SPM - Student Power Movement Nepal

SPM - Student Power Movement Nepal SPM - Student Power Movement Nepal

प्रतिज्ञा तब सुरु हुन्छ जब आशाहरु मरिसकेका हुन्छन् । युवा भनेको देशको पिरामिड हो र समाजको मेरुदण्ड, वर्तमानको भुइचालो र भविष्यको हकदार, युवाहरु देशका लागि समस्या होईनन समाधान हुन् । युवाहरु समस्यासँग डराउदैनन बरु समस्याहरु नै युवासँग डराउछन् । युवा अवस्था सधै आवेशमय हुन्छ – युवाहरु क्रोधबाट आगो–आगो र करुणाबाट पानी–पानी हुन्छन । युवाहरुले आजको यो जर्जर युगलाई स्वर्णकालमा बदलिदिन्छन् । युवाहरु उत्तम

विचारका सर्वोत्तम मानिसहरु हुन् । युवाहरु सामाजिक न्यायका न्यायधिशहरु हुन् र लोकतन्त्रका रक्षकहरु, त्यसैले त युवाहरु देश भक्तहरुका पनि देशभक्तहरु हुन् ।

युवा पुस्ता अदितिय, अतुलनिय र अनुपम शक्तिशाली हुन्छ । जीवन र जगत, ब्यक्ति र समाजलाई युवाहरुले आफ्नो इच्छा अनुसार हल्लाई दिन सक्छन् । विश्वमा जति पनि उपभोग्य वस्तु र सेवाहरु वनेका छन्, ती सवै युवाका मस्तिष्क र हातहरुले बनाएका हुन् तर नेपालमा युवा पुस्तालाई ती उपभोग्य वस्तु र सेवाको पहँुचबाट असहज गरिएको छ । युवा पुस्ताको अन्तिम लक्ष्य जीवनमा सत्यम्, शिवम्, सुन्दरम्को खोजी र प्राप्त गर्नु नै हो । युवाहरुले जीवनमा दिमाग प्रयोग गरेर जति पनि धन, शान र मान कमाउन सक्छन् यसलाई Brain Industry भनिन्छ । तिम्रो दिमाग नै एउटा विशाल Industry हो भने किन अरु Industry खोज्दै भौतारिन्छौं । ईमान्दार, जेहन्दार, बफादार, समझदार, जमिनदार, दावेदार, पहरेदार भनेकै युवा हो । नेपाल मातृभुमिलाई तपोभूमि बनाएपछि कर्मभूमि बनाएर क्रिडाभूमिमा परिणत गरी युद्धभूमि हुनबाट रोकेर उर्वरभूमि बनाउनु नै पितृभूमिलाई पुण्यभूमिमा रुपान्तरण गर्नु हामी युवाको उत्तरदायित्व र भूमिका हुनेछ ।

युवा अवस्थाको वर्णन गर्न सुहाउने अक्षर र अंकहरु आजसम्म बनेकै छैनन् भने शब्द र वाक्यहरु बन्ने त कुरै भएन । परम् दिव्य चेतनाको धनी युवा अवस्था आफैमा ब्रम्ह्र्षी, देवर्षी, महर्षी, राजर्षीको साक्षत स्वरुप भन्दा धेरै उच्च कोटिको हुन्छ । त्यसैले युवाहरु एक भएर अगाडी बढेभने उनीहरुले जति गरेपनि एउटा कुरा कहिल्यै प्राप्त गर्न सक्तैनन्, त्यो हो असफलता । भोल्तेयर भन्छन्– ‘यदि असफलताको माया लाग्छ भने क्रान्तिको त कुरै छाडौं विद्रोहको पनि शुरवात नगर । ’ युवाहरु social system मा Input, Process, Output, Outcome र Impact मध्ये Process हुन् ।

25/08/2026

विश्वमा हवाई जहाज निर्माण र यसका रोचक तथ्यहरू

(तपाईं पनि विमान किन्ने हो कि साइला?)

विश्वमा व्यावसायिक (Commercial) रूपमा ठूला यात्री हवाई जहाज निर्माण गर्ने मुख्य ४ वटा देशहरू रहेका छन्:

फ्रान्स (युरोपियन युनियन): एयरबस (Airbus)

अमेरिका: बोइङ (Boeing)

रूस: युनाइटेड एयरक्राफ्ट कर्पोरेसन (MC-21)

चीन: कोमाक (COMAC C919)

एउटा जहाज, सयौँ कम्पनीको सहकार्य
एउटा पूर्ण हवाई जहाज बन्नका लागि कुनै एउटा मात्र कम्पनी पर्याप्त हुँदैन। यसका लागि विश्वका १०० भन्दा बढी विशिष्ट कम्पनीहरू एकापसमा जोडिएका हुन्छन्। जस्तै:

इन्जिन: रोल्स-रोयस (Rolls-Royce) वा जनरल इलेक्ट्रिक (GE) जस्ता कम्पनीले बनाउँछन्।

टायर: मिचेलिन (Michelin) वा गुडइयर (Goodyear) जस्ता पाङ्ग्रा विशेषज्ञले तयार पार्छन्।

पङ्खा र पखेटा (Wings): aerodynamics मा पोख्त छुट्टै टोलीले निर्माण गर्छ।

सिट तथा भित्री साजसज्जा: एभिएसन इन्टेरियर कम्पनीहरूले तयार गर्छन्।

फ्युजलाज (मुख्य बडी): मुख्य निर्माणकर्ता कम्पनी आफैँले वा साझेदार कम्पनीमार्फत जोड्ने काम गर्छ।

हवाई जहाजको आकार र प्रकार
आकारका आधारमा:
न्यारो बडी (Narrow-body): यसमा भित्र एउटा मात्र प्यासेज (बाटो) हुन्छ। यो सामान्यतया साना वा मध्यम दूरीका लागि प्रयोग हुन्छ (उदाहरण: १०० देखि २०० सिट क्षमता)।

वाइड बडी (Wide-body): यसमा भित्र दुईवटा प्यासेज हुन्छन्। यो मुख्यगरी अन्तर्राष्ट्रिय र लामो दूरीका उडानका लागि प्रयोग गरिन्छ (उदाहरण: ३०० देखि ५०० सम्म सिट क्षमता)।

प्रयोजनका आधारमा:
यात्रुवाहक जहाज (Passenger Aircraft): सर्वसाधारण तथा यात्रु ओसारपसार गर्न।

कार्गो जहाज (Cargo Aircraft): सामान, डाँक र अन्य व्यापारिक सामग्री ओसारपसार गर्न।

यात्रुवाहक जहाजमा उपलब्ध सिटका वर्गहरू (Seat Classes)
ठूला अन्तर्राष्ट्रिय जहाजहरूमा सेवा र सुविधाका आधारमा मुख्यतया ५ प्रकारका क्लास (वर्ग) हुन्छन्:

प्रिमियम फस्ट क्लास (Premium First Class): सबैभन्दा विलासी, जहाँ व्यक्तिगत प्राइभेट सुइट र व्यक्तिगत परिचारकको सुविधा हुन्छ।

