Council of Youth

Council of Youth Online Political Party

सरकारको असफलता, गैरजिम्मेवारी र जनताको पीडाप्रतिको बेवास्ताका कारण आज देश तनाव, निराशा र आक्रोशको चपेटामा परेको छ । लगात...
30/07/2026

सरकारको असफलता, गैरजिम्मेवारी र जनताको पीडाप्रतिको बेवास्ताका कारण आज देश तनाव, निराशा र आक्रोशको चपेटामा परेको छ । लगातार बढिरहेका आत्महत्या, आत्मदाहका घटनाहरू, धार्मिक तथा सामाजिक द्वन्द्व, र विरोध प्रदर्शनका क्रममा नागरिकमाथि भएको बल प्रयोगले राज्य संयन्त्रप्रतिको विश्वास गम्भीर रूपमा कमजोर बनाएको छ ।

जनताको ज्यान जाने, नागरिकहरू सडकमा उत्रिन बाध्य हुने र देश अशान्तितर्फ धकेलिने अवस्था आउँदासमेत सरकार मौन बस्न मिल्दैन । यसका लागि जिम्मेवार निकायमाथि निष्पक्ष छानबिन होस्, दोषी जोसुकै भए पनि कानुनी कारबाही होस्, र घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्छ ।

जनताको सुरक्षा गर्न नसक्ने, संकट व्यवस्थापन गर्न नसक्ने र जनआक्रोश सुन्न नसक्ने नेतृत्वले पदमा बसिरहने नैतिक अधिकार गुमाइसकेको छ ।

प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा हाम्रो माग हो ।

22/05/2026

🔥 नयाँ जोगीले धेरै खरानी घस्छ भन्थे, यहाँ त नयाँ 'बाघ' भनिएकाहरू नै पुराना स्याल भन्दा खत्तम निस्किए ! 🔥

ठूलो आस गरियो, पुराना भ्रष्ट र नातावादी नेताहरूबाट आजित भएर विकल्प खोजियो। सोचिएको थियो । नयाँ पुस्ता आउँदा शैली फेरिएला, थिति बस्ला, जनताले न्याय पाउनन् ।

तर विडम्बना !

अहिलेको नयाँ बालेन सरकारको अहंकार, एकाधिकार र कार्यशैली हेर्दा पुराना नेताहरू त कता हो कता 'भलाद्‍मी' जस्ता देखिन थाले !

पुरानाले त लुकेर, अलिकति डर मानेर लुटीच्युटी गर्थे; यिनीहरू त झन् सामाजिक सञ्जालको स्टन्ट र 'पपुलिजम' को ओत लागेर कानुन र संविधानकै खिल्ली उडाइरहेका छन् । जनताको आवाज सुन्नु त परको कुरा, प्रश्न सोध्नेलाई नै शत्रु देख्ने र ठेगान लगाउने यिनीहरूको 'नयाँ तानाशाही' शैली पुराना शासकको भन्दा कडा र खतरनाक छ ।

व्यवस्था फेरियो, अनुहार फेरियो, तर जनतालाई 'भेडा' बनाउने र आफ्नै दुनो सोझ्याउने शासकको चरित्र कहिल्यै फेरिएन । विकल्पका नाममा आएकाहरू झन् महा-खत्तम निस्किएपछि अब हामी कति दिन ताली मात्र बजाएर बस्ने ?

यदि तपाईं पनि यो स्टन्टबाजी, अहंकार र नयाँ प्रवृत्तिको बेथिति विरुद्ध हुनुहुन्छ भने, अब भेडा बनेर मौन बस्ने होइन, सचेत बनेर संगठित हुने बेला आएको छ ।

👉 हाम्रो यस अभियानमा जोडिन र आवाज बुलन्द पार्न तलको गुगल फारम भर्नुहोस्: https://docs.google.com/forms/d/e/1FAIpQLSeFXhoDtAImE4-IWDgRQZzuCMjeofr63MqUNot2OnsEzf8TGA/viewform?usp=publish-editor

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Council of Youth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share