PMO Nepal

PMO Nepal Official page of the Office of the Prime Minister and Council of Ministers - Nepal
(8)

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनुभएका सुरक्षाकर्मी तथा उहाँहरूका परिवारलाई राहत तथा सहायता प्रद...
04/09/2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनुभएका सुरक्षाकर्मी तथा उहाँहरूका परिवारलाई राहत तथा सहायता प्रदानका लागि सम्बन्धित सुरक्षा निकायबाट महत्त्वपूर्ण निर्णय भएका छन्।

भोटेकोशी बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल, नेपालका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन हुनुभएको छ।

सशस्त्र प्रहरी बल, नेपालले भोटेकोशी बाढीमा ज्यान गुमाउनुहुने आफ्ना कर्मचारीका आश्रित परिवारलाई सरकारी मापदण्ड र संगठनका राष्ट्रसेवकहरूको तर्फबाट गरी २५ लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।

यसका साथै, मृतक कर्मचारीका परिवारका लागि कल्याण कोषको ऋण मिनाहा, सन्तानलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म सम्पूर्ण शैक्षिक शुल्क छुट, आश्रित परिवारका १ सदस्यलाई सीपमूलक तालिम र उपयुक्त स्थानमा स्मारक निर्माण गरिनेछ।

बाढीबाट ज्यान जोगाउन सफल ५ जना कर्मचारीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ।

त्यस्तै, बाढीमा ज्यान गुमाउने बहालवाला कर्मचारीका परिवारका सदस्य र बाढी प्रभावित अवकाश प्राप्त कर्मचारीको मृत्यु वा घरबारविहीन भएको अवस्थामा १ लाख रुपैयाँ तथा घाइते भएको खण्डमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गरिने निर्णय गरिएको छ।

विपदको यस घडीमा सशस्त्र प्रहरीको ३ देखि १५ दिनसम्मको तलब योगदान गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ करोड ५० लाख रुपैयाँ जम्मा गरिने भएको छ।

यसैगरी, नेपाल प्रहरीले पनि यस बाढीमा ज्यान गुमाउने प्रहरी कर्मचारीका परिवारजनलाई प्रहरी नियमावली बमोजिम उपलब्ध हुने सेवा-सुविधाका अतिरिक्त राहत स्वरूप जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

यसका साथै दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने, परिवारबाट इच्छुक एक जना सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने र सन्ततिलाई नेपाल प्रहरी स्कुलमा नि :शुल्क अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको छ।

यसका साथै, सरकारले बाढी प्रभावित क्षेत्रमा अग्रपंक्तिमा खटिएका टोलीहरूलाई प्रोत्साहन स्वरूप विशेष भत्ताको पनि व्यवस्था गरेको छ।

भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धार कार्यमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरूलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा नि :शुल्क उपचार र उद्धारकै क्रममा मृत्यु भएमा निजको परिवारलाई १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

नेपाली सेनाले भने यस विषयमा निर्णय गर्न बाँकी नै छ। विपत प्रतिकार्यमा सेनाले अग्रपंक्तिमा रहेर काम गरिरहेको छ।

04/09/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सरकार युद्वस्तरमा लागेको छ।

यही भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो।

सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

यी पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो। जसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ। यी ५ वटा झोलुङ्गे पुलहरू १ महिनाभित्र मर्मत सम्पन्न गरिनेछ।

त्यसैगरी, पुनः निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।

04/09/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिसुली थ्री ए मा फस्नुभएका २ जनाको आज बिहान उद्धार हुँदै गर्दाको दृश्य।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य विज्ञहरु संलग्नु हुनुहुन्थ्यो। बाढीमा फसेको १० औं दिनमा उहाँहरुको उद्धार सफल भएको हो।

04/09/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ। बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीज्यूले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताउनुभयो।

प्रधानमन्त्रीज्यूले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरुले देखाउनुभएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

साथै, उहाँले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। खासगरी अष्ट्रेलियाले विशेषज्ञसहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको तथा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो।

साथै, प्रधानमन्त्रीज्यूले नेपालमा बाढीका कारण बेपत्ता हुनु भएका अष्ट्रेलियाली नागरिकहरुको पनि खोजी कार्य तीव्र पारिरहेको बताउनुभयो।

उहाँले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताउनुभयो।

संवादका क्रममा अष्ट्रेलियाका प्रधामन्त्रीले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गर्नु भएको थियो।

04/09/2026
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक ...
04/09/2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ।

​जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कबीर महर्जन हुनुहुन्छ। उहाँलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ।

​यस्तै, सुरुमा उद्धार गरिनुभएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य अवस्था स्थिर देखिएतापनि थप परीक्षणका लागि उहाँलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ।

​नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरुको संयुक्त टोलीले आज बिहानै उहाँहरुको उद्धार गरेको हो।
आयोजनाभित्र मानिसहरु फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो।

03/09/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम भइरहेको छ।

आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेको छ।

सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामसहितका संरचना तथा ठूलठूला ढुंगाहरु (डेब्रिस) छन्। रातदिन निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट ३ फिट जति सुरुङको मुख खुलाइएको छ।

यससँगै उद्धार टोली त्यसभित्र १५-२० मिटर परसम्म पुगिसकेको छ भने एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य जारी छ। थप ७ वटा बोल्डर (ठूला ढुंगा) ब्लास्टिङका लागि तयारी भएको छ।

यो सुरुङ १७० मिटर जति लम्बाइको छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिनेछ।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाउनुभएको मन्त्रिपरिषद् बैठक।
03/09/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाउनुभएको मन्त्रिपरिषद् बैठक।

03/09/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेट गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरुबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको छ।

यस्तै, उहाँहरुबीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।

प्रधानमन्त्रीज्यूसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गर्नुभएको थियो। उहाँहरुबीचको भेटमा बाढीलगायतका विषयमा कुराकानी भएको छ।

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गर...
02/09/2026

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।

बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि १/१ करोड र धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो।

रसुवाको उत्तरगया गाउँपालिकाका लागि १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि २ करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदीङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिसकेको छ।

त्यसैगरी नुवाकोटको विदुर नगरपालिकाका लागि ३ करोड, बेलकोटगढी नगरपालिकाका लागि १ करोड ७५ लाख, किस्पाङ्ग गाउँपालिकाका लागि ५० लाख, तारकेश्वर गाउँपालिकाका लागि १ करोड रुपैयाँ निकासा गरिएको छ।
धादिङको गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख, बेनीघाट गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिएको छ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख र तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आबुँखैरनी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा भइसकेको छ।

त्यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। जसमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपैयाँ उपलब्ध गराएको थियो।

हाल कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रकम मौज्दात छ। साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714231610

Alerts

Be the first to know and let us send you an email when PMO Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to PMO Nepal:

Shortcuts

Share