फस्ट क्लास (First Class): उच्चस्तरीय आराम, विशेष खाना र फ्ल्याट-बेड (सुत्न मिल्ने सिट) को सुविधा।

बिजनेस क्लास (Business Class): व्यापारिक तथा आरामदायी यात्रा चाहनेहरूका लागि विशेष सिट र प्रिमियम सेवा।

प्रिमियम इकोनोमी क्लास (Premium Economy Class): इकोनोमीभन्दा अलिकति बढी खुट्टा फैलाउने ठाउँ (Legroom) र थप सुविधा भएको।

इकोनोमी क्लास (Economy Class): सर्वसाधारणका लागि बजेट-मैत्री र सबैभन्दा धेरै सिट संख्या भएको साधारण क्लास।

भविष्यको उड्डयन र नयाँ प्रविधिहरू
चीनको म्याग्लेभ रेल (Maglev Train): चीनमा चुम्बकीय शक्तिबाट चल्ने बुलेट रेलहरूले गर्दा छोटा दूरीमा रेलको यात्रा हवाई जहाजभन्दा पनि छिटो र सहज बन्दै गएको छ।

हाइपरलुप (Hyperloop): भविष्यमा आउने भ्याकुम ट्युब प्रविधिको ‘हाइपरलुप’ आजका जहाजभन्दा लगभग ५ गुणा बढी द्रुत गतिमा कुद्ने अनुमान गरिएको छ।

भर्टिकल टेक-अफ (eVTOL): चीन र अन्य विकसित देशहरूले रनवे (धावनमार्ग) नै नचाहिने, हेलिकप्टर जस्तै सिधै उड्न र बस्न सक्ने ठूला इलेक्ट्रिक जहाजहरू (eVTOL) को सफल परीक्षण गरिरहेका छन्।

अर्थ-टु-अर्थ स्टारसिप (Earth-to-Earth Starship): इलन मस्कको ‘स्पेस-एक्स’ ले विकास गर्दै गरेको स्टारसिपमार्फत पृथ्वीका एक ठाउँबाट अर्को ठाउँमा अन्तरिक्षीय गतिमा यात्रा गर्न सकिनेछ। यसले लन्डनदेखि सिड्नीसम्मको लामो यात्रा मात्र १ घण्टामा पूरा गराउने लक्ष्य राखेको छ।

धन्यवाद!

24/08/2026

पन्ध्र सुझावमा आधारित नारीवादी घोषणापत्र

‘Dear Ijeawele, or A Feminist Manifesto in Fifteen Suggestions’ नाइजेरियाली लेखिका Chimamanda Ngozi Adichie (चिमामान्डा न्गोजी अडिची) को प्रसिद्ध कृति हो।

उहाँ Americanah, Half of a Yellow Sun र We Should All Be Feminists का लागि पनि चर्चित हुनुहुन्छ।

‘Dear Ijeawele’ के हो?
यो मूलतः आफ्नी साथी Ijeawele लाई लेखिएको पत्र हो। साथीले आफ्नी छोरी Chizalum लाई कसरी नारीवादी सोच भएको, स्वतन्त्र र समानतामा विश्वास गर्ने व्यक्तिका रूपमा हुर्काउने भनेर अडिचीसँग सुझाव मागेकी थिइन्। त्यसको जवाफमा लेखिएको पत्रलाई विस्तार गरेर २०१७ मा पुस्तकका रूपमा प्रकाशित गरिएको हो।

“प्रिय इजियावेले, अथवा पन्ध्र सुझावमा आधारित नारीवादी घोषणापत्र”
यो केवल छोरी कसरी हुर्काउने भन्ने अभिभावकत्वसम्बन्धी पुस्तक होइन; अडिचीले परिवार, विवाह, भाषा, संस्कृति, कामको विभाजन, शरीर, यौनिकता, पहिचान र सामाजिक असमानताका विषयमा नारी–पुरुष समानताको दृष्टिकोण प्रस्तुत गरेकी छन्।

अडिचीका १५ सुझाव —

नं. मूल सुझाव नेपालीमा मुख्य अर्थ

१ Be a full person. पूर्ण व्यक्ति बन। आमा वा पत्नी हुनु मात्रै आफ्नो सम्पूर्ण पहिचान नबनाऊ। आफ्नै सपना, काम र व्यक्तित्व कायम राख।

२ Do it together. काम सँगै गर। घरको काम र बच्चा हुर्काउने जिम्मेवारी महिलाको मात्रै होइन; पुरुष र महिलाले बराबरी बाँड्नुपर्छ।

३ Gender roles are nonsense. लैङ्गिक भूमिका भन्ने कठोर धारणा गलत हो। “तिमी केटी भएकीले यो गर्नुपर्छ/गर्नु हुँदैन” भनेर सिकाउनु हुँदैन।

४ Beware of “Feminism Lite”. आधा–अधुरो समानताबाट सावधान। महिला समानता पुरुषको अनुमति वा सर्तमा होइन, पूर्ण समानताको अधिकार हो।

५ Teach her to read. पढ्न र पुस्तकलाई प्रेम गर्न सिकाऊ। पढाइले संसार बुझ्न, प्रश्न गर्न र आफ्नै आवाज विकास गर्न मद्दत गर्छ।

६ Teach her to question language. भाषामाथि प्रश्न गर्न सिकाऊ। भाषाले समाजका पूर्वाग्रह र असमान धारणालाई पनि बोकेको हुन्छ।

७ Never speak of marriage as an achievement. विवाहलाई जीवनको उपलब्धि नबनाऊ। महिलाको सफलताको मापदण्ड विवाह हुनु होइन।

८ Teach her to reject likeability. सबैलाई मन पर्नैपर्ने दबाब अस्वीकार गर्न सिकाऊ। आफ्नो निर्णय अरूलाई खुसी पार्नका लागि मात्र नगर।

९ Give her a sense of identity. आफ्नो पहिचानप्रति गर्व गर्न सिकाऊ। आफ्नो संस्कृति, इतिहास र पृष्ठभूमिलाई बुझ्न र सम्मान गर्नुपर्छ।

१० Be deliberate about appearance. रूप–रङ्ग र शरीरबारे सचेत दृष्टिकोण देऊ। छोरीको मूल्य उसको सुन्दरता वा पहिरनले मात्र निर्धारण हुँदैन।

११ Question selective use of biology. जैविक कारणको नाममा बनाइएका सामाजिक नियममाथि प्रश्न गर। “महिला भएकाले यो काम गर्न सक्दिनन्” भन्ने धारणालाई प्रमाण र तर्कबाट जाँच।

१२ Talk about s*x and start early. यौनसम्बन्धी विषयमा खुला र उमेरअनुकूल शिक्षा देऊ। लाज र डरका कारण जानकारी लुकाउनुको सट्टा सुरक्षित र जिम्मेवार ज्ञान देऊ।

१३ Romance will happen, so be on board. प्रेमसम्बन्धलाई वास्तविक जीवनको हिस्सा भनेर स्वीकार गर। छोरीलाई डराएर होइन, विश्वास र संवादबाट मार्गदर्शन गर।

१४ The oppressed are not necessarily saints. पीडित व्यक्ति भएकै कारण निर्दोष वा आदर्श हुँदैन। महिलाको अधिकारको पक्षमा हुनु भनेको हरेक महिलाको हरेक व्यवहारलाई सही ठहराउनु होइन।

