हामी Nepali

हामी Nepali Namaskar

सडकपेटी तथा सार्वजनिक स्थलमा आश्रित असहाय नागरिकहरूको मानवीय व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका र मानव सेवा आश्रम न...
08/06/2026

सडकपेटी तथा सार्वजनिक स्थलमा आश्रित असहाय नागरिकहरूको मानवीय व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका र मानव सेवा आश्रम निरन्तर क्रियाशील छन्। हालै स्वयम्भूबाट उद्धार गरिएका १२ जना सहित वि.सं. २०७४ यता कुल २,४२१ जनाको उद्धार गरी ८८३ जनाको सफल पारिवारिक पुनर्मिलन गराइएको छ। वास्तविक सहयोगापेक्षीलाई संरक्षण दिने र व्यावसायिक रूपमा माग्ने कार्यलाई निरुत्साहित गर्दै स्वावलम्बी बनाउन महानगरपालिकाले तिलगंगामा स्क्रीनिङ सेन्टर समेत सञ्चालन गरिरहेको छ। 🙏❤️

वातावरण संरक्षण केवल दायित्व होइन, भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो। विश्व वातावरण दिवसको हार्दिक शुभकामना।
05/06/2026

वातावरण संरक्षण केवल दायित्व होइन, भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो। विश्व वातावरण दिवसको हार्दिक शुभकामना।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत अहिले ट्राउट माछापालन र ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बनेको...
19/05/2026

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत अहिले ट्राउट माछापालन र ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बनेको छ। कुनै समय हिलो र झाडीले भरिएको यो स्थान अहिले गण्डकी ट्राउट फार्मका कारण चर्चित भएको हो।

विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गर्ने उद्देश्यका साथ अमृत गुरुङ र लच्छीन गुरुङ ले २०६७ सालमा फार्म सुरु गर्नुभएको थियो। २२ रोपनी जमिनमा दुई पोखरीबाट सुरु गरिएको फार्म अहिले ६० पोखरीसम्म विस्तार भएको छ र वार्षिक करिब २५ टन ट्राउट उत्पादन हुँदै आएको छ।

ट्राउट माछाको स्वाद लिन दैनिक करिब ४०० पर्यटक यहाँ पुग्ने गरेका छन् भने शनिबार यो सङ्ख्या १५०० नाघ्ने गर्दछ। फार्मले प्रत्यक्ष रूपमा २४ जनालाई रोजगारी दिएको छ र आसपासका किसानबाट समेत माछा खरिद गरेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको छ।

पोखराको अमरसिंहचोकमा ४५ वर्ष भन्दा अगाडिदेखि विभिन्न व्यवसाय सञ्चालन हुँदै आइरहेको ५२ वटा सटरका संरचनाहरु मङ्गलबार बिहान...
19/05/2026

पोखराको अमरसिंहचोकमा ४५ वर्ष भन्दा अगाडिदेखि विभिन्न व्यवसाय सञ्चालन हुँदै आइरहेको ५२ वटा सटरका संरचनाहरु मङ्गलबार बिहानदेखि डोजर चलाएर हटाइँदै । शहरी सौन्दर्यका लागि संरचना हटाउने प्रयास लामो समयदेखि हुँदै आएपनि सफल भएको थिएन । पछिल्लो समय त्यहाँका व्यवसायीहरुसँगको लामो छलफल र आपसी सहमतिपछि महानगरले संरचना हटाएको हो । तस्बिर: कृष्ण दवाडी/रासस

काठमाडौँ, ५ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरका कारण कोशी प्रदेश, बागमती प्रदेश र ...
19/05/2026

काठमाडौँ, ५ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरका कारण कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ, तर एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश का हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका...
18/05/2026

नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। 🏏✨

पूर्व कीर्तिमानधारी अष्ट्रेलियाका मिचेल स्टार्कलाई पछि पार्दै उनले नेपालको नाम विश्व क्रिकेटमा फेरि चम्काएका छन्। 🇳🇵👏

