सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society

  • Home
  • Nepal
  • Kathmandu
  • सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society, Social service, लामोसाँघु, बलेफी/७, सिन्धुपाल्चोक, बाग्मती, नेपाल, Kathmandu.

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज

वातावरणीय दृष्टिकोणले सुन्दर र रमणीय सिन्धुपाल्चोक जिल्ला प्रचुर सम्भावना बोकेको सुन्दर ठाउँ हुँदा हुँदै पनि गरिबी र अभावको कारण यहाँका युवाहरू रोजगारी र उच्च अध्ययनको लागि अन्य सहर वा देशमा जाने क्रम तीव्र छ। फलतः जिल्लाको सामाजिक रूपान्तरण, जनचेतना, भौतिक विकास आदिमा सिन्धुपाल्चोक बसी युवाहरूको सहभागिता घट्दो क्रममा रहेको छ। त्यसैले आफ्नो व्यक्तिगत तथा पारिवार

िक कारणले हामी अलग अलग भूगोलमा भए पनि हामी सबै एउटा प्लेटफर्ममार्फत जोडियौँ र आफ्नो गृह जिल्लाको सामाजिक रूपान्तरण, कला संस्कृतिको संरक्षण, देश विदेशमा अप्ठ्यारोमा परेका जिल्ला बासीहरूलाई सहयोग गर्ने जस्ता जिल्लाप्रतिको सामाजिक उत्तरदायित्व सामूहिक रूपमा पुरा गर्न हामीले सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज (Sindhupalchok Global Society) को स्थापना गरेका छौँ। यो संस्था संस्था दर्ता ऐन, २०३४ अनुसार विधिवत् जिल्ला प्रशासन कार्यलाल सिन्धुपाल्चोकमा दर्ता भएको संस्था हो। यस संस्थाको रजिस्टर्ड केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्ला, बलेफी गाउँपालिका वडा नम्बर ७ लामोसाँघुमा रहेको छ। सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले सदस्य संस्थाहरूको परिकल्पना गरेको छ। यो संस्थामा सिन्धुपाल्चोक मूल/पुर्ख्यौली घर भएका दाजुभाइ, दिदीबहिनी हरूले समूह बनाइ सदस्य संस्था दर्ता गर्न र सक्रिय हुन सक्नेछन्। उदाहरणको लागि कुवेतमा कार्यरत सिन्धुपाल्चोक बासीहरूले समूह निर्माण गरि भेलाबाट "सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज कुवेत" गठन गरि विधान अनुसार सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज लाई जानकारी गराइ सदस्य संस्था स्थापना गर्न सक्छन्।

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन सम्पन्न, उद्धव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयनहुनुभएकोमा हार्दि...
19/04/2026

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन सम्पन्न, उद्धव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
🍀
अध्यक्ष: उद्धव नेपाल खत्री
वरिष्ठ उपाध्यक्ष: सोनाम शेर्पा
उपाध्यक्ष: वसन्त थापा
उपाध्यक्ष: सन्तोष लुइँटेल
महासचिव: भुवन दाहाल
कोषाध्यक्ष: सुरज श्रेष्ठ
सह कोषाध्यक्ष: गणेश श्रेष्ठ
सदस्य: सन्तोष आचार्य
अविनाश तिमल्सिना
स्याङ्बो शेर्पा
राजेश पराजुली
कुमारी तामाङ
आरजु खनाल
रुजन ढकाल
प्रज्वल तामाङ
रवी खड्का

आज हुन गईरहेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन पुर्ण सफलताको कामना गर्दछौं । 🍀
18/04/2026

आज हुन गईरहेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन पुर्ण सफलताको कामना गर्दछौं । 🍀

11/04/2026
🎉 समाजसेवी, शालिन्ता र असल व्यक्तित्व यस समावका उपाध्यक्ष Manoj Nepal सरलाई जन्मदिनको शुभकामना 🎈
03/04/2026

🎉 समाजसेवी, शालिन्ता र असल व्यक्तित्व यस समावका उपाध्यक्ष Manoj Nepal सरलाई जन्मदिनको शुभकामना 🎈

भलै गेम हारेतापनि हाम्रो गौरवशाली नेपाली टिमको प्रस्तुती उत्कृष्ट थियो । ❤️🍀
08/02/2026