१५ Teach her about difference. भिन्नतालाई स्वीकार गर्न सिकाऊ। मानिसको जात, संस्कृति, भाषा, शरीर, विचार, क्षमता र जीवनशैली फरक हुन्छन्; भिन्नतालाई सम्मान गर्नुपर्छ।

यी १५ सुझावको मूल संरचना अडिचीको आधिकारिक पुस्तक विवरण र उपलब्ध मूल पाठसँग मेल खान्छ।

यसको सबैभन्दा महत्वपूर्ण दुईवटा विचार

अडिचीले १५ सुझाव सुरु गर्नुअघि आफूले “Feminist Tools” भनेका दुईवटा आधार दिन्छिन्।

पहिलो आधार — आफ्नो मूल्यबोध:
नारीवादी सोचको सुरुवात नै “म पनि महत्वपूर्ण छु, र म समान रूपमा महत्वपूर्ण छु” भन्ने दृढ विश्वासबाट हुनुपर्छ। यो समानता कुनै “यदि”, “तर” वा कसैको अनुमतिमा निर्भर हुँदैन।

दोस्रो आधार — भूमिका उल्ट्याएर हेर्ने प्रश्न:
कुनै सामाजिक नियम पुरुषका लागि ठीक मानिन्छ भने त्यही नियम महिलाका लागि लागू गर्दा पनि हामी त्यसलाई ठीक मान्छौँ कि मान्दैनौँ? भनेर प्रश्न गर्नुपर्छ। यसरी हेर्दा धेरै लैङ्गिक दोहोरो मापदण्ड देखिन्छन्।

नेपालको सन्दर्भमा यसको महत्व

मलाई लाग्छ, नेपालको छोरी शिक्षा, महिला नेतृत्व, बालविवाह, घरेलु कामको विभाजन र विद्यालयमा लैङ्गिक समानता जस्ता विषयसँग जोडेर यो पुस्तक निकै उपयोगी ढंगले पढ्न सकिन्छ।

विशेषगरी यसको एउटा ठूलो सन्देश यस्तो छ:

छोरीलाई मात्र परिवर्तन गर्न खोजेर लैङ्गिक समानता आउँदैन; छोरा, बुबा, आमा, शिक्षक, विद्यालय र समाजको सोच पनि परिवर्तन हुनुपर्छ।

त्यसैले Dear Ijeawele लाई केवल “छोरीलाई नारीवादी बनाउने १५ सुझाव” भनेर बुझ्नु साँघुरो हुन्छ। यसको गहिरो उद्देश्य भनेको महिला र पुरुष दुवैलाई आफ्नो क्षमता, स्वतन्त्रता र मानव मर्यादामा समान देख्ने संस्कार निर्माण गर्नु हो।

आधिकारिक प्रकाशकीय विवरणले पनि यसलाई बलियो र स्वतन्त्र महिला निर्माण गर्ने मात्र नभई २१औँ शताब्दीमा लैङ्गिक राजनीतिबारे नयाँ संवाद सुरु गर्ने कृतिका रूपमा प्रस्तुत गरेको छ।

20/08/2026

अरुलाइ होइन तपाइलाइ मात्रै हो यो लेख ।

१. योजनाहरु :

तिमीसंग भोलिको, १ हप्ताको, १ महिनाको र १ वर्षको योजनाहरु छन की छैनन ?

छैनन् भने यो लेख नपढे पनि हुन्छ ।

भेटेदेखि भुणि फुटुन्जेल खाने र ट्वाइलेट भरीन्जेल हग्ने मात्र योजना होइनन् ।

तपाइका योजनाहरु हुनु परो नी । यति समयपछि म कार किन्छु । यति समयपछि मसंग बैंकमा रु. १ करोड बचत हुन्छ । ५ वर्षमा १० वटा देशहरु भ्रमण गरी सक्छु । आउदो निर्वाचनमा पालिकाको अध्यक्ष बन्छु । १०० वटा खजुरका बोट रोपेर वर्षको रु. ६ करोड आम्दामी गर्छु । अर्को वर्ष विहे गर्छु । अर्को वर्ष डिभोर्स गर्छु । यस्ता धेरै योजनाहरु मध्ये तपाइलाइ मन पर्ने योजनाहरु बनाउनु होस ।

तपाइलाइ यी योजनाहरु पुरा गर्न सरकारले सहयोग गर्नुपर्छ नत्र त्यो सरकार नै होइन । जेनजी आन्दोलन पछिको सरकारले जनताका हितमा कुनै सकारात्मक र सुधारात्मक काम गर्छ भनेको त खा बाबै केरा भने जस्तो मात्र काम गर्दैछ । यो सरकार योजना नभएको रित्तो सरकार मात्र रहेछ । नत्र त तपाइलाइ देखिने गरी तपाइको विकासमा सहयोग गर्नु पर्ने हो ।

२. डरहरु :
हो, तिमीलाइ कसैसंग गएर भेट्न बोल्न कुरा राख्न उसलाइ फोन गर्न डर लाग्छ । नेपाल जस्तो नेता कर्मचारी प्रहरी शिक्षक आदी सबै सामान्तवादी सोचाइ भएको देशमा डराउने सामाजिक संस्कार नै हुन्छ । तर आजबाट तिमीले डर भन्दा अगाडी लक्ष्य राख वा लक्ष्य ठुलो बनाऊ । तिमी कार्यलयमा चन्दा वा सहयोग माग्न नजाऊ । तिमी त म हेलिकप्टर बनाउने कम्पनि खोल्दैछु सरकारले कसरी सहयोग गर्न सक्छ भनेर कर्मचारीसंग कुरा गर, सचिवसंग कुरा गर । अथवा ति घटिया र दुष्ट कर्मचारीहरु भन्दा उच्च तहको योजना लिएर उसंग वार्ता गर ।

३. लक्ष्यहरु :
तिमी त्यस्ता महान महान कामहरु शुरु गर जहाँ तिम्रो उत्पादनले विश्व बजार कन्टोल गर्न सकोस । आज पुर्वि पहाडमा लामशाहि गोलशाहि र चिबे अलैचीको मुल्य एक किलोको रु. २५०० पर्दछ । अथवा एक मनको रु. १ लाख पर्छ । तर त्यहि अलैचीलाइ थोरै ग्रडिङ्ग गररे अष्टेलियामा भारतिय व्यापारीहरुले प्रति केजि रु. २५००० मा वा मनको १० लाखमा बेच्दछन । नेपालमा उत्पादन भएको कुकुरले खाने छुर्पिले पनि विश्व बजारको सानो भाग ओगटेको छ । यस्तै योजनाहरु शुरु गर ।

४. विश्व बजार :
कुरा के मात्र गर्न खोजिएको हो भने सन १९९७ मा हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम पनि टाट पल्टिएर तपाइका शसुरा जत्ति कै मर्नु न बाँच्नुको अवस्थामा पुगेका थिए । हालका विश्वका धनि इलन मस्क पनि सन २००८ मा टेस्लासंगै अपार ऋणमा डुवेका थिए । तर उनिहरुले योजना बनाए । डर भन्दा ठुलो लक्ष्य राखे । आज उनिहरुलाइ विश्वले चाहेर वा नचाहेर पनि विश्वका शक्तिशाली र विश्वका धनि भनेर मान्न अनिवार्य छ ।

