22/04/2026
वन क्षेत्र भएर गुड्ने ट्रक र गाडीका चालकहरूले लापरवाहीपूर्वक फाल्ने चुरोटका ठुटा डढेलोको एक प्रमुख कारण बनेका छन्। "बाटोमा गुड्दा-गुड्दै झ्यालबाट फालिने एउटा सानो आगोको झिल्कोले हेर्दाहेर्दै पुरै डाँडा र सामुदायिक वन खरानी बनाइरहेको छ।"
विशेषगरी उकालो र भिरालो सडक खण्डहरूमा हावाको चाप बढी हुने हुनाले चुरोटको ठुटोबाट सल्केको आगो निकै छिटो फैलिन्छ। हामी सबै चालक दाजुभाइहरूलाई विनम्र अनुरोध गर्दछौँ—तपाईंको एउटा सानो लापरवाहीले समुदायको अर्बौँको प्राकृतिक सम्पत्ति र मिहिनेत खेर जान नदिनुहोस्।
ेलो #नेपाली PunarUtthan Nature Khabar नेचर खबर नेचर खबर