28/06/2023
कमरेड प्रचण्ड, नक्कली शरणार्थी काण्ड त एउटा शुरुवात मात्रै हो । बरु सरकार ढलेपनि ढलोस । काङ्ग्रेश एमाले रवि लामिछाने मिलेर सरकार बनाए पनि बनाउन् । तर अब क्रमश : यति, ॐनी, वाइडबडी, गिरिबन्धु, पिसिआर किट खरीद, गोकर्ण रिसोर्ट, नारायणहिटी, बालुवाटार, निर्मला हत्या, तेत्तिस किलो सुन, सत्तरी करोड, पानी टैङ्की, सम्सद अपहरण, रेल, पानीजहाज लगायत सम्पूर्ण कान्डहरुको फाईल खोल्ने निर्णय गर्नुपर्छ । यो सगसगै हिम्मतको साथ एउटा क्याटोगोरी बनाएर अहिलेसम्मका सम्पुर्ण भुपु र बर्तमान प्रधानमन्त्री,मन्त्री, संसद लगाएत ठुला नेता र न्यायाधीश, प्रधानन्यायाधीश, सेना प्रहरीका हाकिम लगायत ठूला कर्मचारीहरुको सम्पत्तिको श्रोत खोज्ने सर्वाधिकार सम्पन्न आयोग बनाउनु पर्छ । यो आगो हो तिमिले झोसेपछि तिमिलाई गर्न दिएनन भनेपनि अर्को पिढीले गर्छ । त्यसमा तिम्रो नाम स्वर्ण अक्षरले लेखिनेछ । खुट्टा नकमाउ कमरेड, अघि बढ । तिम्रो लागि यो महान अवसर हो । यस्ता अवसरहरु फेरी फेरी दोहोर्याएर आउदैनन । यो महान अवसरलाई क्लिक गर्न सके तिमी यो युगको हिरो हो ।
राष्ट्रको नाममा सम्बोधन गरेर यो माथिको साथसाथै आफ्नो र आफ्नो पार्टी नेताको हिजो युद्धकालमा भन्दा बाहेक राजनीति गरे बापत कमाएर केही सम्पति जोडेको रहेछ भने त्यो खोज्नको लागि सार्वजनिक आह्वान गर्न सक्ने हो भने माओवादी पार्टीलाई पुन एकपटक पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।