आयोजित 'राष्ट्रिय पुरस्कार तथा प्रमाणपत्र वितरण समारोह' सम्पन्न भएको छ।
माननीय मन्त्रीज्यूबाट वन तथा वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन र वनको दिगो व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याउने विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरू तथा विशिष्ट व्यक्तित्वहरूलाई राष्ट्रिय पुरस्कार तथा सम्मान-पत्र वितरण गरिएको छ।
सम्बोधनको क्रममा माननीय मन्त्रीज्यूले सामुदायिक वनले नेपालको हरियाली प्रवर्द्धन गर्न, वातावरणीय सन्तुलन कायम राख्न र स्थानीय समुदायको जीविकोपार्जन सुधार गर्न पुर्‍याएको योगदानको प्रशंसा गर्नुहुदै आगामी दिनमा वन पैदावारको समुचित उपयोग गर्दै कृषिसँग जोडेर हरित अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो।
यस अवसरमा पुरस्कृत हुनुहुने सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह तथा महानुभावहरूमा हार्दिक बधाई ज्ञापन गर्दै, वन संरक्षणको यस महान् अभियानमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछौं।
वन संरक्षण र दिगो विकासमा हाम्रो सामूहिक प्रयास निरन्तर रहिरहोस्।

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यू, माननीय सूचना तथा सञ्चार मन्त्री  डा विक्रम तिमिल्सिनाज्यू तथा माननी...
06/08/2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यू, माननीय सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाज्यू तथा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीज्यूहरू र मन्त्रालय तथा मातहत निकायका अधिकारीहरूसँग नुवाकोट, धादिङ र काभ्रेका कृषकहरूबीच कृषि तथा पशुपन्छी क्षेत्रमा देखिएका अल्पकालीन र दीर्घकालीन समस्याहरूको समाधानका विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कृषकहरूद्वारा कृषि तथा पशुपन्छी क्षेत्रमा भोगिरहेका विभिन्न चुनौतीहरू—विशेष गरी आलु, धान, तरकारी तथा फलफूल उत्पादनसँग सम्बन्धित समस्याहरू र bird flu (बर्डफ्लू) को प्रकोप नियन्त्रणका विषयमा छलफल भएको छ।कृषकहरूका समस्याहरूको तत्काल र प्रभावकारी समाधान खोज्न सम्बद्ध मन्त्रालयहरू गम्भीर रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

माननीय कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीज्यूको अध्यक्षतामा आज मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को ...
05/08/2026

माननीय कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीज्यूको अध्यक्षतामा आज मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को समीक्षा बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइरहेको छ।
मन्त्रालयअन्तर्गत सञ्चालित विकास निर्माणका आयोजनाहरू तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, सामना गर्नुपरेका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे बैठकमा सघन छलफल भइरहेको छ।
Forecasting Division,Department of Hydrology and Meteorology

Address

सिंहदरबार, काठमाडौं, नेपाल
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ministry of Agriculture, Forests and Environment Nepal -Moafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share