24/05/2026
हाल देशका केही प्रसारण लाइन क्षेत्रमा प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको छ। प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिई मर्मत तथा पुनः सञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेका छन्।
हालसम्मको प्रगति विवरण:
१. पिलुवा (पथलैया) – चन्द्रनिगाहपुर खण्ड
टावर नं. १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएकोमा उक्त रुख हटाउने कार्य सम्पन्न भइसकेको छ। हाल सर्किट चार्ज गर्ने कार्य भइरहेको छ।
२. सोही खण्ड (टावर नं. १३६–१३७)
तीन वटा रुख हटाइएको छ तथा लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य जारी रहेको छ।
३. अमलेखगञ्ज – कामाने खण्ड
टावर नं. ४६–४७ बीच एक रुखका कारण HTLS कन्डक्टरमा क्षति पुगेको छ। मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ र स्ट्रिङिङ कार्य सुरु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् आपूर्ति पुनः सुचारु गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ।
विद्युत् सेवामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। उपभोक्तावर्गको धैर्य, समझदारी तथा सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।