हामी कतिपय खातेपाते हरिप गरीप भ्रष्ट दुष्ट पिपलपाते दहिचिउरे खुराफाति षडयन्त्रकारी आरीसे इष्र्यालु झगडालु आलुपाडे कुरौटे स्वार्थी बेइमान नकच्चरा हाउडे ठग संकुचित नेपालीहरु बाहेक अरु नेपालीहरुले चाहि उच्च योजनाहरु बनाएर विश्व बजार कन्टोल गर्न सिकौ ।

धन्यवाद ।

19/08/2026

अल्फा आन्दोलनका लागि :

नेपालीहरुलाइ गरीब टट्टु मुर्ख विदेशीका दास अपराधि कम्जोर बनाउनेहरुलाइ चिन्नु पर्छ ।

१. ए नेपाली हो , आफैलाइ सोध त, तिमीले कहिल्यै मलाइ कार चाहियो, मलाइ हेलिकप्टर चाहियो, मलाइ ल्यापटप चाहियो, मलाइ विदेश डुल्नु परो, म करोडपति बन्नु परा, म ५ तारे होटलमा गएर खान खान पाउनु परो, मलाइ रोजगार दिनु परो भनेर कुनै दिन कसैसंग वा सरकारसंग माग राखेका छौ ।
तिमीहरु आफैले मलाइ गरीब बनाइ दे सरकार, मलाइ दलित बनाइ दे सरकार, मलाइ सुकुम्बासि बनाइ दे सरकार, मलाइ बेरोजगार बनाइ दे सरकार आदी भनेर माग गरेका छौ । सरकारले पनि तिमी नेपालीहरुलाइ त्यस्तै बनाइ दिएको छ ।

२. सरकारले जनतालाइ गरीब बनाउने रोगी बनाउन वेरोजगार बनाउने अपराधि बनाउने सुकुम्बासि बनाउने पिडित बनाउने आदी काम गर्नु हुदैन । यस्तो काम गर्ने सरकारलाइ जनताले जरै देखी उखेलेर फ्याकी दिनुपर्छ । विकसित नेपाल बनाउन सक्दैन भने त्यस्ता चोर सरकारको के काम । आज सम्म नेपालमा सबै चोर सरकारहरु मात्र बनेका छन । पहिलो पटक विमान चढेको र दिशा गर्न नजानेर कमट बाहिरै दिशा गरेको भनेर बबंगलम देशको विमान बंगलाले नेपालीलाइ ढाकाबाट कत्तार लान मान्दैनथ्यो ।

३. सरकारले सबै ३ करोड नेपालीको जैविक आवश्यकताहरु पुरा गरी दिनुपर्छ । जैविक आवश्यकताहरु भनेका भोक प्यास निन्द्रा र सेक्स हुन ।

क. भोक : सबै जनतालाइ स्वास्थ्य र अर्गानिक, सस्तो ताजा खानेकुराहरु उपलब्ध गराउनु पर्छ । जनताले मन लागेको फलफुल अन्न सागपात आदी सस्तो मुल्यमा किनेर खान सक्नु पर्छ ।

ख. प्यास : सबै जनतालाइ स्वच्छ खानेपानी हुनुपर्छ । फेन्टा कोक खान दिनु हुदैन । नाना खालका ड्रिङ्सहरु खान दिनु हुदैन । फलफुलको रस जति पनि खान पाइने बनाउनु पर्छ ।

ग. निन्द्रा : जनतालाइ ८ घण्टा आरामले सुत्न सक्ने बेड हुनुपर्छ । मौसम अनुसारका ओड्ने र ओच्छाउने सामानहरु हुनुपर्छ । सबै जनतासंग ५ कोठाहरु भएको सुन्दर सफा हावादार घर हुनुपर्छ ।

घ. सेक्स : १८ वर्षको उमेर पुगेपछि सबैलाइ यौन स्वातन्त्रता दिनुपर्छ । डिर्भोसलाइ धेरै सजिलो बनाउनु पर्छ । यौन अपराध बाहेक अरु यौन गतिविधिमा सरकार समाज खुल्ला बन्नु पर्छ । सेक्स डमिहरु सस्तो र सजिलै पाइने बनाउनु पर्छ । तर ७२ घण्टे इमरजेन्सि ट्याबलेटहरु खान बन्द गर्नुपर्छ यसले मृगौला मुटु र मष्तिस्कमा असर गर्नेछ ।

४. सरकारले जनताका सामाजिक आवश्यकताहरु पुरा गरीदिनु पर्छ । सामाजिक आवश्यकताहरु भनेका स्वास्थ्य शिक्षा सुरक्षा बाटो विजुली पानी रोगजार संचार र प्रविधि हुन ।
यी माथिका सामाजिक आवश्यकताहरुलाइ सरकारले उच्च प्राथामिकता दिनुपर्छ ।

यति सम्म उच्च प्राथामिकता दिनु पर्छ की अबको १०० वर्ष सम्म यी आयोजना वा आवश्यकताहरुमा सरकारले दोहोराएर काम गर्नु नपरोस । अथवा सडक अति चौडा, सुविधा सम्पन्न र टिकाउ बनाउनु पर्छ । विद्यालय भवनको निर्माण शिक्षा नीति आदी पनि १०० वर्षका लागि बनाउनु पर्छ । यसरी मात्र विकसित नेपाल बनाउन सकिन्छ ।

नेपाली जनताका लागि विकसित नेपाल बनाउन सक्ने कुनै सरकारहरु देखा परेका छैनन् । अब नयाँ पुस्ताले नयाँ बैचारीक आन्दोलन गरेर विकसित नेपाल बनाउने आधुनिक लोकतान्त्रीक सरकारको स्थापना गर्नुपर्छ ।

धन्यवाद ।

18/08/2026

अब आउने अचम्म अदुभुत र अनौठो विश्व ।

१. आज हामीले जे जे सुविधाहरु प्रयोग गरीरेहका छो यो सबै प्रथम र द्धितिय विश्व युद्धको देन हो । आज हाम्रो हातको मोवाइल ल्यापटप ए आइ विमानहरु सुपर स्पिड रेलहरु अनेकौ प्रकारका मेसिनहरु अनेकौ हाइव्रिडहरु सबै युद्धका उपलब्धिहरु हुन । आजको एआइका पिता भनेर जोन म्याकार्थीलाइ मानिन्छ । यसपछि एलन ट्युरिङ्गको नाम आउछ । जेफ्रि हिन्टनलाइ एआइका गड फादर मानिन्छ । यी तिन जनाका कारण आज हामी च्याट जिपिटी जेमिनि जस्ता एआइ मोडलहरुबाट काम गर्दछौ । आजका साक्षत देवता भनेका यी ३ जना हुन । आजको विश्व तपाइको हातको मोवाइलमा सिमित छ ।

