19/02/2026
सबैका घोषणा पढियो। कसैसँग पनि विश्व अर्थव्यवस्थामा प्रोडक्सन रिलेसनमा आउन लागेको भयंकर ठूलो परिवर्तन र त्यसबाट उत्पन्न हुने अन्तरविरोधलाई नेपाले कसरी चिर्ने र सर्भाईभ गने भन्ने कार्यक्रम नै छैन। छैन पनि के भन्ने, अवगत pani देखिएनन्।
अबको १० वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटले सामान यति सस्तोमा बनाइदिदै छ कि 'उत्पादन' को लागत लगभग शून्यको नजिक पुग्नेछ। दलहरूले जुन युवालाई महिनौँ लगाएर कोडिङ सिकाउने सपना बाँडिरहेका छन्, त्यो काम एआईले सेकेन्डभरमै निःशुल्क गरिदिदै।हिजोसम्मको दुनियाँ 'Scarcity' (अभाव)मा चलेको थियो। सामान बनाउन महँगो पर्थ्यो, मान्छे चाहिन्थ्यो, त्यसैले उद्योग खुल्थे र रोजगारी सिर्जना हुन्थ्यो। तर, भोलिको दुनियाँ ठिक उल्टो हुँदैछ। हामी 'High-Abundance' अर्थात् 'उच्च-प्रचुरता' को युगमा प्रवेश गर्दैछौँ। 'कागजको पैसा' र 'शारीरिक श्रम' को भाउ रद्दीको टोकरीमा पुग्दै छ। हाम्रा नेताहरु अनलाईन फारम भर्ने व्यवस्था मिलाई दिन्छौ मा अड्किएका छन्।
नाङ्गो सत्य हो चुनाबको लागि चुनाब हुदै छ। चुनाव बहिष्कारलाई सफल बनाउने हाम्रो औकात छैन। अहिलेको अवस्थाको विकल्प दिने मेकानिजमसहितको कार्यक्रम पनि हामीसँग छैन। भने, कोही न कोही त जितेर आउँछ नै। त्यसमा पपुलिस्टभन्दा जिम्मेवार राजनीतिक शक्तिलाई नै समर्थन गर्नुको विकल्प छैन।