चिनियाँ आरोही सी जुन्जी नेतृत्वको टोलीले यस वर्ष सगरमाथा आरोहण याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से दुवै हिमाल स...
18/05/2026

चिनियाँ आरोही सी जुन्जी नेतृत्वको टोलीले यस वर्ष सगरमाथा आरोहण याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो टोली बनेको छ।

उक्त टोलीले गत बिहीबार बिहान ८:५६ बजे सगरमाथाको सफल आरोहण गरेको थियो भने आज बिहान ११:२५ बजे लोत्से पनि आरोहण गर्दै दुवै हिमाल चढ्ने उपलब्धि हासिल गरेको हो। टोलीमा नेपाली गाइड निङ्मा दोर्जे तामाङ र दावा नुरु शेर्पा सहभागी थिए।

हिमालयन माउन्टेरियरिङ एक्सपिडिसन मार्फत सगरमाथा आरोहण गरेको यो टोली क्याम्प–२ झरेपछि पुनः लोत्से आरोहण गर्न सफल भएको हो। एक्सपिडिसनका सञ्चालक उत्सव पाठकका अनुसार (८८४८.८६ मिटर) उचाइको सगरमाथा र (८५१६ मिटर) उचाइको लोत्से आरोहण गर्ने यस यामको पहिलो टोली यही हो।

यसैबीच, प्रख्यात नेपाली आरोही कामिरिता शेर्पाले आइतबार ३२औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ। त्यस्तै महिला आरोही लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोड्नुभएको छ।

अधिकमास, जसलाई मलमास वा पुरुषोत्तम महिना पनि भनिन्छ, हिन्दू पात्रोमा विशेष महत्त्व राख्ने एक अद्वितीय समय हो। यसको परिभा...
17/05/2026