२. अबको विश्व निकै रोचक र रहस्यमय हुनेछ । अबको युद्धमा सेना हतियार बम मिसाइल फाइटर जैविक हतियार आदीको प्रयोग प्राय अन्त्य नै हुनेछ । अबको विश्वको जुनसुकै युद्धहरु जित्न एआइ ड्रोन टेक्नोलोजि स्पेश वार लगायत अन्य एडभान्स टेक्नोलोजिहरुको प्रयोग गरीनेछ ।

अबको युद्धमा आत्माघाती ड्रोनहरुको प्रयोग बढि हुनेछ । अबका दिनमा सेटलाइटबाट कहा कसले कुन रणनीति अपानाइ रहेको छ सबै थहा हुनेछ । कुनै देशले जैविक हतियार प्रयोग गरेमा त्यो हतियार उसकै देशमा नै फर्काउने जस्ता प्रविधिहरु विकास भएका छन ।

अनलाइन वेवहरुको प्रतिस्पर्धा हुनेछ । जस्तो अहिले चलेको नेट भन्दा बढि पावरको वेव आएर यसलाइ काम नलाग्ने बनाइ दिनेछ । अथवा तपाइको नेटमा अरु नै विषयहरु आउने छन । यसरी एउटा देशको फाइटरको नेटले काम नगरे पछि फाइटर कन्ट्रोल गर्न सकिन्दैन अथवा त्यो स्वतह शत्रुको डिभाइसले तानेर लैजानेछ ।

पृथ्वीको भित्री भागमा ५०० मिटर तल सम्म बनेका सम्रचनाहरु सजिलै हेर्न सकिने प्रविधिहरु बनि सकेका छन । अबको सुन खानीमा सुन निकाल्न सुरुङ्ग खनेर सुन निकाल्नु पर्दैन । अटो टनेल रोबर्टहरु पठाएर सुनको कच्चा पदार्थ सजिलै बाहिर ल्याउन सक्दछन ।

मेडिकल रोबर्टहरुले तपाइको शरिरमा कुन रसायन बढि छ, घटि छ वा सन्तुलनमा छ र यसबाट अब कुन रोग लाग्न सक्दछ र यसका लागि के गर्नु पर्छ भन्ने बारेमा सबै भनिदिन्छ । अब तपाइलाइ लाग्न सक्ने रोगबाट बच्न सक्नु हुनेछ ।

३. तपाइ फेसबुकमा आएका वा कसैले भनेका भनाइमा नलाग्नु होस । तिनीहरुले तपाइलाइ सहि बाटो देखाउदैनन् । टाउको दुख्नु वा पेट दुख्नुको मुख्य कारण पानीको कमि हो । आफै टन्न पानी खाएर हेर्नुस त । दुबै दुखाइहरु निको हुन्छ । कसैको दिशा कब्जियत भएको छ भने उसलाइ करेलाको कम मात्र पाकेको तरकारी टन्न खान दिनोस । भोलि पल्ट सबै दिशा सफा बन्छ । दिनहु खानामा परीवर्तन गर्नु भयो भने पेट सम्बन्धि कुनै राग नै लाग्दैन । शरिरलाइ स्वास्थ्य राख्न गुलियो अमिलो नुनिलो पिरो तितो र टर्रो स्वादको सन्तुलन मिलाउनु पर्छ । खाना स्वादका लागि होइन स्वास्थ्यका लागि खानु पर्छ ।

४. भोकै बसेको दिन वा धेरै हिडेको दिन बाहेक अरु दिन पिसाबको रङ्ग सेतो हुनै पर्छ । बढि पहेलो पिसाब आउनु भनेको शरिरमा विषाक्त पदार्थहरु उत्पादन भइ रहेको छ भन्ने हो । ज्वरो आएको बेला पहेलो पिसाब हुन्छ । तर बढि पानी पिउदा वा पिसाब फेर्दा शरिरबाट सोडीयम पनि बाहिर जान्छ र शरिरमा लो वल्ड प्रेसर हुन सक्छ त्यसैले थोरै नुन राखेर पानी पिउनु पर्छ ।

के लेख्न खोजेको थिए । कता पो पुग्यो जानकारी त ।

धन्यवाद ।

15/08/2026

विमान Airbus A350-1000ULR (Ultra Long Range) र विमान Airbus A380

युरोपेली विमान निर्माता कम्पनी एयरबस (Airbus) ले अष्ट्रेलियाको कन्टास (Qantas) एयरलाइन्सका लागि A350-1000ULR जहाज तयार पारेको हो।

जुलाई २०२६ मा Airbus ले आफ्नो परीक्षण उडानका क्रममा अष्ट्रेलिया (मेलबर्न) बाट फ्रान्स (टुलुज) सम्म २४ घण्टा २४ मिनेट नरोकिकन निरन्तर उडेर वाणिज्यिक विमान (Commercial Aircraft) को इतिहासमै सबैभन्दा लामो दूरीको उडान रेकर्ड कायम गरेको छ।

Airbus A350-1000ULR का प्रमुख विशेषताहरू:

• प्रोजेक्ट सनराइज (Project Sunrise): कन्टास एयरलाइन्सले अष्ट्रेलियाको सिड्नी र मेलबर्नबाट सिधै लण्डन र न्युयोर्कसम्म बीचमा कहीं नरोकिई (Non-stop) उडान भर्ने योजना बनाएको छ, जसलाई 'Project Sunrise' नाम दिइएको छ।

• थप इन्धन क्षमता: अति लामो दूरी पार गर्नका लागि एयरबसले यो ए-३५० मोडलमा विशेष थप इन्धन ट्याङ्क (Extra Fuel Tank) जडान गरेको छ।

• कम यात्रु र बढी आराम: साधारण A350-1000 जहाजमा ४०० भन्दा बढी यात्रु अटाउँछन् भने यो विशेष ULR मोडलमा वजन घटाउन र आरामदायी बनाउन केवल २३८ सिट मात्र राखिएको छ।

• वेलनेस जोन (Wellness Zone): २४ घण्टासम्मको लामो उडानमा यात्रुहरूलाई जीउ तन्काउन, व्यायाम गर्न र हिँडडुल गर्न जहाजभित्रै विशेष ठाउँ राखिएको छ।

कन्टास एयरलाइन्सको 'प्रोजेक्ट सनराइज' अन्तर्गत उड्ने Airbus A350-1000ULR ले लगभग १७,८०० देखि १८,००० किलोमिटर (तथा १०,००० भन्दा बढी समुद्री माइल) सम्मको दूरी बीचमा कहीं नरोकिई सिधै (Non-stop) पार गर्न सक्छ।

यसको उडान दूरीसँग सम्बन्धित मुख्य विवरणहरू:

• सिड्नी देखि लण्डन: करिब १७,०१६ किलोमिटर (उडान समय: करिब २० घण्टा)

• सिड्नी देखि न्युयोर्क: करिब १६,०१३ किलोमिटर (उडान समय: करिब १९ घण्टा)

• अधिकतम रेकर्ड उडान: परीक्षण उडानका क्रममा यसले मेलबर्नबाट फ्रान्ससम्म २४ घण्टा २४ मिनेट लगातार उडेर १८,००० किलोमिटरभन्दा बढी दूरी पार गरेको थियो।

