Ashok k Chaudhary Secretariat -अशोक कु चौधरी सचिवालय

  • Home
  • Nepal
  • Kathmandu
  • Ashok k Chaudhary Secretariat -अशोक कु चौधरी सचिवालय

Ashok k Chaudhary Secretariat -अशोक कु चौधरी सचिवालय सेवा नै धर्म हो ।

16/08/2026

कृषिमा गर्नुपर्ने काम धेरै छन्, सुधार गर्नुपर्ने नीति अझ धेरै छन्। दशकौँदेखिको नीतिगत कमजोरी, निर्णयहीनता र अकर्मण्यताको परिणामस्वरूप कृषि क्षेत्रले भोगिरहेका समस्यालाई अब सुधारको बाटोमा लैजान आवश्यक छ।
वास्तविक समस्या, किसानका आवश्यकता र गर्नुपर्ने नीतिगत सुधारलाई स्पष्ट रूपमा पहिचान गर्दै बलियो, दीर्घकालीन र किसानमैत्री कृषि नीति निर्माणका लागि निरन्तर संवाद, छलफल र सहकार्य आवश्यक छ।
यस महत्वपूर्ण विषयमा निरन्तर बहस, संवाद र सहकार्यका लागि AATI Nepal लाई विशेष धन्यवाद।

#कृषि

14/08/2026

सम्पूर्णमा नमस्कार !

वन, वातावरण तथा राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षणसँग सम्बन्धित विद्यमान कानुनी समस्या, आवश्यक कानुनी सुधार तथा नीतिगत विषयहरू सम्बन्धमा छलफल गरिने भएकाले यस क्षेत्रसँग सम्बन्धित आवश्यक विषयहरू स्पष्ट रूपमा उल्लेख गरी लिखित सुझाव उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।

प्राप्त सुझावहरूलाई आवश्यक छलफल, नीतिगत सुधार तथा कानुनी परिमार्जनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्न उपयोग गरिनेछ।

त्यसैले आफ्ना सुझाव, माग तथा आवश्यक कानुनी र नीतिगत विषयहरू २०८३ साल भदौ ३० गतेभित्र देहायको इमेलमा पठाइदिनुहुन अनुरोध गर्दछु।

इमेल: [email protected]

धन्यवाद।

11/08/2026

आजको विशेष समयमा मा. अशोक कुमार चौधरी !

11/08/2026

संसदको आजको विशेष समयमा
सम्माननीय सभामुख महोदय,
सम्मानित संदन जनताको आवाज सुन्ने, बोल्ने र त्यसलाई राज्यको नीतिमा, रूपान्तरण गर्ने ,सर्वोच्च लोकतान्त्रिक थलो हो।

आज प्रतिपक्षका केही माननीय सदस्यहरूको अभिव्यक्ति सुन्दा यस्तो लाग्यो, मानौँ नेपालका सबै समस्या यही सरकारले सिर्जना गरेको हो। तर वास्तविकता त्यस्तो होइन। देशका चुनौतीहरू दशकौँको नीतिगत कमजोरी, निर्णयहीनता र अकर्मण्यताको परिणाम हुन्।

फरक यति हो—वर्तमान सरकारले समस्यालाई लुकाएका छैन, स्वीकार गरेका छ र समाधान तर्फ कदम चालिरहेका छन।

सभामुख महोदय

देशको आर्थिक समस्या ,कृषि क्षेत्रका समस्या, सेवा प्रवाहको कमजोरी, बेरोजगारी र प्रशासनिक ढिलासुस्ती चार महिनामा जन्मिएका होइनन्।

त्यसैले आज प्रश्न उठाउनेहरूले आफ्नो विगततर्फ पनि एकपटक फर्केर हेर्नुपर्छ। लोकतन्त्रमा सरकारलाई प्रश्न गर्ने अधिकार छ, तर आफ्नो जिम्मेवारी,स्वीकार गर्ने , दायित्व पनि उत्तिकै हुन्छ।

