TMO Kalanki

TMO Kalanki An official page to TMO Kalanki. The office serves for getting new driving license, renewal and so on.

20/08/2026

आदरणीय सेवाग्राही,

सवारी चालक अनुमति पत्र (Driving License) अद्यावधिक गरिसक्नुभएको भए पनि नागरिक एपमा पुरानै विवरण देखिएको सम्बन्धमा गुनासाहरू प्राप्त भइरहेका छन्।

अद्यावधिक (Updated) विवरण नागरिक एपमा देखाउनका लागि कृपया सवारी चालक अनुमति पत्रको विवरण रहेको पेजमा तलतिर Pull/Swipe गरी Refresh गर्नुहोस्।

यदि Refresh गरेपछि पनि अद्यावधिक विवरण नदेखिएमा, कृपया सवारी चालक अनुमति पत्रलाई Unlink गरी पुनः Link गर्नुहोस्।

यसबाट तपाईंको अद्यावधिक सवारी चालक अनुमति पत्रको विवरण नागरिक एपमा देखिनेछ।

धन्यवाद।

आफ्नो लाइसेन्सको विवरण ठीक भए नभएको जाँच गर्दा विवरण ठीक भएमा मात्र नयाँ, वर्गथप, प्रतिलिपी तथा नविकरणको लागि अनलाईन आवे...
19/08/2026

आफ्नो लाइसेन्सको विवरण ठीक भए नभएको जाँच गर्दा विवरण ठीक भएमा मात्र नयाँ, वर्गथप, प्रतिलिपी तथा नविकरणको लागि अनलाईन आवेदन गर्नुहोला। अन्यथा मेडिकल पास गरिसकेर फेरी आवेदन रद्द गर्नुपर्ने हुन्छ ।

लाइसेन्सको विवरण अनलाईनमा नै जाँच्न मिल्छ । सवारी चालक अनुमतिपत्र विवरणमा गई आफ्नो विवरण रुजु गर्नुहोला ।

विवरण ठीक छैन भने पहिले लाइसेन्स सच्याउने आवेदनमा गई लाइसेन्स सच्याउने, सच्याएको विवरणहरु सवारी चालक अनुमतिपत्र विवरणमा देखिने भएपछि मात्र अन्य कार्यहरुका लागि अनलाईन आवेदन दिनुहोला ।

19/08/2026

श्रावण १ गते पछि License Fee Payment को राजश्व भुक्तानी गर्नुभएका सेवाग्राहीहरुको लाइसेन्स कार्ड छपाई भई कार्यालयमा प्राप्त भएको छैन ।

लाईसेन्स छपाई भएर प्राप्त हुन थाल्यो भने जानकारी दिनेछौँ त्यस पछि मात्र लाइसेन्स कार्ड लिन आउनुहोला ।

18/08/2026

अनलाईन प्रणाली त बन्यो तर सेवाग्राहीहरुलाई सहज भएन जस्तो छ । प्रणाली अलि सजिलो बनाउनु पर्ने भयो । धेरै सेवाग्राहीहरु अलमलिनु भएको छ र अझै बढी साईबरहरुमा निर्भर हुन थाल्नुभयो ।

फाराम बुझ्न र भर्न सजिलो बनाउनु पर्ने देखियो ।

18/08/2026

समस्या समाधानको प्रणाली तयार भएछ । एउटा राम्रो कुरा ।

नागरिकका समस्या पेश गर्ने, कार्यालयले हेर्ने र समाधानसम्म पछ्याउने डिजिटल प्रणाली।

रिट्रायलको निम्ति आवेदन दिँदा नयाँ लाइसेन्सको ट्रायल अनुत्तिर्ण हुनु भएकाहरुले Retrial (New License) र वर्गथपको ट्रायल अ...
17/08/2026

रिट्रायलको निम्ति आवेदन दिँदा नयाँ लाइसेन्सको ट्रायल अनुत्तिर्ण हुनु भएकाहरुले Retrial (New License) र वर्गथपको ट्रायल अनुर्तिर्ण हुनु भएकाहरुले Retrial (Add Category) बाट आवेदन दिनुहोला ।

