Routine of Godaita band

Routine of Godaita band we deliver authentic information, essential update, entertaining post, photograph etc.

झोलेहरूको महाराजाको आगमन भयो नेपालमा फेरि.
13/08/2026

झोलेहरूको महाराजाको आगमन भयो नेपालमा फेरि.

10/08/2026
Breaking News सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटिया निवासी भिखारी मण्डलको घरमा गएराति ठूलो आगलागी भएको छ। आगलागीबाट घर...
08/08/2026

Breaking News सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटिया निवासी भिखारी मण्डलको घरमा गएराति ठूलो आगलागी भएको छ। आगलागीबाट घरमा रहेका विभिन्न सामान जलेर नष्ट हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

हिजो एउटा किसानको छोरोले आफ्नो घरपरिवार पाल्नका लागि सिँचाइको काम गर्दै गर्दा ज्यान गुमायो। अस्ति अर्को एक होनहार युवाले...
29/07/2026

हिजो एउटा किसानको छोरोले आफ्नो घरपरिवार पाल्नका लागि सिँचाइको काम गर्दै गर्दा ज्यान गुमायो। अस्ति अर्को एक होनहार युवाले आफ्नो अधिकारका लागि आवाज उठाउँदा ज्यान गुमायो। अझै कति युवाहरूले यस्तो पीडा भोग्नुपर्ने हो?

यी घटनाहरूले एउटा ठूलो प्रश्न उठाउँछन्—जनताको दुःखको जिम्मेवारी कसले लिने? दुःख त गरिब किसानका बुबाआमा, दाजुभाइ, दिदीबहिनीले भोगिरहेका छन्; सत्ता र शक्तिमा बसेकाहरूले होइन।

म व्यक्तिगत रूपमा यस्ता व्यक्तिहरूलाई सच्चा नेता मान्दिनँ। जनताको पसिना र रगतको मूल्य बुझ्न नसक्ने, भ्रष्टाचार गरेर जनताको अधिकार खोस्ने, आफू र आफ्नो परिवारलाई विलासितामा राख्ने प्रवृत्ति नेतृत्व होइन, जनतामाथिको अन्याय हो।

तपाईंहरू मान्नुहुन्छ वा नमान्नुहोस्, मेरो अन्तिम सास रहुञ्जेल सत्य बाहिर ल्याउने प्रयास गरिरहनेछु। दूधको दूध र पानीको पानी हुनैपर्छ। आज सत्ता र शक्तिमा बसेर जे गरे पनि, जनताले सबै देखिरहेका छन्। कसले कति भ्रष्टाचार गर्‍यो, कसले जनताको विश्वास तोड्यो भन्ने कुरा लुकाएर कहिल्यै लुक्दैन।

जनताको आँसु, किसानको पीडा र युवाको बलिदान व्यर्थ जानु हुँदैन। अब पनि हामी मौन बस्यौँ भने भोलि इतिहासले हामीलाई माफ गर्ने छैन।

#न्याय #जनताकोआवाज #भ्रष्टाचारविरुद्ध #युवाकोअधिकार #किसानकोपीडा

28/07/2026

सर्लाही जिल्ला, गोडैता–११ निवासी ठगा राय यादवका जेठा छोरा संजय यादवको आफ्नै खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर दुःखद निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं।
स्वर्गीय संजय यादवप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछौं।
ॐ शान्ति।

⚠️ अत्यन्तै दुखद तथा गम्भीर घटना!​बाराको करैयामाई गाउँपालिका-८ (हाल - रौतहट जिल्लाको गुजरा नगरपालिका-५, हरिहरपुर टोल) बस...
24/07/2026

⚠️ अत्यन्तै दुखद तथा गम्भीर घटना!
​बाराको करैयामाई गाउँपालिका-८ (हाल - रौतहट जिल्लाको गुजरा नगरपालिका-५, हरिहरपुर टोल) बस्ने अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारको खुकुरी प्रहारबाट स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालको घटनास्थलमै मर्मस्पर्शी निधन भएको छ।
​घटना पश्चात् आक्रोशित स्थानीयवासीको कुटपिटबाट गम्भीर घाइते भएका आक्रमणकारी उपेन्द्रको अहिले चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।
​शुक्रबार बिहान करिब १०:३० बजे घटेको यो जघन्य अपराधको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन। यस विषयमाप्रहरीबाट थप गम्भीर अनुसन्धान भइरहेको छ।
​मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना! 🙏