सभामुख महोदय

वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ। पहिलो पटक उखु क्रसिङ भएकै वर्ष, करिब १ अर्ब ४० करोड रुपैयाँ ,प्रवर्द्धन अनुदान ६६ हजार उखु किसानलाई भुक्तानी गरिएको छ। उखु मिलहरूले तिर्नुपर्ने करिब १४ अर्ब रुपैयाँ ९४ प्रतिशत रकम किसानले प्राप्त गरिसकेका छन्।

त्यति मात्र होइन, बर्ड फ्लुबाट प्रभावित सुनसरी, मोरङ, झापा, काठमाडौं लगायतका जिल्लाका १०४ कृषक तथा फर्मलाई ५० करोड ७१ लाख रुपैयाँभन्दा बढी राहत उपलब्ध गराइएको छ।

यही हो,किसानप्रतिको,सरकारको व्यवहारिक ,प्रतिबद्धता।

सभामुख महोदय
सरकारको ध्यान आरोपको जवाफ दिनुभन्दा पनि जनताको विश्वास जोगाउने काममा केन्द्रित देखिन्छ। सरकार गठन भएयता ८५३ सरकारी कार्यालयको अनुगमन गरिएको छ र आचारसंहिता उल्लंघन गर्ने ८ हजार ८३० कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। यसले सरकार सुशासनमा सम्झौता गर्दैन भन्ने सन्देश दिएको छ।

वर्षौंदेखि बन्द र घाटामा थलिएका राष्ट्रिय उद्योगलाई पुनः आफ्नै खुट्टामा उभ्याउने प्रयास पनि सुरु भएको छ।

आयातमा निर्भरता भण्डारण क्षमताको कमजोरीका कारण ग्यासको समस्या आउँदा प्रश्न उठाउने प्रतिपक्षले हिजो ग्यास पाइपलाइनको आश्वासन दिएर वर्षौंसम्म काम किन अघि बढेन ! त्यो पनि सम्झन जरुरी छ।

समस्या देखाएर राजनीति गर्न सजिलो छ, तर वर्षौंसम्म थलिएका संरचना सुधारेर उत्पादन, रोजगारी र आत्मनिर्भरता बढाउनु सरकारको वास्तविक जिम्मेवारी हो।
वालेन सरकारले आश्वासन बाँड्न होइन, बन्द उद्योग चलाउन र जनतालाई परिणाम दिन काम गरिरहेका छ।

तथापि केही माननीयहरु दुःखद घटनाहरुलाई लीएर सरकार असफल भएको प्रमाणका रूपमा प्रस्तुत गर्न खोज्नु भएको छ। म स्पष्ट भन्न चाहन्छु—लोकतान्त्रिक सरकार घटनाबाट भाग्दैन। निष्पक्ष अनुसन्धान गर्छ, दोषीलाई कानुनी दायरामा ल्याउँछ र पीडितलाई न्याय दिलाउँछ।

तर अनुसन्धान पूरा नहुँदै राजनीतिक निष्कर्ष निकाल्नु न्यायको सिद्धान्त विपरीत हुन्छ। प्रत्येक दुःखद घटनालाई राजनीतिक लाभको साधन बनाउनु पीडित प्रतिको अन्याय हो।

सम्माननीय सभामुख महोदय,

अन्त्यमा, सम्मानित सदनमार्फत सबै माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु—सामाजिक सञ्जालको भाष्यलाई,संसदको सत्य नबनाऔँ।
भ्रम र राजनीतिक स्वार्थका आधारमा, जनतालाई भ्रमित गर्ने प्रयास नगराैं। सबैमा मेरो निवेदन छ।

सरकार कुनै पनि घटना प्रश्नबाट भाग्दैन। छानबिन गर्नुपर्ने विषयमा निष्पक्ष छानबिन हुन्छ, कमजोरी देखिए सुधार गरिन्छ, र जनताप्रतिको जवाफदेहिता सुनिश्चित गरिन्छ। यही लोकतन्त्रको मर्म हो, यही वर्तमान सरकारको प्रतिबद्धता पनि हो भन्ने विश्वासका साथ भनाई अन्त्य गर्दछु।

धन्यवाद।

📢 स्वकीय सचिव पदका लागि आवेदन खुल्ला!नीतिगत अनुसन्धान, प्रतिवेदन लेखन र डिजिटल उपकरणमा दक्ष हुनुहुन्छ? आजै आवेदन दिनुहोस...
08/08/2026

📢 स्वकीय सचिव पदका लागि आवेदन खुल्ला!

