09/05/2024
नेपा: राष्ट्रिय पार्टीले मुद्दा जित्यो,
२ वर्ष अघि निर्बाचन आयोगको मिति २०७८ श्रावण १९ गते को निर्णयानुसार ४१ वटा विभिन्न राजनीतिक पार्टीहरूलाइ अन्याय पुर्वक मा पथाएको निर्णयको विरुद्ध नेपा: राष्ट्रिय पार्टीले सर्बोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सम्मानित सर्वोच्च अदालतवाट सो मुद्दा को अन्तरिम आदेश पश्चात् बिभिन्न चरणहरूमा बहस पैरवी हुदै गरेको थियो । सोही मुद्दाको यहि २०८१ बैशाख २३ गतेको अन्तिम बहसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश द्वय हरि फुयाल र महेस प्रसाद पौडेलको संयुक्त इजलासबाट निर्बाचन आयोगको उक्त निर्णयलाई बदर गर्दै रीट जारि भएको छ । यो संगै अव नेपा: राष्ट्रिय पार्टी पु:न सक्रियतामा आएको छ । साथै उक्त रीट जारि को निर्णयले अन्य ४० वटा खारेजिमा परेको दलहरुको पनि पु:न सक्रियतामा आउने सम्भावना बढेको छ । मुद्दा को अन्तिम बहसमा सर्वोच्च अदालतका अधिवक्ता भरत लकाइले बहस पैरवी गर्नु भएको थियो । रीट जारि को निर्णय पछि नेपा: राष्ट्रिय पार्टी का अध्यक्ष डा. विजय प्रकाश सैंजू ले खुसी व्यक्त गर्दै खारेजी मा परेका सम्पुर्ण दलहरुको तर्फ बाट र आफ्नो पार्टीको तर्फबाट पनि सर्वोच्च अदालत लाइ हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।