Ministry of Science, Technology and Innovation

Ministry of Science, Technology and Innovation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ministry of Science, Technology and Innovation, Public & Government Service, Singhdurbar, Kathmandu.

23/08/2026

STI Bill 2083

कार्यक्रममा उपस्थित ६२ जना सबैलाई हार्दिक धन्यवाद । हिजो शनिवारको दिनमा बिज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको हलमा ...
26/07/2026

कार्यक्रममा उपस्थित ६२ जना सबैलाई हार्दिक धन्यवाद । हिजो शनिवारको दिनमा बिज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको हलमा यस मन्त्रालयको मुल कानुन बनाउने र नास्टको ऐन संशोधन गर्ने बिषयमा ६२ जना बैज्ञानिक, अनुसन्धानकर्ता र नवप्रवर्तकहरु संग विहान ११ बजे देखि ५ बजे सम्म ६ घण्टा लामो गहन छलफल भयो । सवैले लिखित रूपमा दिएको सुझावहरु संकलन गरियो। टाढा टाढा भएर उपस्थित हुन नसक्नु हुनेहरुले इमेलमा पठाउनु होला - [email protected]
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Ministry of Science, Technology and Innovation शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल

25/07/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार र व्यवसायीका समस्या समाधान गर्न सरकारले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्रीज्यूले नेपाली उत्पादन निर्यातमा देखिएका कानूनी र प्राविधिक अड्चन हटाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

प्रधानमन्त्रीज्यूले बिदेशी बजारमा नेपाली गलैंचा निर्यात सहज बनाउन कूटनीतिक पहल गर्ने, प्लाइउडको कच्चा पदार्थ निर्यातमा निरुत्साहन गर्नका लागि भन्सार बढाउने र हिमाली भेगमा भेडापालनका लागि वन ऐन परिमार्जन गर्ने बताउनुभयो।

प्रधानमन्त्रीज्यूले स्वदेशी उद्योगहरूको संरक्षण र निर्यात वृद्धि नै सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो। यस्तै, छलफलमा सहभागी व्यवसायीहरूले आफ्ना मागहरू सम्बोधन गर्न प्रधानमन्त्रीज्यूले सरोकारवाला निकायलाई तत्कालै निर्देशन दिँदा आफूहरू उत्साहित भएको प्रतिक्रिया दिनुभयो।

Ministry of Science, Technology and Innovation

मिति २०८३ साउन ५ गते मंगलबारका दिन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय श्री महावीर पुनज्यू र कोरियाका महामहिम...
21/07/2026

मिति २०८३ साउन ५ गते मंगलबारका दिन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय श्री महावीर पुनज्यू र कोरियाका महामहिम राजदूत H.E. Mr. Park Tae young बीच विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भयो।

भेटवार्तामा मन्त्रालयका सहसचिवहरू, माननीय मन्त्रीज्यूका प्रमुख स्वकीय सचिव, परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत उपस्थिति रहेको थियो।उक्त अवसरमा दुई देशबीच आपसी सम्बन्ध, विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भयो।

Ministry of Science, Technology and Innovation

मिति: २०८३/०२/०५नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयसिंहदरबार, काठमाडौँप्रेस विज्ञप्तिविषय: नवगठित मन्त...
19/05/2026

मिति: २०८३/०२/०५

नेपाल सरकार
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
सिंहदरबार, काठमाडौँ

प्रेस विज्ञप्ति

विषय: नवगठित मन्त्रालयको कार्यक्षेत्र तथा सङ्गठनात्मक प्राथमिकता सम्बन्धमा।

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ बमोजिम मन्त्रिपरिषद्को हालैको निर्णय अनुसार नेपाल राजपत्रमा सूचना प्रकाशित भई विधिवत रूपमा स्थापना भएको यस विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको कार्यक्षेत्र, दीर्घकालीन लक्ष्य र सङ्गठनात्मक प्राथमिकताहरूको खाका सर्वसाधारण, अनुसन्धानकर्ता, आविष्कारक तथा सरोकारवाला निकायहरूको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ।यस मन्त्रालयले देशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि वैज्ञानिक अनुसन्धानको संस्थागत विकास, सूचना प्रविधि, अन्तरिक्ष विज्ञान तथा खगोल अध्ययन सम्बन्धी नीति, कानुन तथा राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यक्षेत्र प्राप्त गरेको छ। यसका अतिरिक्त जैविक प्रविधि को प्रवर्द्धन, रेडियोधर्मी पदार्थ तथा आणविक प्रविधिको नियमन, रासायनिक पदार्थहरूको सुरक्षित उपयोगको व्यवस्थापन, ओजोन तहको अध्ययन एवं सौर्य विकिरण मापन जस्ता प्राविधिक क्षेत्रहरू यसै मन्त्रालयको प्रत्यक्ष क्षेत्राधिकार भित्र रहने गरी निर्धारण गरिएको छ।स्वदेशमै अनुसन्धान, आविष्कार र प्रविधि स्टार्टअप इकोसिस्टमको सबलीकरण गर्दै देशको प्राज्ञिक र प्राविधिक जनशक्तिलाई देशभित्रै परिचालन गरी बौद्धिक पलायन रोक्न मन्त्रालयले विशेष रणनीतिक योजना कार्यान्वयन गर्नेछ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (NAST) लगायतका सम्बद्ध नियामक एवं स्वायत्त अनुसन्धान निकायहरूलाई यसै मन्त्रालय अन्तर्गत एकीकृत गरी सञ्चालन गरिने ब्यहोरा समेत स्पष्ट पारिन्छ।विज्ञान तथा प्रविधिको क्षेत्रमा नवप्रवर्तनकारी अध्ययन एवं अनुसन्धानमा संलग्न प्राज्ञिक व्यक्तित्वहरू, विश्वविद्यालयका शोधार्थीहरू र युवा आविष्कारकहरूका लागि मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाका क्रममा जारी गरिने विशेष अनुदान तथा अनुसन्धान फेलोसिप सम्बन्धी कार्यविधिको विस्तृत विवरण आगामी सूचनाहरू मार्फत क्रमशः सार्वजनिक गरिनेछ।

मन्त्रालयको सचिवालय
सिंहदरबार, काठमाडौँ, नेपाल।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल Ministry of Science, Technology and Innovation NASA - National Aeronautics and Space Administration

Address

Singhdurbar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Ministry of Science, Technology and Innovation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share