National Trauma Center

National Trauma Center National Trauma Center, National Academy of Medical Sciences (NAMS), Kathmandu, Nepal.

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment
27/08/2026

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment
27/08/2026

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment

उपाचारार्थ ट्रमा सेन्टरमा ल्याइएका घाइते तथा बिरामीहरूको विवरण
27/08/2026

उपाचारार्थ ट्रमा सेन्टरमा ल्याइएका घाइते तथा बिरामीहरूको विवरण

23/08/2026

बिज्ञप्ति

राष्ट्रिय ट्रमा सेन्टरमा करारमा चिकित्सक नियुक्ति सम्बन्धी सञ्चारमाध्यमहरूमा आएका समाचार तथा नेपाल चिकित्सक संघका सदस्य डा. अमित झाले राख्नुभएको धारणाप्रति हाम्रो ध्यानाकर्षण भएको छ। राष्ट्रिय ट्रमा सेन्टरले आर्थिक वर्ष २०८३/८४ मा पदपूर्ति गर्नुपर्ने मेडिकल अफिसर पदहरूको लागि लिखित परीक्षा सञ्चालन गरी योग्यताक्रम सूची प्रकाशित गरिसकेको छ, जुन सेन्टरको वेबसाइटमा उपलब्ध छ। परीक्षा प्रक्रिया रोकिएको नभई सोही योग्यताक्रम सूची अनुसार क्रमशः पदपूर्ति गरिने र यस आर्थिक वर्षभरि थप हुने नयाँ वा रिक्त पदहरूमा पनि यसै सूचीका आधारमा मात्र नियुक्ति गरिने जानकारी गराउँछौँ।

विगतका नियुक्तिहरूका सम्बन्धमा यस सेन्टरमा दुई तरिकाले पदपूर्ति गर्ने गरिएको छ: (१) खुला प्रतिस्पर्धाबाट (लिखित परीक्षा वा लिखित र अन्तर्वार्ता दुवै) र (२) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली २०६५ अनुसार। माथिका जुनसुकै प्रक्रियाबाट नियुक्ति गरिए तापनि नियमानुसार करार नियुक्ति ६ महिनाका लागि मात्र मान्य हुन्छ। तत्पश्चात् संस्थाको आवश्यकता र औचित्यताका आधारमा म्याद थप वा निरन्तरता दिने कानूनी प्रावधान छ ।अस्पताल जस्तो संवेदनशील ठाउँमा प्रत्येक ६-६ महिनामा पुराना चिकित्सकहरूलाई पदमुक्त गर्दै नयाँ परीक्षा लिएर शतप्रतिशत नयाँ पदपूर्ति गर्नु कति व्यावहारिक र सम्भव छ ?? त्यसैले विगतमा एउटा निश्चित प्रक्रिया पूरा गरी नियुक्त भएका चिकित्सकहरूलाई कार्यक्षमता मूल्याङ्कन, आवश्यकता र औचित्यताका आधारमा प्रत्येक ६-६ महिनामा म्याद थप गरी निरन्तरता दिने गरिएको छ ।

यदि नियुक्ति प्रक्रियामा कुनै त्रुटि भएको भए सम्बन्धित नियमनकारी निकायबाट छानबिन हुन सक्ने समेत जानकारी गराउन चाहन्छौं

सुरक्षा तथा सरसफाइ सेवा सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
29/07/2026

सुरक्षा तथा सरसफाइ सेवा सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।

राष्ट्रिय ट्रमा सेन्टरले मेडिकल अधिकृत (आठौं तह) तथा फार्मेसी सहायक (पाँचौं तह) पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेक...
28/07/2026

राष्ट्रिय ट्रमा सेन्टरले मेडिकल अधिकृत (आठौं तह) तथा फार्मेसी सहायक (पाँचौं तह) पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। विस्तृत जानकारीका लागि राष्ट्रिय ट्रमा सेन्टरको आधिकारिक वेबसाइट तथा सूचना हेर्नुहोस्। उत्तीर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई! 🎉

राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित स्वास्थ्य/सामाग्री (Implant) हस्तान्तरण कार्यक्रम काठमाडौं महानगरपालिकाका  का.वा. मेयर श...
24/07/2026

राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित स्वास्थ्य/सामाग्री (Implant) हस्तान्तरण कार्यक्रम काठमाडौं महानगरपालिकाका का.वा. मेयर
श्री सुनिता डंगोलज्यूको गरिमामय उपस्थितिमा सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने काठमाडौं महानगरपालिका तथा चि. वि. रा.प्र.प्रमुख लगायत सम्पूर्ण सहभागीहरूमा हार्दिक धन्यवाद।
#राष्ट्रिय_ट्रमा_सेन्टर #काठमाडौंमहानगरपालिका #सुनिता_डंगोल #स्वास्थ्यसेवा

राष्ट्रिय ट्रमा सेन्टरले, पुराना र लामो समय देखि प्रयोग बिहिन जिन्सी मालसामानहरुको लिलाम बिक्री सम्बन्धि बोलपत्र आह्वान ...
14/07/2026

राष्ट्रिय ट्रमा सेन्टरले, पुराना र लामो समय देखि प्रयोग बिहिन जिन्सी मालसामानहरुको लिलाम बिक्री सम्बन्धि बोलपत्र आह्वान गरिएको छ।

🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉राष्ट्रिय ट्रमा सेन्टर परिवारका तर्फबाट प्रा. डा. बिबेक आचार्यज्यूलाई चिकित...
10/07/2026

🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉

राष्ट्रिय ट्रमा सेन्टर परिवारका तर्फबाट प्रा. डा. बिबेक आचार्यज्यूलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS) को उपकुलपति पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल, प्रभावकारी एवं उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

उहाँको नेतृत्वमा चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा थप उत्कृष्टता, नवप्रवर्तन र संस्थागत विकासले नयाँ उचाइ हासिल गर्ने विश्वास लिएका छौं।

डा. रुद्र मरासिनी
प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट
तथा सम्पूर्ण राष्ट्रिय ट्रमा सेन्टर परिवार

मेडिकल अधिकृत (आठौं) र फार्मेसी सहायक (पाँचौं) पदको परीक्षा मिति तथा परीक्षा केन्द्र सम्बन्धी सूचना
09/07/2026

मेडिकल अधिकृत (आठौं) र फार्मेसी सहायक (पाँचौं) पदको परीक्षा मिति तथा परीक्षा केन्द्र सम्बन्धी सूचना

Address

Mahankal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when National Trauma Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Trauma Center:

Shortcuts

Share