अधिकमास, जसलाई मलमास वा पुरुषोत्तम महिना पनि भनिन्छ, हिन्दू पात्रोमा विशेष महत्त्व राख्ने एक अद्वितीय समय हो। यसको परिभाषा अनुसार, यदि एउटा औँसीदेखि अर्को औँसीसम्म सूर्य सङ्क्रान्ति पर्दैन भने त्यो महिनालाई अधिकमास भनिन्छ। अर्को तरिकाले भन्नुपर्दा, यदि एउटै सूर्य महिनाभित्र दुईवटा औँसी पर्छन् भने त्यो महिना अधिकमास कहलिन्छ। ज्योतिषीय गणनामा सौर्यवर्ष र चान्द्रवर्षबीचको भिन्नतालाई सन्तुलित गर्न अधिकमासको अवधारणा आएको हो। सौर्यवर्ष लगभग ३६५ दिनको हुन्छ भने चान्द्रवर्ष ३५४ दिनको हुन्छ। यसरी प्रत्येक वर्ष लगभग ११ दिनको फरक पर्ने गर्छ। यही ११ दिनको अन्तरलाई पूर्ति गर्न हरेक लगभग ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेटमा एक अधिकमास पर्ने गर्छ, जसले चान्द्रवर्षलाई १३ महिनाको बनाउँछ। यसको अर्थ प्रत्येक करिब तीन वर्षमा एक पटक अधिकमास आउँछ। यो विशेषतः चैत्रदेखि आश्विनसम्मका महिनाहरूमा पर्छ, जबकि कार्तिक, मार्गशीर्ष र पौषमा क्षयमास हुन्छ र माघ-फाल्गुनमा अधिकमास वा क्षयमास पर्दैन।
पौराणिक कथा अनुसार, जब अधिकमासको सिर्जना भयो, तब कुनै पनि देवताले यसको नेतृत्व स्वीकार गरेनन्, जसले गर्दा यो महिना दुःखी र एक्लो भयो। आफ्नो पीडा लिएर मलमास भगवान् विष्णुको शरणमा पुग्यो। भगवान् विष्णुले मलमासको दुःख बुझेर यसलाई सान्त्वना दिनुभयो र स्वयं यसको अधिपत्य स्वीकार गर्नुभयो। भगवान् विष्णुले भन्नुभयो, "जसरी म 'पुरुषोत्तम' नामले वेद, लोक र शास्त्रमा प्रसिद्ध छु, त्यसैगरी मलमास पनि 'पुरुषोत्तम' नामले प्रसिद्ध हुनेछ र म स्वयं यसको स्वामी हुनेछु।" यसै कारणले गर्दा अधिकमासलाई 'पुरुषोत्तम महिना' पनि भनिन्छ र यो महिना भगवान् विष्णुको आराधनाका लागि अत्यन्तै शुभ मानिन्छ।
अधिकमासको अवधिमा केही निश्चित कार्यहरू गर्न वर्जित मानिन्छ भने केही कार्यहरू गर्न उचित मानिन्छ। सामान्यतया, यस महिनामा कुनै पनि शुभ तथा माङ्गलिक कार्यहरू जस्तै विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ व्यवसायको सुरुवात, शिलान्यास, विशेष यज्ञ वा अनुष्ठानहरू गरिँदैन। यसको पछाडिको मुख्य कारण यस महिनालाई 'मलिन' वा 'अधिक' मानिनु हो, जसले गर्दा यी कार्यहरूमा अपेक्षित फल प्राप्त नहुने विश्वास गरिन्छ। यद्यपि, नित्य गरिने कार्यहरू जस्तै दैनिक पूजापाठ, स्नान, सन्ध्योपासना, जप, ध्यान र पहिलेदेखि गरिआएका व्रतहरूको निरन्तरतामा भने कुनै बाधा हुँदैन। वास्तवमा, जुन कार्यहरू तत्काल नगर्दा पनि हुन्छ वा जसलाई अन्य समयमा पनि गर्न सकिन्छ, ती कार्यहरू अधिकमासमा नगर्नु भनिएको छ। तर, जुन कर्मको अन्य कुनै विकल्प छैन, ती नित्य, नैमित्तिक र काम्य कर्महरू भने अधिकमासमा पनि गर्न सकिन्छ।
विशेषगरी, पुरुषोत्तम महिनामा दान-धर्म, परोपकार र भगवान् पुरुषोत्तम (विष्णु) को उपासनाको ठूलो महत्त्व छ। यस अवधिमा मालपुवा, वस्त्र, अन्न र अन्य सामग्री दान गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ। धार्मिक ग्रन्थहरूमा यस महिनामा गरिने दान र सेवाको फल अक्षय हुने कुरा उल्लेख छ। नवविवाहिताहरूका लागि मलमास बार्ने परम्परा पनि छ। यस किंवदन्ती अनुसार, यदि नवविवाहिता दम्पतीले विवाहपछिको पहिलो मलमासमा पतिको घरमा बस्छन् भने सासूलाई कष्ट हुने, पति-पत्नीबीच समस्या आउने र गर्भधारण भएमा शिशु रोगी हुन सक्ने भनिन्छ। यद्यपि, यी परम्परागत विश्वास हुन् र यसको वैज्ञानिक आधार छैन। तथापि, सामाजिक रीतिरिवाजका रूपमा धेरै परिवारले यसलाई अनुसरण गर्दै आएका छन्। समग्रमा, अधिकमास एक आध्यात्मिक शुद्धीकरण र पुण्य कमाउने विशेष अवसर हो, जहाँ मानिसहरू दान, धर्म र ईश्वर उपासनाका माध्यमबाट आफ्नो जीवनमा सकारात्मक ऊर्जा भर्न प्रयास गर्छन्।

आज आइतबारदेखि सुरु भएको ‘मत्स्यनारायाण मेला’ आएका भक्तजन पूजाअर्चना गर्दै । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्...
17/05/2026

आज आइतबारदेखि सुरु भएको ‘मत्स्यनारायाण मेला’ आएका भक्तजन पूजाअर्चना गर्दै । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यगाउँमा अवस्थित मत्स्यनारायण मन्दिरमा प्रत्येक तीन वर्षमा अधिक मास अर्थात् पुरुषोत्तम मासमा एक महिने मत्स्यनारायाण मेला लाग्ने गर्दछ। तस्बिरः हरिराम भेटुवाल÷रासस

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when हामी Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category