14/04/2026
नयाँ बर्ष २०८३ को हार्दिक शुभ-कामना 🙏
नव बर्षको हार्दिक शुभकामना🙏
२०७६ सालको अन्तिम तिर देखि २०८२ अन्तिम सम्म इमान्दारीता पूर्वक राजनीतिक, सामाजिक र राष्ट्रिय, रुपान्तरणलागि राष्ट्रियता, नागरिकतन्त्र, सुशासन,समृद्धि, नेपालवाद र मत परिवर्तन तथा मत क्रान्तिका बिषयमा आफ्नो विवेकले भ्याए सम्म जिम्मेबार भूमिकामा रहेर वकालत गर्ने सत प्रयास गरें। ६ बर्षको यो दैनिक तालिका र भूमिकालाई भने २०८३ को आगमन संगै अहिलेलाई केही परिबर्तन गर्दै छु। सुशासन र नेपालवादको एजेण्डामा निरन्तर पैरवी रहने नै छ। सामाजिक कर्म र २०७७ अगाडीका केही काममा निरन्तरता दिने प्रयास गर्ने छु। नेपाली मौलीक कला संस्कृतीको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन र गीत संगीत प्रति सकेको योगदान दिने नै छु। गरिरहेको केही व्यापार ब्यबसाय र उत्पादन क्षेत्रमा अलि सकृयता बढ्ने छ।अस्ति, हिजों जस्तै आज र भोलि पनि यहांहरु सबैको माया, सदभाव र शुभेच्छा पाउने नै छु भन्ने कुरामा विश्वस्त छु।सामाजिक, राजनीतिक, सञ्चार, गीत संगीत र ब्यवसायिक यात्रामा जान अन्जानमा यहांहरु कसैको मन दुःखाएको भए क्षमा माग्दै नव बर्ष २०८३ यहांहरु सबैको सुखद रहोस् भन्ने कामना सहित मुलुकमा सुशासन, शान्ति, समृद्धि र बिकास छाओस् भने हार्दिक शुभकामना व्यक्त गर्दछु।
सबैको जय होस्!
-Gobinda Giri
Sushasan Abhiyan Gobinda Giri गोविन्द
Govinda Giri Nepalbadi नेपालवादी🇳🇵