11/05/2026
राष्ट्रिय स्वतन्त्र पार्टी 'पार्टी-संसद-सरकार समन्वय समिति' ले आयोजना गरेको पहिले नीति मन्थन कार्यक्रम पार्टी सभापति रबी लामिछाने ज्यूको विशेष संबोधन सहित सम्पन्न ।।
आज हामिले एउटा अत्यन्तै संवेदनशील र समय सान्दर्भिक विषय "विपद जोखिम न्यूनीकरण र व्यवस्थापन" मा नीतिगत बहस गरेका छौं। मनसुनको सङ्घारमा उभिएर गरिएको यो 'नीति-मन्थन' केवल एउटा औपचारिक छलफल मात्र होइन, यो हाम्रा नागरिकको जीवन रक्षाका लागि चालिएको एउटा सचेत राजनीतिक कदम हो।
पार्टी-संसद-सरकार समन्वयको मर्म र यस कार्यक्रमको सान्दर्भिकतामा:
हामीले बुझ्नुपर्छ कि नेपाल जलवायु परिवर्तन र विपदको दृष्टिकोणले संसारकै १०औं सबैभन्दा जोखिमपूर्ण मुलुकमा पर्छ। यो केवल एउटा र्याङ्किङ मात्र होइन, यो हाम्रो दैनिक जीवनको भोगाइ हो।
तथ्याङ्कले भन्छ— नेपालमा हुने कुल प्राकृतिक विपदमध्ये बाढी र पहिरोले मात्रै ७५% मानवीय र भौतिक क्षति पुऱ्याउँछ। प्रत्येक वर्ष औसतमा ३०० भन्दा बढी नागरिकले विपदका कारण ज्यान गुमाउँछन् र ५ देखि १० हजार परिवार प्रत्यक्ष विस्थापित हुन्छन्।
आर्थिक रूपमा हेर्ने हो भने, हामीले वार्षिक रूपमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १.५% देखि २% सम्मको हिस्सा विपदका कारण गुमाइरहेका छौँ। यो भनेको अरबौं रुपैयाँ हो, जुन हाम्रो विकासमा खर्च हुन सक्थ्यो।
यिनै तथ्यहरूलाई बदल्नका लागि पार्टी-संसद-सरकार समन्वय समितिले यो मन्थन सुरु गरेको हो।
हाम्रो पार्टीले परिकल्पना गरेको 'समन्वय समिति' एउटा यस्तो पुल हो, जसले जनताको आवाजलाई नीतिमा र नीतिलाई नतिजामा बदल्ने काम गर्छ।
-पार्टीले जनताको भावना र भुइँ तहको आवश्यकता बुझ्छ।
-संसदले ती आवश्यकतालाई कानुन र नीतिमा ढालिदिन्छ।
-सरकारले ती कानुन र नीतिलाई कार्यान्वयन गरेर नागरिकको दैलोमा सेवा पुर्याउँछ।
यदि यी तीन अङ्गबीच समन्वय भएन भने नीति एकातिर र नियति अर्कोतिर हुने खतरा रहन्छ। आजको यो 'नीति-मन्थन' कार्यक्रमले यही समन्वयलाई थप कसिलो बनाउनेछ। विज्ञहरूबाट आएका सुझावहरू हाम्रा सांसदहरुका लागि सदनमा बोल्ने बलियो प्रमाण हुनेछन् र हाम्रा मन्त्रीहरूका लागि कार्ययोजना बनाउने मार्गचित्र बन्नेछन्।
विपद आउँदा हारगुहार गर्ने पुरानो प्रवृत्तिलाई हामीले अब 'पूर्व सतर्कता' र 'पूर्व-तयारी' मा बदल्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो साङ्गठनिक संरचनालाई केवल निर्वाचन जित्नका लागि मात्र होइन, संकटमा नागरिकको सारथी बन्नका लागि पनि तयार पारेको छ।
हाम्रा स्वयंसेवक टोलीहरूलाई विपदको समयमा उद्धार र राहतका लागि स्थानीय स्तरमै परिचालन हुन सक्ने गरी प्रशिक्षित बनाइनेछ। सूचना प्रवाह र सञ्चारमा हाम्रा स्थानीय संयन्त्रहरूले 'अर्ली वार्निङ सिस्टम' (Early Warning System) को रूपमा काम गर्नेछन्।
अन्त्यमा, आजको यस नीति-मन्थनबाट निस्कने निष्कर्षलाई हामी एउटा औपचारिक दस्तावेजको रूपमा लिएका छौं। आफ्नो अमूल्य समय र विज्ञता यस सेसनमा खर्चिनुहुने उपस्थित सबै देश्प्रेमी हरुमा हार्दिक आभार व्यक्त गर्न ।
भुप देव शाह
महामन्त्री एवम् पार्टी-संसद-सरकार समन्वय समिति संयोजक