•व्यावसायिक रूपमा यात्रुहरू बोकेर सिड्नी देखि लण्डन वा न्युयोर्कसम्मको यो सिधा उडान (जसमा करिब १९ देखि २२ घण्टा लाग्नेछ) २०२७ को अक्टोबर देखि नियमित सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

Airbus A380 : विश्वमा आकारमा ठुलो विमान भनेको Airbus A380 (सुपरजम्बो) हो, जसले सन् २००७ मा सिंगापुर एयरलाइन्सका लागि सिंगापुरबाट सिड्नीसम्म पहिलो व्यावसायिक उडान भरेको थियो। यो २ तले विशाल विमानले ८५० जना यात्रुहरु एकै पटकमा बोक्न सक्दछ । यो ४ इञ्जिनको हुन्छ । तर यो बढिमा १५००० किमी सम्म मात्र उडान भर्न सक्दछ ।

A380 आकार र यात्रु क्षमताका हिसाबले इतिहासकै सबैभन्दा ठुलो व्यावसायिक विमान हो भने A350-1000ULR चाहि यात्रुको सुविधा कम इन्धन र लामो दुरीका लागि निमार्ण गरीएको हो ।

धन्यवाद ।

15/08/2026

बस्तु वा सामान खरिद गर्दा रु. १० लाखको चिठ्ठा पर्ने । (कसरी पाउने त साइला)

१. व्यापारीहरुले कर छलि गरे भनेर सरकारले विल दिनुहोस पुरस्कार जित्नुहोस भन्ने नीति ल्याएको छ ।

२. नेपाल गरीब भएर भष्टाचार भएको होइन की भ्रष्टाचार भएर चाहि नेपाल गरीब भएको हो ।
३. यो १० लाख जनताको करको पैसा हो । त्यसैले यो पुरस्कार तपाइको अधिकार हो ।

४. सरकारले आफ्नै मान्छेलाइ यो चिठ्ठा पार्छ भन्ने गुनासो छ ।
५. तपाइले रु. १०० भन्दा माथिको बस्तु वा सेवा खरिद गर्दा पान अथवा भ्याटको विल माग्ने गर्नुहोस ।

६. होटलमा चिया खाजा खाएको विल पनि माग्नु होस ।
७. पसलेले विल दिन मानेन भने ११३७ मा फोन गर्नुहोस ।

८. पुरस्कार लिन तपाइसंग आफ्नै पान नम्बर हुनुपर्छ ।
९. QR बाट भुक्तानी गर्दा (eSewa, Khalti, Fonepay) स्वत सहभागि बन्न सकिन्छ ।
१०. नगदमा भुक्तानी गर्दा वा कागजी विल लिंदा भने मोबाइलमा prize.ird.gov.np टाइप गर्नुहोस ।

११. यहाँ दिएका विषयहरु भर्नुहोस । फर्म भर्न ३ मिनेटको समय लाग्ने छ ।
१२. विलमा भएको मिति र मोबाइलबाट भरेको दिनका मितिहरु छुट्टाछुट्टै हुन सक्दछन ।

१३. फर्म भरी सकेपछि तपाइको चिठ्ठा नम्बर स्वत प्राप्त हुनेछ ।
१४. गरीब किसानले दशै खर्च जोहो गर्न खसि बेच्दा यो नियम लागु हुदैन तर खसिको मासु बेच्ने पसलमा यो नियम लागु हुन्छ ।

१५. चिठ्ठा परेमा तपाइलाइ राजस्व कार्यलयले जानकारी गराउने छ ।

धन्यवाद ।

09/08/2026

अन्तिम अल्फा जेनेरेशन आन्दोलन :

विकसित आधुनिक औद्योगिक र लोकतान्त्रीक नेपाल बनाउनका लागि फेरी एउटा अन्तिम अल्फा आन्दोलन गर्नुपर्छ ।

के वर्तमान सरकारले जेनजी आन्दोलनका उद्देश्यहरु पुरा गरो । गरेन, यसले त उहि पुरानै लासहरुलाइ नयाँ जन्म दिदै उनिहरुबाटै आन्दोलनका उपलब्धिहरु मार्न खोज्यो ।

विदेशीको गु मुत सोर्नु नै नेपालीको अहो भाग्य हो भने विदेशीको अहो भाग्य चाहि कस्तो हुनछ ?

आजका हामी जति नेपाली छौ यी सबै हिजोका नेपालीका सन्तान मात्र हौ । हिजोको नेपाल शाहा राणा र सामान्तहरुले हाम्रा पुर्खाहरुलाइ पेलेर दुख दिएर हेपेर मर्नु न बाँच्नु बनाएको अवस्थामा थियो ।

आज पनि सामान्तहरु नेपालमा मस्ति गरेर बसेका छन । उनिका पिसाद वा छोराछोरीहरु विदेशमा पठाएका छन । शासकहरुका सबै परीवारले विदेशमा ठुलाठुला लगानी गरेका छन । नेपालको धन लगेर विदेशमा ग्यास स्टेशन घरघडेरी रियलस्टेट होटल बैंक क्यासिनो उर्जा व्यापार आदीमा लगानी गरेका छन । नेपाललाइ ऋणमा डुवाएका छन आफुले त्यहि ऋणले मस्ति गरेका छन ।

प्राय सबै नेपालीहरु पनि छट्टु धोकेबाज डरछेरुवा ठग शोषक अत्याचारी मात्र छन । आज विश्वभरी नेपालीहरु दास बनेर फैलिएका छन । विज्ञ बनेर होइन । नेपालमा दैनिक अरबबाट १० लासहरु जापानबाट महिना दिनमा १० वटा लासहरु अरु स्थानबाट पनि थोर बहुत लासहरु आइ रहेका हुन्छन । यसले के देखाउदछ भने नेपालीहरु जिऊ पाल्नका लागि ज्यान दिन तयारी छन् ।

नेपालीहरुको सोचाइ निम्न पुजिवादी चिन्तनको मात्र हुन्छ । नेपालीहरुले जिवनको लक्ष्य एउटा सानो घर लाटी स्वास्नी आफुले भनेको मान्ने छोराछोरी छिमेकीको भन्दा बढि सम्पति आदी मात्र चाहेको हुन्छ । यस्तो गर्जो टार्ने निर्वाहमुखी सोचले कहिल्यै कुनै पनि जनता वा देशको प्रगती हुदैन ।

विकसित नेपाल बनाउन जनताहरुले नै एजेण्डाहरु तय गर्नुपर्छ । ति एजेण्डाहरु पुरा गर भनेर सरकारलाइ दवाव दिनुपर्छ । एजेण्डा पुरा गर्न साथ नेपाल विकसित बन्दछ ।

सरकारसंग कस्ता मागहरु राख्नु पर्छ ।

१. सबै नेपालीहरुलाइ एक एक वटा बाइक, एउटा एउटा कार अनिवार्य दिनुपर्छ । यसका लागि बाइक कारको कम्पनि नेपालमा नै स्थापना गर्नुपर्छ ।
२. नेपालमा हेलिकप्टर र ड्रोन बनाउने कम्पनिहरु स्थापना गर्नुपर्छ । यसले गर्दा हाम्रा प्रत्येक परीवारसंग हेलिकप्टर हुनेछ ।

