14/08/2026
Case 2: विहेवारीबाट गफ गर्न दिएपछि समय समयमा अपडेट पनि गराउनु होला ।
यो कुरा सन् २०१९ तिरको हो । एकजना अष्ट्रेलियामा बस्ने केटी र अमेरिका बस्ने केटाको जोडी मिलाउँदाको कुरा हो । उनीहरुको विवाह त भएन तर उनीहरुले के के भइरहेको छ भनेर विहेवारीलाई भने अपडेट गराएनन् ।
केटा अमेरिकामा बस्ने केटा र केटीको गफ हुँदै गयो । केटी पेशाले नर्स र केटा पेशाले इन्जिनियर । केटा डिभोर्सड र केटी अविवाहित दुवै जना व्राम्हण । उनीहरुको गफ हुँदै थियो विहेवारीले उनीहरुलाई जोडिदियो । गफको सिलसिलामा उनीहरुले २०७६ देखि उनीहरु कुरा गर्ने थाले र २०७७ वैशाखमा विहे गर्ने पक्का पक्की जस्तो भयो । केटीले अझ औठीको नापोको लागि आफ्नो सुनको औँठी समेत पठाउनु भयो अमेरिका तर अपसोच विवाह भएन । किन भएन त भन्दा कारण यस्तो छ ।
केटाले अब हाम्रो विहे गर्ने हो नेपालमा जग्गा किन्न पर्यो भनेर केटीसँग २० लाख रुपैया माग्नु भएछ । केटीले अब आफ्नै त होनी भनेर पैसा पठाइदिछिन् । यता केटाले पैसाले घर जग्गा पनि किन्यो । उता पछि केटाले मेरो आमाले हेरेकोसँग विवाह गर्छु त सँग गर्दिन भनेर उसलाई धोका दिनु भएछ । यो सबै भए पछी बल्ल मलाई केटीले सम्पर्क गरेर यस्तो यस्तो भयो भन्नु भयो । अनि मैले हजुरले किन मलाई अपडेट गराउनु भएन त भन्दा म त मायामा अन्धो भएछु भन्नु भयो । केटीलाई केटाको भूतपूर्व श्रीमतीले कन्ट्याकट गर्न खोज्दा पनि व्लक गर्दिनु भएछ । किन ब्लक गरेको भनेर मैले सोधेको केटाले गर्नु भनेर गरेको भन्नु भयो । मैले आत्तिदै पैसा फिर्ता गर्यो त केटाले भनेर सोधे छैन भन्नु भयो तर पछि १ हप्ता जस्तोमा फिर्ता गरेछ ।
अब यसबाट के शिक्षा प्राप्त भयो भने
हजुरहरुले कुरा गर्दा विहेवारीलाई पनि भन्नु पर्यो फलानो मान्छेले यसरी पैसा मागेको छ ।
अनि यो केसमा केटीले त्यसरी केटाको भूतपूर्व श्रीमतीले उसलाई सम्पर्क गर्न खोज्दा के भएर डिभोर्सड भएको रैछ भनेर बुझ्नु पर्ने थियो । केटीले वुझिनन् ब्लक गरिन् ।
मैले मेरा यी अनुभवहरु हजुरहरु सामु किन सेयर गर्दै छु भने हजुरहरुले जीवनसाथी खोज्दा र छान्ने निर्णय गर्दा मेरो यो कुराले हजुरहरुलाई सहज होस् र सही जीवन भेटियोस् भनेर हो ।