हार्दिक श्रद्धाञ्जली, विवेकजी।आज मेरो पालिकामा पालिकाका भ्रष्टाचारीहरू खुसी छन् होला, किनकि उनीहरूविरुद्ध आवाज उठाउने र ...
14/07/2026

हार्दिक श्रद्धाञ्जली, विवेकजी।

आज मेरो पालिकामा पालिकाका भ्रष्टाचारीहरू खुसी छन् होला, किनकि उनीहरूविरुद्ध आवाज उठाउने र उनीहरूको आँखामा आँखा जुधाएर सत्य बोल्ने एक जना युवा आज हामीबीच रहेनन्।

उनीहरूले एउटा यस्तो डरको वातावरण सिर्जना गरेका छन् कि उनीहरूको विरोधमा बोल्दा के अवस्था आउँछ भन्ने सबैले देखिरहेका छन्। आज तिमीहरूले गरेको फोहोर राजनीतिका कारण एक जना होनहार युवाले आफ्नो ज्यान गुमाउनुपरेको छ।

यदि तिमीहरूमा अलिकति पनि साहस छ भने, यही पीडा आफ्नै घरका छोरा–छोरीमाथि पर्दा कस्तो हुन्छ भनेर एकपटक सोच। त्यसबेला मात्र अरूको पीडा बुझ्न सक्नेछौ।

समय सबैको आउँछ। आज जे गर्दैछौ, त्यसको हिसाब एक दिन अवश्य हुनेछ।

हार्दिक श्रद्धाञ्जली, विवेकजी।

13/07/2026

Devendra Yadav सुन्नुहोस् तपाइको भ्रष्टाचार ले गरदा यो भएको छ 😭

धन्यवाद। राम्रो काम गर्ने मानिस धेरै छन्, तर एउटा कुरा अझै स्पष्ट भएको छैन। एउटा होनहार, मास्टर्ससम्म अध्ययन गरेको युवा ...
13/07/2026

धन्यवाद। राम्रो काम गर्ने मानिस धेरै छन्, तर एउटा कुरा अझै स्पष्ट भएको छैन। एउटा होनहार, मास्टर्ससम्म अध्ययन गरेको युवा आखिर कुन कारणले आफ्नो ज्यान जोखिममा पार्न बाध्य भयो?

तपाईंहरूको भ्रष्टाचार, लुटतन्त्र र आफ्ना परिवारलाई सुख–सुविधाले भरिपूर्ण बनाउने प्रवृत्तिको सट्टा बेरोजगार युवाहरूको भविष्यबारे सोच्नुहोस्। यदि कुनै बेरोजगार युवाले रोजगारीको अभावका कारण आफ्नो ज्यान गुमायो भने, पछि राहतको नाममा केही रकम बाँडेर फेरि लुट्ने काम नगर्नुहोस्।

बरु प्रत्येक घर र प्रत्येक युवालाई रोजगारीको अवसर सिर्जना गर्ने नीति ल्याउनुहोस्, ताकि उनीहरूले तपाईंहरूको भ्रष्ट पालिकामा ज्यान गुमाउनुपर्ने अवस्था नआओस्। उनीहरूले अन्य पालिकामा वा आफ्नै ठाउँमा सीपमूलक काम र स्वरोजगारमार्फत सम्मानपूर्वक जीवनयापन गर्न सकून्।

 #सर्लाहीको गोडैता नगरपालिकामा पेट्रोल खन्याएर आत्मदाह गरेका विवेक मण्डललाई थप उपचारका लागि अहिले हेलिकप्टरबाट काठमाडौं ...
10/07/2026

#सर्लाहीको गोडैता नगरपालिकामा पेट्रोल खन्याएर आत्मदाह गरेका विवेक मण्डललाई थप उपचारका लागि अहिले हेलिकप्टरबाट काठमाडौं लैजाँदै!!

Address

Godaita, Sarlahi
Kathmandu
1234

Alerts

Be the first to know and let us send you an email when Routine of Godaita band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine of Godaita band:

Shortcuts

Share