ने.बि संघ , काठमाडौँ जिल्ला - NSU, Kathmandu

  • Home
  • Nepal
  • Kathmandu
  • ने.बि संघ , काठमाडौँ जिल्ला - NSU, Kathmandu

ने.बि संघ , काठमाडौँ जिल्ला - NSU, Kathmandu Nepal Student Union NSU) the largest student political wings in Nepal representing Nepali Congress

21/07/2026
जय नेपाल 🙏🙏
16/01/2026

जय नेपाल 🙏🙏

16/01/2026

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय का.....

16/01/2026

एकताबद्ध भएर अघि बढ्न सबैमा हार्दिक अपील।

प्रेस विज्ञप्ति
नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं।
यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो।
यसले स्थापित गरेको छ - पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।
विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु - यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।
यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।
आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।
नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।
अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ - नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ - यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।
अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं। जय नेपाल !

तपाईंको सभापति
गगनकुमार थापा

२०८२ माघ २ गते

नेपाली कांग्रेस फुटेको हैन, बयोवृद्धाहरुले काशी रोजेपछि दासहरु कमण्डलु बोक्ने सारथी भएर गएका हुन्, विशेष महाधिवेशन बाट न...
14/01/2026

नेपाली कांग्रेस फुटेको हैन, बयोवृद्धाहरुले काशी रोजेपछि दासहरु कमण्डलु बोक्ने सारथी भएर गएका हुन्, विशेष महाधिवेशन बाट निर्वाचित सभापति गगन कुमार थापा तथा सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ।
Gagan Thapa
Manish Nepali Koirala Manish Dangol Aakrist Gurung

कांग्रेसमा नयाँ युगको सुरुवात, विश्व र गगन पुस्तालाई हाम्रो साथ 🫂🤝Gagan Thapa Manish Dangol Manish Nepali Koirala Aakris...
14/01/2026

कांग्रेसमा नयाँ युगको सुरुवात, विश्व र गगन पुस्तालाई हाम्रो साथ 🫂🤝
Gagan Thapa
Manish Dangol
Manish Nepali Koirala
Aakrist Gurung

 #जयनेपाल  #गगनथापा Gagan Thapa
14/01/2026

#जयनेपाल
#गगनथापा
Gagan Thapa

CONGRATULATIONS Aakrist Gurung ज्यु  कार्यबाहक अध्यक्ष्यको जिम्मेवारी पाएकोमा ।
07/01/2026

CONGRATULATIONS Aakrist Gurung ज्यु कार्यबाहक अध्यक्ष्यको जिम्मेवारी पाएकोमा ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ने.बि संघ , काठमाडौँ जिल्ला - NSU, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ने.बि संघ , काठमाडौँ जिल्ला - NSU, Kathmandu:

Shortcuts

Share