03/04/2026
#बार्षिक_कार्य_प्रगति_सम्बन्धमा
सम्पूर्ण टोलबासी आमा-बुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार।
हजुरहरु सम्पूर्ण शिवम मार्ग टोलबासी ज्युहरुको साथ-सहयोग, मन, वचन र कर्मको सहयोगले २०८१ चैत्र १६ गते निर्वाचित भए संगै हामीले पारदर्शी अपनाउंदै गरेका कार्यहरुलाई सार्वजनीक गर्ने भन्ने बाचालाई मनन गर्दै २०८२ चैत्र १५ गते सम्म टोल सुधार समीतीले गरेका विमिन्न कार्यहरु मध्ये मुख्य-मुख्य कार्यहरु यस प्रकार छन्;
१. तत्कालिन बागमती प्रदेश मन्त्री माननीय लक्ष्मण लम्साल ज्युको सहयोगमा २० लाख प्रदेस बजेट पारेर रोहीत घिमीरेको घरदेखी शुदर्शन पोखरेलको घर सम्म प्लम्ब वाल र ग्रेवल गर्न सफल भयौ र उक्त बाटो कालोपत्रेको लागी हामी टोलका दाजुभाइले अनुरोध गरेपछी मेयर उपेन्द्र कार्की ज्यु को मौखिक आदेशमा ३९२ मिटर पिच गर्न सफल।
२. रोहीत घिमीरेको घरदेखी शुदर्शन पोखरेलको घर सम्म सडक स्तरोनती (विर्को हुमपाइप राख्न) लाइ नपुग खर्च ३ लाख २० हजार समितीको आन्तरीक श्रोतबाट निकासा।
३. स्थानिय सरकार नगर प्रमुख उपेन्द्र कार्की र तल्कालीन वडा अध्यक्ष स्व. भिमसेन थापाको नेतृत्वले हाम्रो टोललाइ माया गरेर करिब १ करोड १४ लाख वरावर पिच गर्ने कार्य टेण्डर मार्फत टोलमा पिच गर्ने काम सम्पन्न भयो।
४. वचत रकमको मुनाफावाट कार्यलयको मासीक भाडा तिरीरहेको
५. सेन्सर वति २१ थान फिटिङ सहित पुरानो मर्मत (संस्थाको आन्तरिक श्रोतबाट)
६. सुदर्सन पोख्रेलको घरको चोकमा नया पोल सहित तार फेरेको
७. वडा नं ७ अन्तरगतका गल्ली एंव गोरेटो बाटोहरुमा इन्टरलक बलक विछ्याउने करिव रु.२५ लाख बजेटको काम शिवम मार्ग संस्थाबाट सम्पन्न
८. सिताराम थापाको घर जाने वाटो ढुङ्गा वाल लगाउने कार्य सम्पन्न
९. सम्पर्ण टोलवासीहरुको सहयोगवाट संकलीत रकम रु.८०,८७४ काडाघारी प्रहरी चौकी निर्माणमा सहयोग
१०. श्री राम हुमागाइको टोलमा क्याचपीटमा १४ थान जाली फिट
११. बारम्बार ढल, मंगल मर्मत कार्य सम्पन्न
१२. संस्कृति जगेर्ना अनुरुप शिवम मार्गी एकिकृत महिला समाजसंग सहकार्य गर्दै हरितालिका तिज, देउंसी-भैलो, होली, शिवरात्री बिभिन्न कार्यक्रम गरी मनाउने थितीको बिकास
१३. जन्मदिनको अवसरमा विशेष उपहारस्वरूप २२ थान कुर्सी, १ थान बुक ऱ्याक र १ थान कम्प्युटर सेट प्राप्त
१४. फुटसल देखि छत्र बहादुर कार्कीको घरसम्म करिब ८० मिटर बाटोमा प्लव बाल स्थानीय सरकार र समितिको सहकार्यमा सम्पन्न, जनश्रमदान अन्तर्गतको रु. ८८,००० समितिको आन्तरिक श्रोतबाट निकासा
१५. वडाबाट १ थान Convex Mirror प्राप्त (बिग्रेपछी फेर्नलाई स्टक छ)
१६.चैत्र १४ गते बनभोज साथै वार्षिक साधारण सभा २०८२ कार्यक्रम सम्पन्न।
यो संगै टोलमा थुप्रै कार्यक्रम, सहकार्य, समन्वय एंव मेल-मिलापका कार्यहरु भैरहेको छ। हामी सम्पूर्ण टोलवासीको एकता र कागेश्वरी मनोहरा नगर प्रमुख ज्यू एंव वडा अध्यक्ष ज्यू, शिवम मार्गी एकिकृत महिला समाजको अपार माया र भरोसाले गर्दा सिमीत श्रोत र साधनका विच पनि आज हामीले यती गर्न सम्भव भएको हो। अन्तमा, आगामी दिनहरुमा यस टोललाई नमुना टोलको रुपमा स्थापित गर्न समिती सदैव तदारुकका साथ अघि बढीरहने कुरा अवगत गराउंदै यसका लागी संधै हजुरहरुको साथ, सल्लाह र सहयोग अपरिहार्य रहनेछ भन्दै सम्पूर्ण टोलवासी ज्युहरुमा समिती परिवार हार्दिक आभार प्रकट गर्दछ। धन्यवाद।
अध्यक्ष
विष्णु लम्साल
एंव
शिवम् मार्ग टोल सुधार समिती परिवार