05/02/2024
दोस्रो अध्यायमा अर्जुनरूपी शरीर र मनरूपी कृष्णबिच जे जति वार्तालाप भएको छ,त्यसला राम्ररि नियाल्ने हो भने अर्जुनले “ युद्ध गर्दिन बरू भिक्षान्न खान्छु” भन्नुमा रहस्य छ । युद्ध भयले ऐस्वर्य नचाहेको देखिन्छ । भबिष्य शरीरको होईन ,बर्तमानको हो भन्ने ज्ञान पनि पाईन्छ । मन भबिष्यको लागी हो । शरीर दृढ छ, शीप छ भने भबिष्यको सुख प्राप्तिको लागी शरीरलाई सक्रिय बन्न निर्देशन गर्दछ। शरीर वर्तमानमा जीउन चाहन्छ, मन भबिष्यमा । त्यसैले कृष्ण भन्दछन ; शरीर मरेर गएपनि अरूले निन्दा गर्नेछन । यहॅा मन र शरीर बिच द्वन्दात्मक वार्ता भइरहेको छ ।
शरीरको सक्रियता आधारभूत आवश्यकता परिपूर्तिकोलागी गरीने कृयाकलापमा भर पर्ने हॅुदा अर्जुन ( शरीर ) आफ्नो सुरक्षाको निश्चितता खोज्दछन र कृष्ण ( मन ) आफ्नै अभीष्ट सिद्धीको लागी अनेकौं तर्क - बितर्क ( ज्ञान - गुनका कुरा ) गर्दछन । शरीर जड हो, मन चेतन ! अत: शरीर भन्दा मन कायर हुन्छ । मन बाठो हुन्छ ,शरीरको बुद्धि विवेक हॅुदैन । मन भन्छ ; किन डराएको, डराउन सुहाउॅदैन! बलियो छौ, सवै शत्रुलाई पराजीत गर्न सक्छौ, तिमि बिना म एक्लैले केही गर्न सक्दीन ! ऊठ युद्ध गर । शरीर भन्छ; मैले जितेर जितिंदैन तिमि जित ! अहिले सम्म तििले नै जितेका हौ । मैले वचनका पक्का पितामह, सीप र ज्ञानका खानी, गुरूद्रोणाचार्यलाई जित्न सक्छु र ! उनिहरूलाई जितेपनि मैले पाउने भनेको ईन्द्रिय सुख ( जो आधा तिम्रो हो ) न हो । लडाई गरे पनि नगरेपनि त्यो सुख नमरे सम्म भोग्ने नै छु ।मलाई यो पनि थाह छैन कि के गर्नु हुन्छ,/ हॅुदैन? मैले जित्नु र तिमिले अहंकार ( दुर्योधन ) लाई जित्नुमा घेरै अन्तर छ / पर्छ । अहॅकार मेरो ( शरीर ) कार्यक्षेत्र होईन । तिमिले ( मन ) जित्नु पर्छ । यसलाई मैे जितेर तिमि हाम्रो अस्तित्व रक्षा हॅुदैन । “ म” हराऊॅछ,त्यो अहंकाररूपी दु्रयोधन यहिं अगाडी युद्धगर्न तयार छ । मन तिमि ज्ञानी छौ । ज्ञान गुन , चेतना तिम्रो हो । म मा तिमीमा जति ज्ञान छैन,तिमीलाई थाह छ । धर्म अधर्म मलाई थाह छैन, कर्म मेरो स्वभाब हो ।स्वभाब अनुसार चल्दछु! त्यसैले हे मन ( कृष्ण ) ,अब मैले
( शरीर ) के गर्दा ठिक हुन्छ, आदेश गर ! त्रिभूवन नै मेरो हुने भएपनि ,युद्ध चाहन्न,म कॅापेको छु , मेरा कुनै पनि ॲगमा क्षति पुग्यो भने जे जतिनै पाएपनि के काम !सवै तिमी हौ,म केही होईन । हे मन तिमी जे भन्छौ त्यही गर्नेछु
अरूले भनेर / गरेर केहि हुने छैन , मनरूपी कृष्णलाई शरीरको प्रतिनिधि पात्र अर्जुनले ‘ म युद्ध गर्दिन’ भने । संजयरूपी ज्ञानले जन्मान्ध धृतराष्ट्रलाई भन्दछन ; हे अन्धो मन! द्वन्दात्मक स्थितिमा पनि मनले शरीरलाई भीत्र जे भएपनि बाहिर हॅास्दै “ शोक गर्नु नपर्ने कुरामा, किन धेरै कुरा गर्ने,तिम्रो क्षेत्रमा नपर्ने कुरा किन गर्छौ भनेका छन । कृष्ण भन्छन ; म ( मन ) कहिलेपनि कोहि ज्यॅूदो वा मरेको अवस्थामा चिन्ता गर्दिन । जसरि कुनैपनि मन/ ज्ञान शरीरकोलागी मरिमेटदैन, कारण - शरीर र मनको सॅसार भीन्न हुन्छ । वातावरण पनि फरक फरक हुन्छ ।शरीर सुखी हॅुदा वा दुखी हॅुदा मन त्यस्तो हुन सक्दैन त्यसैले हरेक मन दु:ख खोजीरहन्छ। मन र शरीर अभीन्न छ,हिजो थियो , अहिले छ र भोलिपनि रहनेछ । अर्थातशरीर रहेसम्म मन र मन रहेसम्म शरीर रहन्छ । त्यसैले हिजो आजका ज्ञानवानरू * मन * शरीर को संग्रहित ज्ञान हो भन्दछन , अर्थात मन अनुभवात्मक ज्ञानको सॅगालो हो।
( क्रमस )