भलै गेम हारेतापनि हाम्रो गौरवशाली नेपाली टिमको प्रस्तुती उत्कृष्ट थियो । ❤️🍀

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society का उपाध्यक्ष तथा कुवेतमा लामो समय बिताएर स्वदेशमै कृषि...
26/12/2025

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society का उपाध्यक्ष तथा कुवेतमा लामो समय बिताएर स्वदेशमै कृषि कर्ममा क्रियाशील सामाजिक व्यक्तित्व Madhav Poudel Asal Yatri ज्यूलाई जन्म दिनको हार्दिक शुभकामना ।।

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society का उपाध्यक्ष Madhav Poudel Asal Yatri ज्युलाई जन्मदिनक...
26/12/2025

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society का उपाध्यक्ष Madhav Poudel Asal Yatri ज्युलाई जन्मदिनको शुभकामना ।

नेपाल तामाङ घेदुङ कुवेतको आठौं महाधिवेशन बाट दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित हुनुभएका सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय सम...
12/12/2025

नेपाल तामाङ घेदुङ कुवेतको आठौं महाधिवेशन बाट दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित हुनुभएका सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society कुेवेतका सल्लाहकार पेमा लामा ब्लोनलाई पनि विशेष बधाई एवं शुभकामना!नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिका सदस्यहरूलाई आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं !

सिन्धुपाल्चोक जिल्ला लाई प्रतिनिधित्व गर्दै C डिभिजनमा बढुवा भएकोमा  Sindhupalchok fc लाई धेरै धेरै बधाई तथा शुभकामना ।ज...
12/12/2025

सिन्धुपाल्चोक जिल्ला लाई प्रतिनिधित्व गर्दै C डिभिजनमा बढुवा भएकोमा Sindhupalchok fc लाई धेरै धेरै बधाई तथा शुभकामना ।
जय फुटबल ,जय सिन्धुपाल्चोक 🙏⚽️⚽️

नेपाल एसुयसन युएई को महासचिव मा निर्वाचित हुनु भएका सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका सल्लाहकार Kumar Shrestha ज्यु ल...
16/11/2025

नेपाल एसुयसन युएई को महासचिव मा निर्वाचित हुनु भएका सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका सल्लाहकार Kumar Shrestha ज्यु लगायत सम्मुर्ण कार्य समितिलाई सफल कार्यकालको शुभकामना

14/09/2025

1.सडक र यातायात

ग्रामीण सडकलाई पक्की बनाउने, नयाँ पुल निर्माण गर्ने।

मेलम्ची–काठमाडौँ जोड्ने वैकल्पिक बाटो सुधार गर्ने।

2. शिक्षा र सीप विकास

गाउँ–गाउँमा प्राविधिक विद्यालय र तालिम केन्द्र खोल्ने।

युवा रोजगारी कार्यक्रम (IT, कृषि, होटल व्यवस्थापन सीप)।

3. स्वास्थ्य सुधार

क्षेत्रीय अस्पताल स्तरको स्वास्थ्य संस्था बनाउने।

टेलि मेडिसिन र एम्बुलेन्स सेवा विस्तार गर्ने।

4. कृषि र रोजगार

आधुनिक कृषि प्रविधि, सहकारीमार्फत बजारमा पहुँच पुर्‍याउने ।

बाख्रा, बदेल बङ्गुर , माछा पशंु पंक्षि पालन, तरकारी तथा फलफूल खेतीलाई प्रोत्साहन गराउने ।

5. पर्यटन विकास

हेलम्बु ट्रेक, तातोपानी नाका, झरना र धरोहरलाई प्रचार गर्ने।

एग्रो–टुरिजम र होमस्टे परियोजना सुरु गर्ने।

6. विपद् व्यवस्थापन

पहिरो क्षेत्र पहिचान गरेर सुरक्षित पुनर्वास।

स्थानीय स्तरमै राहत कोष र तालिम प्रदान गर्ने ।

सिन्धुपाल्चोकेहरुले चाहेको एजेन्डा
पुरा गर्न सक्ने आऊ नत्र घर जाउ ।

Address

लामोसाँघु, बलेफी/७, सिन्धुपाल्चोक, बाग्मती, नेपाल
Kathmandu
45314

Alerts

Be the first to know and let us send you an email when सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज - Sindhupalchok Global Society:

Share

Category