राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा नेपाल This is the supporter page of Rastriya Swatantra Party, RSP

श्रीकृष्ण जन्माष्टमीकाे शुभकामना ।
04/09/2026

श्रीकृष्ण जन्माष्टमीकाे शुभकामना ।

वि.सं. २०८३ भदौ १८ने.सं. ११४६ गुंलागा सप्तमीविज्ञप्तिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज सम्पन्त्र पार्टी सचिवालय...
03/09/2026

वि.सं. २०८३ भदौ १८
ने.सं. ११४६ गुंलागा सप्तमी

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज सम्पन्त्र पार्टी सचिवालयको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहत कार्यहरूको समीक्षा गर्नुका साथै पार्टीको आन्तरिक गतिविधिसँग सम्बन्धित देहायका निर्णयहरू गरेको सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ:
१. भोटेकोशी बाढीपछिको उद्धार र राहत कार्यको समीक्षा तथा सरकारको ध्यानाकर्षण:
बैठकमा भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको विपद्पछिको खोज, उद्धार तथा राहत वितरणको अवस्थाबारे विस्तृत छलफल भएको छ। यस प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सुरक्षित उद्धार, घाइतेहरूको उपचार तथा विस्थापितहरूका लागि आवश्यक राहत सामग्रीको न्यायोचित वितरणलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
२. विपद् व्यवस्थापनमा सरकारलाई निरन्तर सहयोग र सर्वदलीय संयन्त्रको आवश्यकता:
राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासले मात्र सम्भव नहुने यथार्थलाई आत्मसात् गर्दै, यस कठिन घडीमा सरकारले सञ्चालन गरिरहेका उद्धार तथा राहतका प्रयासहरूमा रास्वपाका सम्पूर्ण संरचनाहरूबाट हुँदै आएको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णय भएको छ। साथै, सरकारका सकारात्मक र परिणाममुखी कदमहरूमा रास्वपासहित अन्य दलहरू समेत सम्मिलित सर्वदलीय संयन्त्रमार्फत संस्थागत सहयोग जुटाउने दिशामा पार्टीले निरन्तर पहल गर्ने निर्णय गरेको छ।
३. जिम्मेवारी हस्तान्तरण तथा शपथ ग्रहण:
पार्टीको आर्थिक सुशासन र व्यवस्थापनमा निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले पुर्‍याउनुभएको योगदानको कदर गर्दै बैठकले उहाँलाई धन्यवाद ज्ञापन गरेको छ। यसैगरी, पार्टीका नवनियुक्त कोषाध्यक्ष डा. मनोहर प्रधानलाई औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै नयाँ कार्यभार र जिम्मेवारी हस्तान्तरण गरिएको छ। उहाँको कार्यकालमा पार्टीको आर्थिक व्यवस्थापन थप सुदृढ, पारदर्शी र चुस्त हुने पार्टीले विश्वास लिएको छ।
सोही अवसरमा सहमहामन्त्री पुरुषोत्तम शुप्रभात यादव, पार्टी प्रवक्ता जगदीश खरेल, नवमनोनित पार्टी सचिवालय सदस्यहरु शिशिर खनाल, गणेश पराजुली, दिपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा, शिव अधिकारीलाई पार्टी सभावति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो।

जगदीश खरेल
प्रवक्ता

रसुवाको भोटेकोशी बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट - २०८३(मिति: २०८३ भदौ १८ गते, १२:०० बजेसम्म)स्रोत: गृह मन्त्राल...
03/09/2026

रसुवाको भोटेकोशी बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट - २०८३
(मिति: २०८३ भदौ १८ गते, १२:०० बजेसम्म)
स्रोत: गृह मन्त्रालय, नेपाल सरकार
https://www.facebook.com/NDRRMA

02/09/2026

मिति २०८३ भदौ १७ गतेको प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० को घटनाले दिएको पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभइ सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको उल्लेख गर्नुहुँदै संकटको यस घडीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आड र भरोसा दिनुपर्छ, भन्ने यथार्थलाई स्वीकार गर्दै यो विपत्तिमा साहसकासाथ लड्नुको विकल्प छैन र हामी लडिरहेको बताउनुभयो। सम्माननीय प्रधानमन्त्री शाहले घटनापछि मानिसहरुको जीवनरक्षाका लागि सरकारले के गर्दैछ, के गरिरहेको छ र अब के गर्नेछ भन्नेबारे आजको संसदमा जानकारी गराउनुभयो।

