23/01/2026
२०८२ फागुन २१ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएका सम्पूर्ण २८ जना उम्मेदवारहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
म पनि स्वतन्त्र उम्मेदवारको रूपमा राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिन्ह ‘बाँसुरी’ लिएर यस लोकतान्त्रिक चुनावी प्रक्रियामा सहभागी भएको छु।
यो प्रतिस्पर्धामा को जित्छ भन्ने कुरा भन्दा पनि निष्पक्ष, स्वच्छ र सभ्य निर्वाचन हुनु सबैभन्दा महत्वपूर्ण छ।
अन्तिम निर्णय जनताको हातमा हुन्छ — जनताकै फैसला नै सर्वोपरि हुन्छ।
लोकतन्त्रको यो पर्वलाई सभ्य, शान्त र सकारात्मक बनाउँदै विकास, सुशासन र परिवर्तनको दिशामा सँगै अघि बढौं।
सबैलाई पुनः हार्दिक शुभकामना!