पुरानो प्रणालीमा राजश्व तिर्नुभएका वा लिखित परीक्षा उत्तिर्ण गर्नुभएका वा ट्रायल परीक्षा अनुत्तिर्ण हुनुभएका आवेदकहरुले ...
17/08/2026

पुरानो प्रणालीमा राजश्व तिर्नुभएका वा लिखित परीक्षा उत्तिर्ण गर्नुभएका वा ट्रायल परीक्षा अनुत्तिर्ण हुनुभएका आवेदकहरुले Application Tracking बाट आफ्नो आवेदनको सही अवस्थामा पुगेपछि अगाडिको प्रकृयाको लागि आवेदन गर्नुहोला ।

लाइसेन्सको फाराम भर्दा प्रयोग गरेको फोन नम्बर अहिले तपाई सँग छैन वा अन्य केही विवरण सही छैन भने नविकरण वर्गथप जस्ता कार्...
17/08/2026

लाइसेन्सको फाराम भर्दा प्रयोग गरेको फोन नम्बर अहिले तपाई सँग छैन वा अन्य केही विवरण सही छैन भने नविकरण वर्गथप जस्ता कार्यको फाराम भर्नु भन्दा अगाडि पहिले License Correction Application र Driving License Details बाट आफ्नो विवरण सच्याएर सच्चिइसकेको एकिन गर्नुहोला । तपाईले फोन नम्बर वा अन्य विवरण सच्याइसकेपछि मात्र नविकरण, वर्गथप जस्ता सेवाहरुको आवेदन भर्नुहोला ।

अफिस भेरिफिकेशनको लागि कार्यालयमा हामी कठिन संघर्ष गर्दैछौँ । सकेजति धेरै आवेदनहरु एप्रुभ गर्न सकियोस् भनेर प्रयत्नरत छौ...
17/08/2026

अफिस भेरिफिकेशनको लागि कार्यालयमा हामी कठिन संघर्ष गर्दैछौँ । सकेजति धेरै आवेदनहरु एप्रुभ गर्न सकियोस् भनेर प्रयत्नरत छौँ । प्राप्त आवेदनहरुमा प्रणालीले अचम्म अचम्मको अवस्था देखाईदिन्छ अनि हामीलाई एप्रुभ गर्न कठिनाई भएको छ ।

धेरै आवेदनहरुमा Approve Button नै छैन । आवेदकको फिङ्गरप्रिन्टहरु देखिँदैनन् ।

आवेदकहरुले अपलोड गरेको नागरिकताको फोटोमा भएको नागरिकता नम्बर र सिस्टमले देखाएको नागरिकता नम्बर नै फरक फरक देखिएको छ ।

सम्भावित लाइसेन्स होल्डर भनेर भिन्न भिन्न नामथर भएका व्यक्तिहरु लिष्ट गरिदिन्छ ।

थुप्रै आवेदनहरुमा NID Verified नभएको कारण अगाडि बढ्नु हुँदैन देखाएको छ ।

थुप्रै आवेदनहरुमा Approve बटन नै राखिएको हुँदैन ।

यी र यस्ता समस्याहरुका कारण अफिस एप्रुभल गर्ने कार्य द्रुत हुन सकेको छैन । प्रत्येक समस्याहरु विभागको Developer Team लाई रिपोर्ट गर्दै समाधान गर्दै अफिस एप्रुभ गरिरहेका छौँ । Developer हरुले प्रणालीका समस्याहरु समाधान गरिदिँदै जाँदा र हामीले अरु थप कर्मचारीहरुलाई सिकाएर एप्रुभ गर्ने काममा खटाउँदै जाँदा अफिस एप्रुभ छिटो हुन थाल्नेछन् ।

कार्यालय प्राप्त आवेदनहरुलाई जति सक्यो छिटो एप्रुभ गर्न प्रयत्नरत छ । सेवाग्राहीहरुको धैर्यताको लागि कार्यालयल हार्दिक आभारी छ ।

Address

Thulobharyang, Nagarjun/03
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when TMO Kalanki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share