प्राकृतिक विपदमा के गर्ने, के नगर्ने
31/08/2026

प्राकृतिक विपदमा के गर्ने, के नगर्ने

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढी सम्बन्धी सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि सम्पर्क गर्न सकिने नम्बरहरूस्रोत:...
31/08/2026

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढी सम्बन्धी सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि सम्पर्क गर्न सकिने नम्बरहरू

स्रोत: गृह मन्त्रालय, नेपाल सरकार
https://www.facebook.com/NDRRMA

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढी सम्बन्धी सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि सम्पर्क गर्न सकिने नम्बरहरूस्रोत:...
31/08/2026

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढी सम्बन्धी सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि सम्पर्क गर्न सकिने नम्बरहरू

स्रोत: गृह मन्त्रालय, नेपाल सरकार
https://www.facebook.com/NDRRMA

गाईजात्राकाे शुभकामना ।
29/08/2026

गाईजात्राकाे शुभकामना ।

रक्षा बन्धनकाे शुभकामना ।
28/08/2026

रक्षा बन्धनकाे शुभकामना ।

सर्वदलीय संयुक्त वक्तव्य तथा अपिलनेपाल र मित्रराष्ट्र चीनको सिमावर्ती क्षेत्रबाट भोटेकोशीलगायतका नदी बेसिनमा आएको अप्रत्...
27/08/2026

सर्वदलीय संयुक्त वक्तव्य तथा अपिल

नेपाल र मित्रराष्ट्र चीनको सिमावर्ती क्षेत्रबाट भोटेकोशीलगायतका नदी बेसिनमा आएको अप्रत्याशित र अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीसहितका जिल्लाहरूमा पर्न गएको असीमित मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय सङ्कटप्रति आज सम्पन्न सर्वदलीय बैठक गहिरो शोक र राष्ट्रिय पीडा व्यक्त गर्दछ ।
यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी निधन भएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । घाइते नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दै उपचार, हेरचाह र मनोसामाजिक परामर्शको अभिभारा राज्यले वहन गर्ने कुरामा हामी सबै राजनीतिक दलहरू एकमत छौँ ।

विपद्को यो संवेदनशील घडी केवल एउटा भूगोल वा सरकारको मात्र सङ्कट नभई सिङ्गो राष्ट्रको साझा परीक्षणको समय हो । यस विषम परिस्थितिमा हामी सम्पूर्ण राजनीतिक दलहरू आफ्ना वैचारिक मतभेद भन्दा पर रही नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एकढिक्का हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
यस सङ्कटको दिगो समाधान र पूर्वतयारीका लागि हामी निम्न साझा सङ्कल्प प्रस्तुत गर्दछौँ:

१. राहत कार्यको गैर-राजनीतिकरण
विपद् ब्यवस्थापनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबै राजनीतिक दल, तीनका संघ संगठन र सदस्यहरुलाई आह्वान गर्दछौँ । विपद्को समयमा गरिने सहयोग सस्तो लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बन्नु हुँदैन भन्नेमा हामी सम्पूर्ण दलहरू स्पष्ट छौँ । तसर्थ, उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिष्पर्धाभन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गर्दछौँ । दलहरुका नेता, सदस्य र शुभचिन्तकहरूलाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र खटिन आग्रह गर्दछौँ ।

२. आर्थिक सङ्कलनमा सरकारी एकद्वार प्रणालीको पालना
विपद् व्यवस्थापनमा हुने आर्थिक सङ्कलन पारदर्शी र व्यवस्थित हुनुपर्छ । सम्पूर्ण पार्टी पङ्क्ति, स्वदेश तथा विदेशमा रहेका नागरिक र शुभचिन्तकहरूलाई नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जम्मा गर्न हामी विशेष आह्वान गर्दछौँ ।

३. सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग र संवेदनशील सूचना प्रवाह
विपद्को संवेदनशील घडीमा सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचना र अतिरञ्जित दृश्यहरूले समाजमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुका साथै प्रभावितहरूको गोपनीयता र आत्मसम्मानमा चोट पुर्‍याउन सक्दछ । तसर्थ, आधिकारिक निकायबाट प्रमाणित सूचनाहरू मात्र सम्प्रेषण गर्न र सामाजिक सञ्जालको संयमित, विवेकसम्मत र उत्तरदायी प्रयोग गर्न हामी सम्पूर्ण नागरिक तथा सञ्चारमाध्यमहरूलाई अनुरोध गर्दछौँ ।

