राष्ट्रिय स्वतन्त्र पाटि नागार्जुन ०२ कार्यालय

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय स्वतन्त्र पाटि नागार्जुन ०२ कार्यालय

राष्ट्रिय स्वतन्त्र पाटि नागार्जुन ०२ कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन ०२ कार्यालय

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नागर्जुन नगर समितिको आयोजनामा तथा नागर्जुन नगरपालिका वडा नं. २ का सभापति योगेन्द...
03/09/2026

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नागर्जुन नगर समितिको आयोजनामा तथा नागर्जुन नगरपालिका वडा नं. २ का सभापति योगेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भई नागर्जुन नगरपालिका–२ स्थित पहेलो गुम्बा होल्डिङ सेन्टरमा आश्रय लिइरहनुभएका साना–साना नानीबाबुहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।
विपद्को यस कठिन घडीमा बालबालिकाको मुहारमा खुसी ल्याउने सानो प्रयासस्वरूप गरिएको यस सहयोगले उहाँहरूको मनोबल बढाउन र केही समय भए पनि रमाइलो वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ।

यस मानवीय कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ। 🤝

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वच्छता अभियान 🙏राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन वडा नं. १, २ र ३ को संयुक्त आयो...
16/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वच्छता अभियान 🙏

राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन वडा नं. १, २ र ३ को संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरियो।

📍 नागार्जुन–१ : राधाकृष्ण मन्दिर
📍 नागार्जुन–२ : देवनगरस्थित विश्वनाथ मन्दिर
📍 नागार्जुन–३ : धनकुमारी मन्दिर

सहभागी सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार।

राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन–२ कार्यालय

सम्पूर्ण नागार्जुन नगरपालिका वडा नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यज्यूहरु तथा सम्पुर्ण वडा बासी बुबाआमा, दाजुभ...
12/08/2026

सम्पूर्ण नागार्जुन नगरपालिका वडा नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यज्यूहरु तथा सम्पुर्ण वडा बासी बुबाआमा, दाजुभाई तथा दिदीबहीनीहरुमा नमस्कार।

यही श्रावण ३१ गते बिहान ७:०० बजे नागार्जुन वडा नं. १, २ र ३ को संयुक्त आयोजनामा सरसफाइ तथा मन्दिर सरसफाइ कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रमअन्तर्गत:
• नागार्जुन–१ स्थित राधाकृष्ण मन्दिरमा भेला हुने।
• नागार्जुन–१ मा सरसफाइ गर्ने।
• त्यसपछि नागार्जुन–२ स्थित देवनगर विश्वनाथ मन्दिरमा मन्दिर सरसफाइ गर्ने।
• अन्त्यमा नागार्जुन–३ स्थित धनकुमारी मन्दिरमा सरसफाइ गरी कार्यक्रम समापन गरिनेछ।

उक्त कार्यक्रममा नागार्जुन वडा नं. २ का सम्पूर्ण सदस्यज्यूहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।

धन्यवाद। नमस्कार।

योगेन्द्र कुमार श्रेष्ठ
वडा सभापति
नागार्जुन नगरपालिका वडा-२
Yogendra Kumar Shrestha
Gitanjali Giri
Sonam Thapa
Ruku Karki
Sharmila Shrestha
Raj Kumar Khadka
Sakha Rai

विज्ञप्ति:सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको अत्यन्तै संवेदनशील र दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
28/07/2026

विज्ञप्ति:
सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको अत्यन्तै संवेदनशील र दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ। यस घटना र यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको छ।
यस दुःखद घडीमा, घटनामा परी ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं।
कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ। नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सदभाव हो। यसलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौं। कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो।
यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, आम नागरिकको जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्यीकरण गर्न हामी नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौं। साथै, यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं।
राष्ट्रिय स्वतन्त्र पार्टी शान्ति, न्याय र सामाजिक सदभावको पक्षमा सदैव अडिग छ। परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न हामी निरन्तर छलफलमा रहेका छौं।
यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं। रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नागार्जुन नगर समितिका सचिव आदरणीय श्री भिषण लम्सालज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ...
10/07/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, नागार्जुन नगर समितिका सचिव आदरणीय श्री भिषण लम्सालज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको जीवनमा सुख, समृद्धि, सु–स्वास्थ्य तथा निरन्तर प्रगतिको साथ रहोस्। यो नयाँ वर्ष अझ उत्साहपूर्ण, उपलब्धिमूलक र खुसीले भरिपूर्ण बनोस् भन्ने कामना गर्दछौँ। समाज र राष्ट्रप्रतिको तपाईंको योगदान अझ सशक्त र प्रभावकारी बन्दै जाओस्।

जन्मदिनको धेरै–धेरै शुभकामना!

– नागार्जुन–०२ वडा समिति परिवार

Address

Nagarjun-2, Kathmandu
Kathmandu
30607

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पाटि नागार्जुन ०२ कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share