३. विद्यालयहरुको ५० प्रतिशत पढाइमा अबको १० वर्ष एआइ र कम्पुटर शिक्षा मात्र पढाउनु पर्छ ।
४. विद्यार्थीहरुलाइ कृषि सडक शहरीकरण उर्जा उत्पादन स्वास्थ्य आदीका बारेमा नयाँ तरीकाले सोचेर काम गर्न लगाउनु पर्छ ।

५. जहाजहा जे जे उत्पादन हुन्छ त्यहात्यहा उत्पादन गर्नुपर्छ । सरकारी जंगलमा आँप फलाउन सकिन्छ भने आँप खेती गर्नुपर्छ ।
६. जग्गाको स्वामित्व व्याक्तिबाट हटाएर सरकारी बनाउनु पर्छ । ताकी सरकारले गर्ने सबै काममा कुनै बाधा नआवस ।

७. सरकारको नीति कार्यक्रम आयोजनाहरु नै नेपालीका सबै ६६ लाख घर परबिारलाइ ५ वर्ष भित्रमा विश्वका विकसित देशका नागरिकहरुको जिवनस्तरमा पुराउने बनाउनु पर्छ ।

तर नेपालमा यस्तो जनता प्रति उत्तरदायि र जवाफदेहि सरकार हिजो पनि थिएन र आज पनि छैन । अब बनाउनु पर्छ ।

धन्यवाद ।

09/08/2026

रु. १३ करोड हिनामिना पारेर हिनासंग लभ : मिना हेरेको हेरै ।

नेपाललाइ संसार कै टप देश बनाउन सकिन्छ तर तसंग बुद्धिसुद्धि नै छैन ।

विकसित नेपाल बनाउनका लागि नेपालीहरुको मानसिकता होइन विकास रणनीतिमा सुधार गर्नुपर्छ ।

सबै नयाँ कामहरु जिरोबाटै शुरु गर्नुपर्छ र पुराना सबैलाइ जिरोमा नै पुराउनु पर्छ ।

विगत ३६ वर्ष वा २०४६ देखि विस २०८२ सम्म नेपालको राजनीतिलाइ बेश्यालय बनाएर २ समुदायले मस्ति गरो । १. एमाले माओवादी राजावादी मधेषी दल कंगे्रस आदी । २. भ्रष्ट कर्मचारीहरु पुलिस सेना आदी ।

आज पुराना पाटीका नेताहरुको अबस्था एड्स लागेको जस्तै छ । मनोबल कम्जोर भएर आफै मर्न चाहेका छन ।
ति ३६ वर्षे अबधिमा जो कर्मचारुहिरु थिए तिनै कर्मचारीका छोराछोरीहरु चाहि आजका साशकहरु बनेका छन । बालेनको बुबा पनि कर्मचारी हो । सबै मन्त्रीका बाबुहरु कर्मचारी नै हुन ।

विकसित नेपाल बनाउन शुरुका साना आधारहरु :

१. लोक सेवा आयोग र अरु आयोगहरु पुर्ण रुपमा बन्द गर्नुपर्छ :
लोक सेवा आयोग र अरु आयोगहरु पुर्ण रुपमा बन्द गर्नुपर्छ । यसबाट भष्ट्र कर्मचारीहरुको अन्त्य हुनेछ । कर्मचारीहरु हायर फायरको, विज्ञताको, आवश्यकताको, समय सिमामा आधारित, अनुभवी, विषय बस्तुको व्यावहारीक ज्ञान भएको, कार्यक्रममा फिट हुने गरी बनाउनु पर्नेछ । बैतडीको पुर्चौडी नगरपालिकामा एउटा प्रशासकिय अधिकृतले एक वर्षमा ५९ लाखको खाजा खाएको अडिट रिपोट सर्बजनिक भएको छ । बैतडीको बन कर्मचारी २१ वर्षमा २१ वटा घरहरु र २८ वटा घडेरीहरु किनेको छ । पोखरा महानगरपालिकामा एक कर्मचारीले रु. १३ करोड हिनामिना पारेर हिनासंग लभ गरेको थियो । यी सबै स्थाइ कर्मचारीहरु हुन ।
कर्मचारीहरुको ३ वटा मात्र चिन्तन हुन्छन ।

१. आफु भन्दा माथिको पदमा कसरी जाने । यसकालागि हाकीमलाइ कसरी प्रभावमा पारेर आफ्नो कार्य सम्पादन मुल्याङ्कन राम्रो बनाउने । यसका लागि पञ्चायत कालमा त कर्मचारीले श्रीमति वा शालिलाइ हाकीमसंग सुत्न पनि पठाउथे भन्ने कुरा हुन्थे ।

२. कर्मचारीहरु कुन काम गर्दा कति कमिसन आउदछ र त्यो काम कसरी आफ्नो चिनेको नजिकको मान्छेलाइ मात्र पार्ने भनेर मात्र सोचि रहेका हुन्छन ।

३. कर्मचारीहरुले कमिसन वा घुसबाट अकुत सम्पति कमाए पछि ल्फायाट किनेर रखेल केटीहरु राखेका हुन्छन । विगतमा एउटा भ्रष्ट कर्मचारीले ४ वटी केटीहरु राखेको भन्ने त समाचारहरुमा बाढि नै आएको थियो ।

यसैले लोक सेवा आयोग लगायत अन्य आयोगहरु बन्द गरेर काम पुरा हुने गरी मात्र कर्मचारी राख्ने र फाल्ने नीति बनाउनु पर्छ ।
नेपालले बर्षको रु. १२ खर्ब रकम कर्मचारीलाइ तलब खुवाएर सक्दछ ।

२. पेन्सनको अन्त्य गर्नुपर्छ ।
हाल दिदै आएको र भविष्यमा दिने पेन्सन आदीको व्यावस्था पुर्ण रुपमा खारेज गर्नु पर्छ । कर्मचारी भएका बेला राम्रो काम गरेको भए पो पेन्सन दिनु । कर्मचारी भएका बेला पनि भ्रष्टचार गरेको छ । आफैले नियम बनाएर पेन्सन लगायत अन्य सुविधाहरु लिएको छ । यसैले सबैको पेन्सन बन्द गर्नुपर्छ । कर्मचारीको काम गर्ने उमेर ७० वर्ष सम्म राख्दा हुन्छ । तर कर्मचारीहरु सधै टेवलमा बस्ने मात्र होइन कहिले कहिले किसान बनेर खेतमा जाने कहिले बाटो खन्ने आदी काममा पनि लगाउनु पर्छ । सेवा निबृत भएपछि आफ्नै स्थानमा गएर स्थानिय विकास सम्बन्धमा काम गर्नुपर्छ ।