नीतिगत अनुसन्धान, प्रतिवेदन लेखन र डिजिटल उपकरणमा दक्ष हुनुहुन्छ? आजै आवेदन दिनुहोस्!
📅 अन्तिम मिति: २०८३ श्रावण २६
📩 [email protected]
सम्पर्क: ९८०४३२८००५ / ९८२७०८६३६३

स्थानीय तहले भूमि शाखा गठन गरि कर्मचारी नखटाएको कारण लगत प्रविष्टि र प्रमाणिकरणमा बाधा परेको छ । -भूमि समस्या समाधान समि...
06/08/2026

स्थानीय तहले भूमि शाखा गठन गरि कर्मचारी नखटाएको कारण लगत प्रविष्टि र प्रमाणिकरणमा बाधा परेको छ ।
-भूमि समस्या समाधान समिति

***कतै बील लिन छुट्नुभएको त छैन ?***वस्तु तथा सेवा खरिद पश्चात बीजक लिन नबिर्सनुहोला ।
04/08/2026

***कतै बील लिन छुट्नुभएको त छैन ?***
वस्तु तथा सेवा खरिद पश्चात बीजक लिन नबिर्सनुहोला ।

04/08/2026

सम्माणीय सभामुख महोदय

सर्वप्रथम मेरो जिल्ला सुनसरी देवानगंज घटनाका घाइते रविन्द्र महेताको उपचारको क्रममा मृत्यु भएको खबरले स्तब्ध बनाएको छ ।
साथै सुनसरी र सिराहमा भएको दु:खत घटना ज्यान गुमाउनु भएका जयप्रकाश मेहता ओम प्रकाश मेहता र गणेश यादव प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु।
Ashok Kumar Chaudhary

सूचना / हार्दिक आह्वाननेपालका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूका लागि विशेष आह्वान!नेपालमा प्राङ्गारिक तथा...
04/08/2026

सूचना / हार्दिक आह्वान

नेपालका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूका लागि विशेष आह्वान!

नेपालमा प्राङ्गारिक तथा जैविक मल (Organic & Bio-Fertilizers) को व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, गुणस्तर अभिवृद्धि गर्ने र उत्पादकहरूबीच सशक्त सञ्जाल/समूह (Network/Group) निर्माण गर्ने उद्देश्यका साथ : कृषि, वन तथा वातावरण मन्त्रालयले देशभरका व्यावसायिक उत्पादकहरूको विवरण संकलन गरिरहेको छ।
यदि तपाईं प्राङ्गारिक, भर्मी कम्पोस्ट, वा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गर्दै हुनुहुन्छ वा दर्तायुक्त उद्योग/फर्म सञ्चालन गरिरहनुभएको छ भने कृपया तल दिइएको प्रक्रियामार्फत आफ्नो विवरण दर्ता गराउनुहुन हार्दिक अनुरोध गरिन्छ।

फारम कसरी भर्ने?
1. QR Code स्क्यान गरेर: तल फोटोमा दिइएको QR Code स्क्यान गरी सोझै फारम भर्न सक्नुहुनेछ।
2. लिङ्कमार्फत: विवरण भर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोस्:
https://forms.gle/SjgsTDRP5abNG45L6

फारम भर्ने अन्तिम मिति: २०८३ साउन २१ गते, बिहिवार

आउनुहोस्, माटोको उर्वराशक्ति जोगाउन र दिगो कृषि विकासका लागि हातेमालो गरौँ!

कृषि, वन तथा वातावरण मन्त्रालय

सम्बन्धित सबैको लागि
04/08/2026

सम्बन्धित सबैको लागि

Address

Kathmandu

Telephone

+9779804328005

Website

Alerts

Be the first to know and let us send you an email when Ashok k Chaudhary Secretariat -अशोक कु चौधरी सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ashok k Chaudhary Secretariat -अशोक कु चौधरी सचिवालय:

Shortcuts

Share