उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

  • Home
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, Government Organization, Singhdurbar, Kathmandu, .

मुलुकमा औद्योगिक क्रियाकलापहरुलाइ प्रवर्द्वन गर्न तथा व्यापार व्यवसायका लागि अनुकूल वातावरण तयार गर्ने हेतुले नेपालका तत्कालीन प्रधानमन्त्री जुद्धसमशेर जंगबहादुर राणाबाट वि.सं. १९९३ सालमा उद्योग परिषदको स्थापना भएको थियो ।सोही वर्ष नेपालमा पहिलोपटक कम्पनी सम्बन्धी कानून र औद्योगिक व्यवसायसँग सम्बन्धित कानून लागू भएका थिए । वि.सं. २०३८ सालमा उद्योग तथा वाणिज्य मन्त्रालयको स्थापना भएकोमा वि.सं. २०४० सालमा सो मन्त्रालयको क्षेत्राधिकार बढाइ आपूर्तितर्फको जिम्मेवारी समेत प्रदान गरियो । तत्पश्चात सोही सालमा उद्योग, वाणिज्य र आपूर्ति गरी तीनवटा मन्त्रालयको स्थापना गरी अस्तित्वमा रहेको पाइन्छ । वि.सं. २०५७ सालमा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयलाइ एक आपसमा गाभी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थापना भएकोमा पछि २०६५ सालमा सो मन्त्रालयलाइ उद्योग मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी दुइ फरक मन्त्रालयको रुपमा पुनर्गठन गरिएको थियो । तत्पश्चात वि.सं. २०७२ सालमा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाइ विभाजन गरी वाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालय गरी दुइ फरक मन्त्रालयको गठन गरिएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०७४ को निर्णय अनुसार यी तीनवटै मन्त्रालयलाइ एक आपसमा गाभी उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयो गठन भएको छ । यस मन्त्रालय विशिष्ट र संवेदनशील प्रकृतिको कार्यक्षेत्र भएको नेपाल सरकारको एउटा महत्वपूर्ण मन्त्रालय हो। मुलुकको उद्योग, वाणिज्य र उपभोग्य सामग्रीको आपूर्ति क्षेत्रलाई सबल र सुदृढ तुल्याउँदै औद्योगिक वातावरण सिर्जना, लगानी प्रवर्द्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवर्द्धन, सहजीकरण र नियमन, औद्योगिक सम्पत्तिको संरक्षण, औद्योगिक पूर्वाधारको व्यवस्था जस्ता मुख्य कार्यमा मन्त्रालय संलग्न रहँदै आएको छ। यसको लागि उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रसँग सम्बद्ध आवश्यक नीति तथा कार्यक्रमहरूको तर्जुमा गर्ने, तर्जुमा गरिएका नीति तथा कार्यक्रमहरूलाई विभिन्न मन्त्रालय, नेपाल सरकारका अन्य निकाय, निजी क्षेत्र तथा दातृनिकायसँग समन्वय गरी कार्यान्वयन गर्ने, सञ्चालित कार्यक्रमहरूको अनुगमन तथा मुल्याँकन गरी पृष्ठपोषण गर्ने लगायतका कार्यमा मन्त्रालय संलग्न रहदै आएको छ । मन्त्रालयले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०७४, औद्योगिक नीति, २०६७, वाणिज्य नीति;२०७२, नेपाल व्यापार एकिकृत रणनीति २०१६, आवधिक योजनाहरू लगायत वाणिज्य क्षेत्रसँग सम्बद्ध ऐन तथा नियमावलीले निर्दिष्ट गरे बमोजिम उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रको विकास र प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

खाना पकाउने एल.पि. ग्याँसको विक्रि वितरण सम्बन्धी सूचना
16/08/2026

खाना पकाउने एल.पि. ग्याँसको विक्रि वितरण सम्बन्धी सूचना

15/08/2026
खाना पकाउने ग्याँसको अभावमा रहनुभएका उपभोक्ताहरुलाई नेपाल आयल निगमको सूचना
14/08/2026

खाना पकाउने ग्याँसको अभावमा रहनुभएका उपभोक्ताहरुलाई नेपाल आयल निगमको सूचना

नेपाल आयल निगम लिमिटेडको अत्यन्त जरुरी सूचना।
13/08/2026

नेपाल आयल निगम लिमिटेडको अत्यन्त जरुरी सूचना।

13/08/2026

एल.पी. ग्यास सम्बन्धी विवरणका लागि यहाँ क्लिक गर्नुहोस।

Address

Singhdurbar, Kathmandu

44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share