४. हिमतालहरुको वैज्ञानिक अध्ययन र सीमापार संयुक्त पहल
जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र र मित्रराष्ट्र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लिने र विष्फोट हुने उच्च जोखिममा छन् । यसपटकको बाढीले भविष्यमा हुन सक्ने अझ ठूलो महाविपत्तिको सङ्केत गरिसकेको छ । तसर्थ, भविष्यको अकल्पनीय क्षतिलाई रोक्न अहिलेदेखि नै नेपालभित्रका जोखिमपूर्ण हिमतालहरूको विस्तृत वैज्ञानिक अध्ययन र नक्साङ्कन अविलम्ब सुरु गर्न हामी सरकारसँग माग गर्दछौँ । साथै, सीमापार (चीनतर्फ) रहेका हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि मित्रराष्ट्र चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।

५. विपद् कूटनीति र पूर्वसूचना प्रणाली
नदी प्रणालीहरूको सीमापार प्रकृतिका कारण दुई देशबीच पूर्वसूचना प्रणालीको ‌‘रियल टाइम डाटा’ आदानप्रदानलाई अझै सुदृढ र संस्थागत गर्न आवश्यक छ । माथिल्लो तटीय क्षेत्रमा कुनै पनि प्राकृतिक हलचल हुनासाथ तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित गर्न सकिने गरी प्रविधिमैत्री र भरपर्दो संयन्त्र विकास गर्न सरकारलाई सुझाव दिन्छौँ ।

६. राष्ट्रिय एकता र समावेशी उद्धार
विपद् व्यवस्थापनमा पहिलो प्रतिकार्यकर्ताका रूपमा स्थानीय तहले निर्वाह गरेको भूमिकाको हामी उच्च मूल्याङ्कन गर्दछौँ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू विपद्मा सर्वाधिक जोखिममा पर्ने यथार्थलाई मनन गर्दै तीनको उद्धार, राहत र ब्यवस्थापनमा पहिलो प्राथमिकता दिन आग्रह गर्दछौँ ।

७. उत्थानशील पुनर्निर्माण र शून्य सहनशीलता
भत्किएका संरचनाको अझ उन्नत र सुरक्षित पुनर्निर्माणको राष्ट्रिय अभियान अविलम्ब सुरु गरिनु पर्दछ । साथै, विपद्को समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा राहतको दुरुपयोग गर्ने कुनै पनि प्रवृत्ति राष्ट्रप्रतिको गम्भीर अपराध भएकाले त्यस्ता कार्यमा संलग्न जोकोहीलाई ‘शून्य सहनशीलता’ को नीति अनुरूप कडा कानुनी कारबाही गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।

८. जलवायु न्याय र विश्वव्यापी उत्तरदायित्व
हिमालय क्षेत्रमा बढ्दै गएको हिमताल विष्फोट र अस्वाभाविक बाढीको शृङ्खला विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष असर हो, जसमा नेपालको योगदान नगण्य छ । नेपालले भोगिरहेका यस्ता ‘हानि र नोक्सानी’ को विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठान गर्दै, जलवायु न्यायको सिद्धान्त अनुरूप अन्तर्राष्ट्रिय समुदाय र बहुपक्षीय विकास साझेदारहरूलाई दायित्वबोध गराउन सरकारलाई आग्रह गर्दछौँ ।

९. अन्तर्राष्ट्रिय समुदायको सहयोग
अकल्पनीय क्षतीपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलगायतलाई अपिल गर्दछौँ ।

१०. दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन
विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यहरूलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्नु नितान्त आवश्यक छ। तसर्थ, विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्न हामी सहमत भएका छौँ । यस संयन्त्रले सङ्कटको समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
अन्त्यमा,
आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धारमा अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण स्वयंसेवकहरूको अदम्य साहस र समर्पणको हामी उच्च सम्मान गर्दछौँ । यस अकल्पनीय राष्ट्रिय सङ्कटलाई एकताबद्ध भई राष्ट्रिय नवनिर्माण, पूर्वतयारी र उत्थानशीलताको अवसरमा रूपान्तरण गर्न हामी दृढ सङ्कल्पित छौँ ।

रवि लामिछाने, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी
गगन थापा, सभापति, नेपाली काँग्रेस
पुष्पकमल दाहाल, संयोजक, नेपाली कम्युनिष्ट पार्टी
शंकर पोखरेल, महासचिव, नेकपा एमाले
ध्रुव राई, श्रम संस्कृती पार्टी
राजेन्द्र लिङ्देन, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी
चन्दन सिंह, जनमत पार्टी

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share