नृपाललले वर्षको रु. १ खर्ब रकम पेन्सन आदी अनावश्यक काममा खर्च गर्दछ ।

३. जग्गा सरकारी मात्र हुनुपर्छ ।
जब सम्म व्याक्तिका नाममा जग्गाको स्वामित्व रहने सरकारी नियम बन्छ तब सम्म देश धनि हुन सक्दैन । त्यसैले देशको सबै जग्गा सरकारी मात्र हुनुपर्छ । राणा काल सम्म जग्गा किनबेच गर्नुलाइ अपराध मानिन्थ्यो । राजा महेन्द्रले भुमि सुधार लागु गरेपछि मात्र जग्गा किनबेच शुरु भएको हो । आज अदालतमा ८२ प्रतिशत मुद्धाहरु जमिनसंग सम्बन्धित छन । त्यसैले संविधानको धारा २५ को ४ अनुसार भए पनि जग्गामा सरकारी मात्र स्वामित्व हुने बनाउनु पर्छ । यसरी सबै जग्गा सरकारी भएपछि सरकारलाइ कृषि शहरीकरण उद्योग सडक आदीका लागि मुआब्जामा खर्बौ रुपैया व्यायभार पर्दैन । जग्गा व्याक्तिको नााममा नहुने नियमलाइ विदेशमा इन्हेरीटेन्स ल भनिन्छ । बाबु आमा मरेपछि त्यो घर जग्गा स्वतह सरकारी हुन्छ ।

यस्ता १०० वटा कार्यक्रमहरु गरेमा नेपाल विकसित बन्न सक्दछ ।

धन्यवाद ।

06/08/2026

रास्वपाको कार्यनीतिले नेपालले विकासमा विश्वलाइ जित्दै ।

१. निलो बसमा सबै जना फिरीमा :
काठमाण्डौको बुढानिलकण्ठबाट लगनखेल र थानकोटबाट एयरपोर्ट सम्म महिलाहरुका लागि निःशुल्क निलो बस चल्ने भनेपछि त्यहाँका महिलाहरुले यस्ता बस भाडाबाट बचेको पैसाले साडी कुर्था किन्ने योजना बनाएका थिए । तर यो कार्यक्रमले गर्दा यी २ स्थानका महिलाहरु मात्र लाभन्वित देखिने भएकाले सरकारले यो नीति फेरेर हाललाइ सबै बस चढ्नेहरुलाइ फिरीमा बस चढाउने योजना बनाएको बसका खलासिहरुले जनाएका छन । यो नीति भनेको बसमा चढ्दा कसैलाइ पैसा नलाग्ने रहेछ तर भर्दा मात्र भाडा तिरे हुने रहेछ । शुरुमा साझ बसले यी ४ निलोबसबाट सरकारले रु. ३ करोड दिने लोभमा साझाबस परेको थियो । तर पैसा दिन त के उठेको पैसा पनि रविले खाइ देलान भनेर साझााले बस रोकेको सुचना छ ।

२.शब्दहरुमा भारी परीवर्तन :
रास्वपा संसद विश्वनाथ पोखरेलले ओखलढुङ्गामा हेड सरलाइ थर्काए पछि रास्वपाका कसैले पनि माननीय नभन्ने र माननीय नलेख्ने भनेका थिए । यता मधेष धरान आदी स्थानमा धार्मिक द्धान्द पनि शुरु भए । धार्मिक द्धान्दको अन्त्य पनि शब्दहरुले नै गरेको पाइयो । आदरार्थि बनाएर अन्धोलाइ दृष्टि विहिन, अपाङ्गलाइ विषेश क्षमतावान भने जस्तै आइन्दा यी शब्दहरु मात्र समाजमा प्रयोग गर्न पाइने भयो । गाइलाइ आमा, भैषिलाइ हजुर आमा, बाख्रीलाइ सानी आमा, कुखुरा पोथीलाइ सौतेनी आमा, सुगुरलाइ बराह वा हर्क, जनतालाइ भेडा, नेतालाइ चोर, कर्मचारलिाइ भ्रष्ट आदी ।

३. रास्वपामा नयाँ मान्छे काम पुरानै :
आजको संसद र सरकारमा नेपालीहरु नै नयाँ मान्छे आएका छन । विगत ३६ वर्ष सम्म नेता बन्नेकाहरुलाइ तह लगाउन विगत ३६ वर्षमा कर्मचारी बनेका कर्मचारीका छोराछोरी नै आज ससंद र सरकारमा छन । आफ्नै बाबुको सल्लाहमा चल्ने भए पछि यो नया जनादेशले कुनै काम गर्न नसकेको हो । आजका नेता हिजोका भ्रष्ट कर्मचारीका छोराछोरीहरु हुन । आजको रास्वपाबाट विकसित नेपाल बन्छ भन्ने आशा र सपना जनताका मनबाट टाढा हुदैछ । आज रास्वपा विश्व कप मैदानमा उत्रिएको नक्कली खेलाडी जस्तो मात्र बनेको छ । नक्कली खेलाडीले गोल हातले हान्ने की खुट्टाले हान्ने त्यो पनि जानेनन् ।

४. बालेनको लोकप्रियता र कार्यक्षमता :
बालेनलाइ गित संगितको क्षेत्रले राजनीतिमा ल्याएको हो । बालेनसंग विकसित देश बनाउने कुनै योजना दर्शन कार्यक्रम नीति रणनीति आदी केहि छैनन् । साथै उनिसंग विकसित नेपाल बनाउने चिन्तकहरुको समुह पनि छैन । आन्दोलनबाट सरकार परीवर्तन भए पछि त कता हो कता सामाजिक आर्थिक राजनैतिक पविर्तन हुनु पर्ने हो तर भएन । भविष्यका लागि हाम्रा योजनाहरु भनेर भावि योजनाहरु पनि देखिएनन् । रबिलाइ त सहकारी ठग, जिबि राइलाइ नेपाल नल्याउको आरोप छदैछ । बालेन सरकारको काम सर्पले टोकेको मान्छेलाइ धामीले बचाउछु भने जस्तै मात्र भयो । तर विगतका कंगे्रस एमाले माओवादी राजावादी भन्दा रास्वपाको सरकार थोरै राम्रो अवस्य हो ।

५. हिन्दुराष्ट नेपाल र राजतन्त्र :
बालेनका प्रमुख सल्लाहकार असिम शाह नै मुसलमान छन भने उनले कसरी नेपालाइ हिन्दु राष्ट्र बनाउदछन र । आज विश्वभरीमा नास्तिकहरुको संख्यामा भारी बृद्धि भइ रहेको छ । नेपालमा कुनै पनि धर्म मान्न नपाइने कानुन बनाउनु पर्छ । हिन्दु राष्ट्रले महिला र पिछडा वर्ग माथि ठुलो शोषण गर्दछ । हिन्दु शब्द राजासंग जोडिन्छ । नेपालका राजाहरु विगतमा मुसलमानका सन्तानहरु हुन । राजगाद्धि बचाउन हिन्दु राजामा बदलिएका मात्र हुन । राजा आउ भन्ने केहि ठगहरुको जमात पनि छ । यी ठगहरुले राजा आए पछि तिमीलाइ राजदुत बनाइ दिने, जिएम बनाइ दिने आशा देखाएर लाटा व्यापारीहरुलाइ ठगी गर्दछन । नेपालमा बरु राणा शासन फर्कन सक्छ तर राजा कहिल्यै फर्कन्दैन ।

धन्यवाद ।

Address

Kathmandu
46600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when SPM - Student Power Movement Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share